< भजनसंग्रह 54 >
1 हे परमेश्वर, मलाई तपाईंको नाउँद्वारा बचाउनुहोस् र तपाईंको शक्तिले न्याय गर्नुहोस् ।
TO THE OVERSEER. WITH STRINGED INSTRUMENTS. AN INSTRUCTION OF DAVID, IN THE COMING IN OF THE ZIPHIM, AND THEY SAY TO SAUL, “IS DAVID NOT HIDING HIMSELF WITH US?” O God, save me by Your Name, and judge me by Your might.
2 हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस् । मेरो मुखका शब्दहरूमा कान थाप्नुहोस् ।
O God, hear my prayer, Give ear to the sayings of my mouth,
3 किनकि विदेशीहरू मेरो विरुद्धमा उठेका छन् र निर्दयी मानिसहरूले मेरो ज्यान लिन खोजेका छन् । तिनीहरूले आफ्नो सामु परमेश्वरलाई राखेका छैनन् । सेला
For strangers have risen up against me And terrible ones have sought my soul, They have not set God before them. (Selah)
4 हेर, परमेश्वर मेरो सहायक हुनुहुन्छ । मलाई उचाल्नुहुने परमप्रभु नै हुनुहुन्छ ।
Behold, God [is] a helper to me, The Lord [is] with those supporting my soul,
5 उहाँले मेरा शत्रुहरूलाई खराबीको प्रतिफल दिनुहुनेछ । आफ्नो विश्वस्ततामा तिनीहरूको नाश गर्नुहोस्!
Turn back the evil to my enemies, Cut them off in Your truth.
6 म तपाईंलाई स्वेच्छा बलि चढाउनेछु । हे परमप्रभु, म तपाईंको नाउँलाई धन्यवाद दिनेछु, किनकि यो असल छ ।
I sacrifice to You with a free-will offering, I thank Your Name, O YHWH, for [it is] good,
7 किनकि उहाँले मलाई हरेक कष्टबाट बचानुभएको छ । मेरो आँखाले मेरा शत्रहरूमाथि विजयको दृष्टिले हरेको छ ।
For He delivered me from all adversity, And my eye has looked on my enemies!