< भजनसंग्रह 56 >
1 हे परमेश्वर, ममाथि दया गर्नुहोस्, किनकि मानिसहरूले मलाई आक्रमण गर्दैछन् । मसँग युद्ध गर्नेहरूले दिनभरि आफ्नो दबावमा राख्छन् ।
Смилуј се на ме, Боже, јер човек хоће да ме прогута, непријатељ ме сваки дан притешњује.
2 मेरा शत्रुहरूले मलाई दिनभरि कुल्चन्छन् । किन मेरो विरुद्धमा अहङ्कारपूर्ण किसिमले युद्ध गर्नेहरू धेरै जना छन् ।
Непријатељи моји сваки дан траже да ме прогутају; јер многи нападају на ме охоло.
3 जब म डराउँछु, तब म आफ्नो भरोसा तपाईंमा राख्छु ।
Кад ме је страх, јер се у Тебе уздам.
4 परमेश्वर, जसको वचनको प्रशंसा म गर्छु— परमेश्वरमा मैले आफ्नो भरोसा राखेको छु । म डराउनेछैन । मानिसले मलाई के गर्न सक्छ र?
Богом се хвалим за реч Његову; у Бога се уздам, не бојим се; шта ће ми учинити тело?
5 दिनभरि तिनीहरू मेरा कुराहरू बङ्ग्याउँछन् । तिनीहरूका सबै विचार खराबीको निम्ति मेरो विरद्धमा हुन्छन् ।
Сваки дан изврћу речи моје; шта год мисле, све мени о злу.
6 तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्यान लिन ढुकिबसेका छन् ।
Скупљају се, прикривају се, пазе за петама мојим; јер траже душу моју.
7 अधर्म गरेर तिनीहरूलाई उम्कन नदिनुहोस् । हे परमेश्वर, तपाईंको क्रोधमा मानिसहरूलाई तल झार्नुहोस् ।
Код овакве злоће избави од њих, у гневу обори народе, Боже.
8 मेरा भागेर हिंडेको हिसाब तपाईंले राख्नुहोस् र मेरा आँसुहरू तपाईंको बोतलमा राख्नुहोस् । के ती तपाईंका पुस्तकमा छैनन् र?
У Тебе је избројано моје потуцање, сузе се моје чувају у суду код Тебе, оне су у књизи Твојој.
9 तब मैले तपाईंलाई पुकारा गरेको दिनमा मेरा शत्रुहरू फर्केर जानेछन् । परमेश्वर मेरो पक्षमा हुनुहुन्छ भनी यसैबाट म जान्नेछु ।
Непријатељи моји уступају натраг, кад Тебе призивам; по том знам да је Бог са мном.
10 परमेश्वर, जसको वचनको प्रशंसा म गर्छु, परमप्रभु, जसको वचनको प्रशंसा म गर्छु,
Богом се хвалим за реч Његову, Господом се хвалим за реч Његову.
11 परमेश्वरमा म भरोसा गर्छु, म डराउनेछैन । कसले मलाई के गर्न सक्छ र?
У Бога се уздам, не бојим се; шта ће ми учинити човек?
12 हे परमेश्वर, तपाईंको निम्ति आफ्ना भाकलहरू पुरा गर्ने कर्तव्य ममा छ । तपाईंलाई धन्यवादका म बलिहरू चढाउनेछु ।
Теби сам се, Боже, заветовао; Тебе ћу хвалити;
13 किनकि तपाईंले मेरो जीवनलाई मृत्युबाट बचाउनुभएको छ । तपाईंले मेरा गोडाहरूलाई लड्नबाट जोगाउनुभएको छ, ताकि म जीवितहरूका अघि परमेश्वरको उपस्थितिमा हिंड्न सकूँ ।
Јер си избавио душу моју од смрти, ноге моје од спотицања, да бих ходио пред лицем Божјим, у светлости живих.