< भजनसंग्रह 55 >
1 हे परमेश्वर, मेरो प्रार्थनामा कान थाप्नुहोस् । मेरो बिन्तीबाट आफूलाई नलुकाउनुहोस् ।
Uyategee sikio maombi yangu, Mungu; nawe usijifiche mbali na kusihi kwangu.
2 मलाई ध्यान दिनुहोस् र मलाई जवाफ दिनुहोस् । मेरो कष्टमा मलाई विश्रम हुँदैन ।
Unitazame kwa makini na unijibu; Sina pumziko katika shida zangu
3 मेरा शत्रुहरूका आवाजको कारणले, दुष्टहरूका थिचोमिचोका कारणले । किनकि तिनीहरूले ममाथि कष्ट ल्याउँछन् र रिसमा मलाई सताउँछन् ।
kwa sababu ya sauti ya adui zangu, kwa sababu ya ukandamizaji wa waovu; maana wananiletea matatizo na kunitesa wakiwa na hasira.
4 मेरो हृदय मभित्र काम्छ र मृत्युका त्रासहरू ममाथि परेका छन् ।
Moyo wangu wasumbuka ndani yangu, na hofu ya kifo imeniangukia.
5 डर र कम्पन ममाथि आइपरेको छ र त्रासले मलाई व्याकुल बनाएको छ ।
Uwoga na kutetemeka kumenijia, nayo hofu imenielemea.
6 मैले भनें, “मसित ढुकुरका जस्ता पखेटाहरू भए त! तब म उडेर जाने र विश्रम लिने थिएँ ।
Nikasema, “Oh, kama tu ningekuwa na mabawa kama njiwa! Ningelipaa mbali na kupata pumziko.
7 हेर्नुहोस्, तब म टाढा जाने थिएँ । म उजाड-स्थानमा बस्ने थिएँ । सेला
Tazama, ningeenda mbali; ningekaa jangwani. (Selah)
8 आँधी र हुरीबाट बच्न हतार गरेर म शरणस्थाणमा जाने थिएँ ।”
Ningefanya haraka kuja mafichoni mwako kuzikimbia dhoruba na tufani.”
9 हे परमप्रभु, तिनीहरूलाई भस्म पार्नुहोस् । तिनीहरूको भाषा खल्बल्याउनुहोस्! किनकि मैले सहरमा हिंसा र कलह देखेको छु ।
Uwaangamize, Bwana, vuruga lugha zao! Kwa maana nimeona vurugu na ugomvi katika mji.
10 दिनरात तिनीहरू पर्खालहरूमा चढेर घुम्छन् । अधर्म र हानि यसको माझमा छन् ।
Mchana na usiku wao huenda kwenye kuta zake; uchafu na ufisadi uko katikati yake.
11 यसको बिचमा दुष्टता छ । थिचोमिचो र छलले यसका गल्लीहरूलाई छोड्दैनन् ।
Uovu uko katikati yake; ukandamizaji na uongo hauiachi mitaa yake.
12 किनकि मलाई हप्काउने शत्रु थिएन, तब म त्यो सहनेथिएँ । न त मेरो विरुद्ध उठ्ने मलाई घृणा गर्ने व्यक्ति नै थियो, तब म त्यसबाट लुक्नेथिएँ ।
Kwa maana hakuwa adui aliye nikemea, hivyo ningevumilia; wala ingekuwa ni yule aliye nichukia aliyejiinua mwenyewe dhidi yagu, hivyo ningejificha asinione.
13 तर यो त त्यही, म समानको मानिस, मेरो मित्र र मेरो घनिष्ठ साथी थियो ।
Lakini ulikuwa wewe, mtu sawa na mimi, mwenzangu na rafiki yangu.
14 हामीले एकसाथ मीठो सङ्गति गर्थ्यौं । भीडको साथमा हामी परमेश्वरको भवनमा जान्थ्यौं ।
Tulikuwa na ushirika mtamu pamoja; tuliingia katika nyumba ya Mungu tukiwa na umati mkubwa.
15 तिनीहरूमाथि अचानक मृत्यु आइ लागोस् । तिनीहरू जिउँदै चिहानमा जाऊन् किनकि तिनीहरू जहाँ बस्छन् त्यहाँ तिनीहरूकै माझमा दुष्टता छ । (Sheol )
Kifo na kiwapate ghafla; na washuke wakiwa hai kuzimuni, maana ndiko waishiko waovu, hapo hapo kati yao. (Sheol )
16 मेरो बारेमा, म परमेश्वरलाई पुकार्छु र पमरप्रभुले मलाई बचाउनुहुनेछ ।
Lakini kwangu mimi, nitamwita Mungu, na Yahwe ataniokoa.
17 साँझ, बिहान र मध्यन्हमा म गुनासो गर्छु र विलाप गर्छु । उहाँले मेरो आवाज सुन्नुहुनेछ ।
Wakati wa jioni, asubuhi na mchana ninalalamika na kuomboleza; yeye atasikia sauti yangu.
18 मेरो विरुद्धमा भएको युद्धबाट उहाँले मेरो जीवनलाई सुरक्षित छुट्टाउनुहुन्छ, किनकि मेरो विरुद्धमा युद्ध गर्नेहरू धैरै जना थिए ।
Kwa usalama kabisa atayaokoa maisha yangu na vita dhidi yangu, kwa maana wale waliopigana nami walikuwa ni wengi.
19 परमेश्वर, जसले अनन्तदेखि राज्य गर्नुहुन्छ उहाँले तिनीहरूका कुरा सुन्नुहुनेछ र तिनीहरूको अपमान गर्नुहुनेछ । सेला तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूले परमेश्वरको भय मान्दैनन् ।
Mungu, yule unayetawala milele, atawasikia na kuwaaibisha wao. (Selah) Hawabadiliki, na hawamhofu Mungu.
20 मेरो मित्रले आफूसँग मिलापमा भएकाहरूका विरुद्धमा आफ्नो हात उठाएको छ । उसले बाँधेको करारलाई उसले आदर गरेको छैन ।
Rafiki yangu ameinua mikono yake dhidi ya wale waliokuwa na amani naye; Hakuheshimu agano alilokuwa nalo.
21 उसको मुखले नौनीझैं चिप्लो थियो, तर त्यसको हृदय शत्रुतापूर्ण थियो । त्यसका शब्दहरू तेलभन्दा पनि चिल्ला थिए, तापनि तिनीहरू वास्तवमा नाङ्गो तरवारहरू नै थिए ।
Mdomo wake ulikuwa laini kama siagi, lakini moyo wake ulikuwa adui; maneno yake yalikuwa laini kuliko mafuta, lakini yalikuwa ni panga zilizochomolewa.
22 आफ्ना बोझहरू परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ । उहाँले धर्मी मानिसलाई कहिल्यै पनि डग्न दिनुहुन्न ।
Umtwike mizigo yako Yahwe, naye atakusaidia; yeye hataruhusu mtu mwenye haki kuyumbayumba.
23 तर हे परमेश्वर, तपाईंले दुष्टलाई तल विनाशको खडलमा लानुहुनेछ । रक्तपात गर्नेहरू र छली मानिसहरू अरूभन्दा आधा आयुसम्म पनि बँच्दैनन्, तर म तपाईंमा नै भरोसा गर्छु ।
Bali wewe, Mungu, utawaleta waovu chini kwenye shimo la uharibifu; watu wenye kiu ya kumwaga damu na waongo hawataishi hata nusu ya maisha kama wengine, lakini mimi nitakuamini wewe.