< भजनसंग्रह 50 >
1 सर्वशक्तिमान्, परमप्रभु परमेश्वर बोल्नुभएको छ, र पृथ्वीलाई सूर्योदयदेखि सूर्यास्तसम्म बलाउनुभएको छ ।
Cantique d'Asaph. Dieu, l'Éternel Dieu parle, Il appelle la terre, du soleil levant au soleil couchant;
2 सुन्दरताको सिद्धता सियोनबाट परमेश्वर प्रज्वलित हुनुभएको छ ।
de Sion, perfection de beauté, Dieu apparaît resplendissant;
3 हाम्रो परमेश्वर आउनुहुन्छ र चूपचाप रहनुहुन्न । उहाँको अगि भस्म गर्ने आगो छ र उहाँको चारैतिर प्रचण्ड आँधी छ ।
notre Dieu vient, mais non pas en silence; devant lui le feu dévore, et autour de lui il y a grande tempête.
4 उहाँले माथिको आकाशलाई र पृथ्वीलाई बोउनुहुन्छ, ताकि उहाँले आफ्ना मानिसहरूको न्याय गर्न सक्नुहुन्छ ।
Il appelle les Cieux d'en haut, et la terre, au jugement de son peuple:
5 “मेरा वोश्वासयोग्यहरूलाई मकहाँ भेला गराओ, जसले बलिदानद्वारा मसँग करार बाँधेका छन् ।”
« Rassemblez-moi mes bien-aimés, qui solennisèrent mon alliance par le sacrifice! »
6 आकाशले उहाँको धार्मिकताको घोषणा गर्नेछ, किनकि परमेश्वर स्वयम् न्यायकर्ता हुनुहुन्छ । सेला
Que donc les Cieux proclament sa justice, car Dieu est celui qui va juger! (Pause)
7 “ए मेरा मानिसहरू, सुन र म बोल्ने छु । म परमेश्वर, तेरो परमेश्वर हुँ ।
« Ecoute, mon peuple, je vais parler! Israël, je vais te sommer! Je suis Dieu, ton Dieu.
8 तिमीहरूका बलिदानको निम्ति म तिमीहरूलाई निन्दा गर्दिनँ, तिमीहरूका होमबलिहरू सदासर्वदा मेरो सामु छन् ।
Je ne te reprends pas pour tes sacrifices, car tes holocaustes sont constamment devant moi.
9 तिमीहरूका घरका कुनै साँढे वा तिमीहरूका बगालका बोकाहरू म लिनेछैन ।
Je n'irai pas prendre des taureaux dans ta maison, ni des béliers dans tes bergeries.
10 किनकि वनका हरेक पशु मेरै हुन् र हजारौं पहाडका गाइवस्तु मेरै हुन् ।
Car à moi sont toutes les bêtes des forêts, les animaux des montagnes par milliers;
11 पर्वतहरूका सबै चरालाई म चिन्छु र मैदानका जङ्गली पशुहरू मेरै हुन् ।
je connais tous les oiseaux des montagnes, et les bêtes des champs sont en mon pouvoir.
12 म भोकाएको भए पनि, मैले तिमीहरूलाई भन्ने थिएनँ । किनकि संसार मेरै हो र यसमा भएका हरेक कुरा मेरै हुन् ।
Si j'avais faim, je ne te le dirais pas; car à moi est le monde avec ce qu'il enserre.
13 के म साँढेको मासु खानेछु वा बोकाको रगत पिउनेछु?
Est-ce que je mange la chair des taureaux, et bois le sang des boucs?
14 परमेश्वरलाई धन्यवादको बलि चढाओ र सर्वोच्चमा आफ्नो भाकल पुरा गर ।
Fais à Dieu l'offrande de tes actions de grâces, et accomplis tes vœux envers le Très-haut!
15 कष्टको समय मलाई पुकारा गर । म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ ।”
et invoque-moi au jour de la détresse; je te délivrerai, et tu me glorifieras! »
16 तर दुष्टलाई परमेश्वर यसो भन्नुहुन्छ, “मेरा आदेशहरूका घोषणा गर्ने कुरा तँलाई के मतलब छ । तैंले मेरो करार तेरो मुखमा लिएको छस्,
Et Dieu dit au méchant: « Que fais-tu d'énumérer mes lois, et d'avoir mon alliance à la bouche,
17 किनभने तैंले शिक्षालाई घृणा गर्छस् र मेरा वचनलाई लत्याउँछस्?
quand tu hais la discipline, et que tu jettes mes paroles derrière toi?
18 तैंले चोरलाई भेट्दा, त्योसँग तँ सहमत हुन्छस् । व्याभिचार गर्नेसँग तँ मिल्छस् ।
Si tu vois un voleur, tu te plais avec lui, et tu entres en part avec les adultères.
19 तेरो मुखले खराबी बोल्छ र तेरो जिब्रोले छल गर्छ ।
Tu lâches la bride à ta bouche pour le mal, et ta langue ourdit la fraude;
20 तँ बस्छस् र तेरो भाइको विरुद्धमा बोल्छस् । आफ्नै आमाको छोराको निन्दा तैंले गर्छस् ।
tu t'assieds, et parles contre ton frère, et tu dresses des embûches au fils de ta mère.
21 तैंले यी कुराहरू गरेको छस्, तर म चूप लागेको छु । त्यसैले म पनि तँजस्तै हो भनी तैंले विचार गरिस् । तर म तेरो निन्दा गर्नेछु र तैंले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु ।
C'est ce que tu as fait, et je me suis tu; tu t'es imaginé que je te ressemblais; mais je te détromperai, et je mettrai la liste devant toi.
22 हे परमेश्वरलाई बिर्सने हो, यसलाई राम्ररी विचार गर । नत्र म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूलाई सहायता गर्न आउने कोही पनि हुनेछैन ।
Prenez-y garde, vous qui oubliez Dieu, de peur que Je ne déchire, sans que personne délivre!
23 धन्यवादको बलि चढाउनेले मेरो प्रशंसा गर्छ र आफ्नो मार्गलाई ठिक किसिमले योजना गर्ने कुनै पनि व्यक्तिलाई म परमेश्वरको उद्धार देखाउनेछु ।”
Qui m'offre des actions de grâces, me glorifie; et à quiconque règle sa voie, Je fais voir le salut de Dieu. »