< भजनसंग्रह 57 >
1 हे परमेश्वर, मप्रति दयालु हुनुहोस्, मप्रति दयालु हुनुहोस्, किनकि यी कष्टहरू अन्त नभएसम्म म तपाईंमा शरण लिन्छु । यो विनाश अन्त नभएसम्म सुरक्षाको निम्ति म तपाईंका पखेटामुनि बस्छु ।
For the choirmaster. To the tune of “Do Not Destroy.” A Miktam of David, when he fled from Saul into the cave. Have mercy on me, O God, have mercy, for in You my soul takes refuge. In the shadow of Your wings I will take shelter until the danger has passed.
2 सर्वोच्च परमेश्वरमा म पुकारा गर्नेछु, परमेश्वरमा जसले मलाई सबै कुरा गर्नहुन्छ ।
I cry out to God Most High, to God who fulfills His purpose for me.
3 उहाँ स्वर्गबाट सहायता पठाउनुहुनेछ र मलाई बचाउनुहुनेछ । मलाई कुल्चनेहरूसँग उहाँ क्रुद्ध हुनुहुन्छ । सेला परमेश्वरले मलाई उहाँको दया र विश्वस्तता पठाउनुहुनेछ ।
He reaches down from heaven and saves me; He rebukes those who trample me. (Selah) God sends forth His loving devotion and His truth.
4 मेरो जीवन सिंहहरूका माझमा छ । मेरो नाश गर्न तयार भएकाहरूका माझमा म छु । म ती मानिसहरूका माझमा छु जसका दाँतहरू भालाहरू र काँडहरू हुन्, र जसका जिब्राहरू धारिला तरवारहरू हुन् ।
My soul is among the lions; I lie down with ravenous beasts— with men whose teeth are spears and arrows, whose tongues are sharp swords.
5 हे परमेश्वर, आकाशभन्दा उच्च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्च होस् ।
Be exalted, O God, above the heavens; may Your glory cover all the earth.
6 तिनीहरू मेरा खुट्टाहरूका निम्ति जाल फिंजाउँछन् । म संकष्टमा थिएँ । तिनीहरूले मेरै सामु खल्डो खने । त्यसको बिचमा तिनीहरू आफै खसेका छन् । सेला
They spread a net for my feet; my soul was despondent. They dug a pit before me, but they themselves have fallen into it!
7 हे परमेश्वर, मेरो मन स्थिर छ, मेरो मन स्थिर छ । म गाउनेछु, हो, म प्रशंसाका गीत गाउनेछु ।
My heart is steadfast, O God, my heart is steadfast. I will sing and make music.
8 हे मेरो आदरको हृदय, जाग् । हे वीणा र सारङ्गी जाग । बिहान सबेरै म जगाउनेछु ।
Awake, my glory! Awake, O harp and lyre! I will awaken the dawn.
9 हे परमप्रभु, म तपाईंलाई मानिसहरूको माझमा धन्यवाद दिनेछु । जातिहरूका माझमा म तपाईंको प्रशंसा गर्नेछु ।
I will praise You, O Lord, among the nations; I will sing Your praises among the peoples.
10 किनकि स्वर्गसम्मै पुग्ने तपाईंको अचूक प्रेम माहन् छ । र तपाईंको विश्वस्तता बादलहरूसम्मै पुग्छन् ।
For Your loving devotion reaches to the heavens, and Your faithfulness to the clouds.
11 हे परमेश्वर, आकाशभन्दा उच्च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्च होस् ।
Be exalted, O God, above the heavens; may Your glory cover all the earth.