< भजनसंग्रह 58 >
1 ए शासकहरू हो, के तिमीहरू धर्मिकतामा बोल्छौ? ए मानिसहरू, के तिमीहरू ठिक किसमले न्याय गर्छौ?
For the music director. According to “Do Not Destroy.” A psalm (miktam) of David. You leaders, do you really say what is right? Do you judge people fairly?
2 गर्दैनौ, तिमीहरू आफ्नो हृदयमा दुष्टता गर्छौ । तिमीहरू आफ्नै हातले देशभरि हिंसा फैलाउँछौ ।
No, for in your minds you plan evil. You cause violence everywhere!
3 दुष्टहरू गर्भमा हुँदा पनि तिनीहरू पथभ्रष्ट हुन्छन् । जन्मेदेखि नै तिनीहरू झुट बोलेर पथभ्रष्ट हुन्छन् ।
The wicked are sinners from birth; from the moment they're born they tell lies.
4 तिनीहरूका विष सर्पको विषजस्तै छ । तिनीहरू बहिरा गोमनजस्तै छन् जसले यसका कानहरू बन्द गर्छ,
They have venom like that of a poisonous snake, and just like a cobra they stop listening,
5 त्यसले सपेराको आवाज सुन्दैन, तिनीहरू जत्ति नै निपुण भए पनि पर्वाह छैन ।
refusing to hear the voice of the snake charmers or the spellbinders.
6 हे परमेश्वर, तिनीहरूका दाँतहरू भाँचिदिनुहोस् । हे परमप्रभु, जवान सिंहहरूका बङ्गराहरू झारिदिनुहोस् ।
God, break their teeth, and smash the jaws of these lions, Lord.
7 पानी बगेर गएजस्तै तिनीहरू बिलेर जाऊन् । तिनीहरूले आफ्ना काँडाहरू हान्दा, तिनका चुच्चो नभएजस्तै ती होऊन् ।
May they vanish like water that flows away; when they shoot their arrows may they miss their mark.
8 तिनीहरू शंखेकीराजस्तै होऊन् र बिलि जाऊन् र तिनीहरू एउटी स्त्रीको तुहेको बालकजस्तै होऊन् जसले कहिल्यै सूर्यको उज्यालो देख्दैनन् ।
May they be like the slime of snails that dissolves away, like a stillborn child that never saw the light of day.
9 तिम्रा भाँडाहरूले काँढाको आगोको राप थाहा पाउनअगि नै हरिया काँढाहरू र जलिरहेका काँढाहरूजस्तै त्यसले तिनीहरूलाई भुमरीसँगै उठाइ लानेछ ।
Before the cooking pot is hot from burning thorns, whether fresh or dry, God will blow them away.
10 धर्मीले परमेश्वरको बदला देख्दा, त्यो आनन्दित हुनेछ । तिनीहरूले आफ्ना खुट्टाहरू दुष्टहरूका रगतमा धुनेछन्,
Those who live right will be happy when they see there is punishment; they will wash their feet in the blood of the wicked.
11 ताकि मानिसहरूले भन्नेछन्, “साँच्चै, धर्मी व्यक्तिको निम्ति इनाम छ । साँच्चै, परमेश्वर हुनुहुन्छ जसले पृथ्वीको न्याय गर्नुहुन्छ ।”
They will say, “There is definitely a reward for those who live right; there is certainly a God who judges fairly on earth.”