< भजनसंग्रह 53 >
1 मूर्खले आफ्नो मनमा भन्छ, “ईश्वर छँदैछैन ।” तिनीहरू भ्रष्ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही पनि छैन ।
For the music director. According to Mahalath. A psalm (maskil) of David. Only fools tell themselves, “God doesn't exist.” They are completely immoral, they commit terrible sins, not a single one of them does anything good.
2 कसैले बुझ्छन्, वा परमेश्वरलाई खोज्छन् कि भनी हेर्न उहाँले मानवजातिका सन्तानहरूलाई स्वर्गबाट हेर्नुहुन्छ ।
God watches from heaven to see if anyone understands, if anyone wants to come to God.
3 तिनीहरू सबै जना बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्ट भएका छन् । असल गर्ने कोही पनि छैन, एक जना पनि छैन ।
They have all fallen away, they are totally depraved; none of them does anything good, not even one.
4 के अधर्म गर्नेहरूको कुनै समझ नै छैन, जसले मेरा मानिसहरूलाई रोटी खाएझैं खान्छन् र तिनीहरूले परमेश्वरलाई पुकारा गर्दैनन्?
“Won't these people who do evil ever learn? They consume my people as if they were eating bread, and refuse to pray to me.”
5 डराउनुपर्ने कुनै कारण नभए तापनि तिनीहरू भयङ्कर डरमा हुन्छन् । किनकि तिमीहरू विरुद्ध पाल टाँग्नेहरूका हाडहरू परमेश्वरले छरपस्ट पार्नुहुनेछ । यस्ता मानिसहरू लाजमा पर्नेछन्, किनभने परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुभएको छ ।
They will become completely terrified, more frightened than they have ever been. God will scatter the bones of those who fight against you; you will defeat them because God has rejected them.
6 इस्राएलको उद्धार सियोनबाट आएको भए त हुन्थ्यो! जब परमेश्वरले आफ्ना मानसिहरूलाई निर्वासनबाट फिर्ता ल्याउनुहुन्छ, तब याकूब आनन्दित र इस्राएल खुसी हुनेछ ।
If only God's salvation would come from Zion! When God restores his people, the people of Jacob will celebrate, and the people of Israel will be glad.