< भजनसंग्रह 51 >
1 हे परमेश्वर, तपाईंको करारको विश्वस्तताको कारणले ममाथि दया गर्नुहोस् । तपाईंको असङ्ख्य दयापूर्ण कामहरूको खातिर मेरा अपराधहरू मेटिदिनुहोस् ।
For the choirmaster. A Psalm of David. When Nathan the prophet came to him after his adultery with Bathsheba. Have mercy on me, O God, according to Your loving devotion; according to Your great compassion, blot out my transgressions.
2 मलाई मेरो अधर्मबाट पूर्ण रूपले धुनुहोस् र मेरो पापबाट मलाई शुद्ध पार्नुहोस् ।
Wash me clean of my iniquity and cleanse me from my sin.
3 किनकि म आफ्ना अपराधहरू जान्दछु र मेरो पाप सधैं मेरै सामु छ ।
For I know my transgressions, and my sin is always before me.
4 तपाईंको विरुद्धमा, केवल तपाईंको विरुद्धमा मैले पाप गरेको छु र तपाईंको दृष्टिमा जे खराब छ त्यही गरेको छु । तपाईं बोल्नुहुँदा तपाईं ठिक हुनुहुन्छ । तपाईंले न्याय गर्नुहुँदा तपाईं ठिक हुनुहुन्छ ।
Against You, You only, have I sinned and done what is evil in Your sight, so that You may be proved right when You speak and blameless when You judge.
5 हेर्नुहोस्, म पापमा नै जन्में । आमाले गर्भमा गर्भधारण गर्ने बित्तिकै, म पापमा नै थिएँ ।
Surely I was brought forth in iniquity; I was sinful when my mother conceived me.
6 हेर्नुहोस्, तपाईंले मेरो अन्तस्करणमा विश्वासयोग्ता खोज्नुहुन्छ । अनि भित्रको गोप्य ठाउँमा तपाईंले मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ ।
Surely You desire truth in the inmost being; You teach me wisdom in the inmost place.
7 मलाई हिसपले शुद्ध पार्नुहोस् र म शुद्ध हुनेछु । मलाई धुनुहोस् र म हिउँभन्दा सेतो हुनेछु ।
Purify me with hyssop, and I will be clean; wash me, and I will be whiter than snow.
8 मलाई तपाईंको आनन्द र खुसी सुन्न दिनुहोस्, ताकि तपाईंले तोड्नुभएका हाडहरू आनन्दित होऊन् ।
Let me hear joy and gladness; let the bones You have crushed rejoice.
9 मेरा पापहरूबाट तपाईंको मुहार लुकाउनुहोस् र मेरा सबै अधर्महरू मेटाउनुहोस् ।
Hide Your face from my sins and blot out all my iniquities.
10 हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस् । र मभित्र ठिक आत्मालाई नयाँ तुल्याउनुहोस् ।
Create in me a clean heart, O God, and renew a right spirit within me.
11 मलाई तपाईंको उपस्थितिबाट टाढा नपठाउनुहोस्, र मबाट तपाईंको पवित्र आत्मा नलानुहोस् ।
Cast me not away from Your presence; take not Your Holy Spirit from me.
12 तपाईंको मुक्तिको आनन्दलाई ममा पुनर्जीवित पार्नुहोस्, र इच्छुक आत्माले मलाई सम्हाल्नुहोस् ।
Restore to me the joy of Your salvation, and sustain me with a willing spirit.
13 तब अपराध गर्नेहरूलाई म तपाईंका मार्गहरू सिकाउनेछु र पापीहरू तपाईंतिर फर्कनेछन् ।
Then I will teach transgressors Your ways, and sinners will return to You.
14 हे मेरा उद्धारका परमेश्वर, रक्तपातको निम्ति मलाई क्षमा गर्नुहोस्, र तपाईंको धार्मिकताको आनन्दको निम्ति म काराउनेछु ।
Deliver me from bloodguilt, O God, the God of my salvation, and my tongue will sing of Your righteousness.
15 हे परमप्रभु, मेरा ओठहरू खोल्नुहोस्, र मेरो मुखले तपाईंको प्रशंसा गाउनेछ ।
O Lord, open my lips, and my mouth will declare Your praise.
16 किनकि तपाईं बलिदानमा खुसी हुनुहुन्न, नत्र म बलि चढाउँथें । होमबलिमा तपाईं आनन्दित हुनुहुन्न ।
For You do not delight in sacrifice, or I would bring it; You take no pleasure in burnt offerings.
17 परमेश्वरका बलिदानहरू तोडिएको आत्मा हो । हे परमेश्वर, तपाईंले तोडिएको र पश्चतापी हृदयलाई घृणा गर्नुहुनेछैन ।
The sacrifices of God are a broken spirit; a broken and a contrite heart, O God, You will not despise.
18 सियोनलाई तपाईंको सुभेच्छामा भलइ गर्नुहोस्, यरूशलेमको पर्खालहरू पनुःनिर्माण गर्नुहोस् ।
In Your good pleasure, cause Zion to prosper; build up the walls of Jerusalem.
19 तब तपाईं धार्मिकताको बलिहरूमा, होमबलिहरू र सम्पूर्ण होमबलिमा प्रशन्न हुनुहुनेछ । तब हाम्रा मानिसहरूले तपाईंको वेदीमा साँढेहरू चढाउनेछन् ।
Then You will delight in righteous sacrifices, in whole burnt offerings; then bulls will be offered on Your altar.