< भजनसंग्रह 5 >
1 हे परमप्रभु, मैले तपाईंलाई पुकारा गर्दा सुन्नुहोस् । मेरा सुस्केराहरूका बारेमा विचार गर्नुहोस् ।
For the end, a Psalm of David, concerning her that inherits. Hearken to my words, O Lord, attend to my cry.
2 हे मेरो राजा र मेरो परमेश्वर, मेरो पुकाराको सोर सुन्नुहोस्, किनकि मैले प्रार्थना गर्ने तपाईंसँग नै हो ।
Attend to the voice of my supplication, my King, and my God: for to thee, O Lord, will I pray.
3 हे परमप्रभु, बिहान तपाईंले मेरो रोदन सुन्नुहुन्छ । बिहानै म आफ्नो बिन्ती तपाईंकहाँ ल्याउनेछु र आसा गरेर पर्खिनेछु ।
In the morning thou shalt hear my voice: in the morning will I wait upon thee, and will look up.
4 निश्चय नै तपाईं खराबी ग्रहण गर्ने परमेश्वर हुनुहुन्न । दुष्ट मानिसहरू तपाईंका पाहुनाहरू हुनेछैनन् ।
For thou art not a god that desires iniquity; neither shall the worker of wickedness dwell with thee.
5 अहङ्कारी तपाईंको उपस्थितिमा खडा हुनेछैनन् । दुष्ट किसिमले व्यवहार गर्ने सबैलाई तपाईंले घृणा गर्नुहुन्छ ।
Neither shall the transgressors continue in thy sight: thou hatest, O Lord, all them that work iniquity.
6 तपाईंले झुट बोल्नेहरूलाई नष्ट पार्नुहुन्छ । हिंस्रक र छली मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ ।
Thou wilt destroy all that speak falsehood: the Lord abhors the bloody and deceitful man.
7 तर मेरो बारेमा, तपाईंको महान् करारको विश्वस्तताको कारणले, म तपाईंको मन्दिरमा आउनेछु । आदरसाथ तपाईंको पवित्र मन्दिरतर्फ फर्केर म दण्डवत् गर्नेछु ।
But I will enter into thine house in the multitude of thy mercy: I will worship in thy fear toward thy holy temple.
8 हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।
Lead me, O Lord, in thy righteousness because of mine enemies; make my way plain before thy face.
9 किनकि तिनीहरूका मुखमा कुनै सत्य छैन । तिनीहरू अन्तस्करण दुष्ट छ । तिनीहरूका गला एउटा खुला चिहान हो । आफ्नो जिब्रोले तिनीहरू चाप्लुसी गर्छन् ।
For there is no truth in their mouth; their heart is vain; their throat is an open sepulchre; with their tongues they have used deceit.
10 हे परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस् । तिनीहरूको षड्यान्त्र नै तिनीहरूको पतन बनोस् । तिनीहरूका धेरै अपराधहरूका कारणले तिनीहरूलाई खेद्नुहोस् किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन् ।
Judge them, O God; let them fail of their counsels: cast them out according to the abundance of their ungodliness; for they have provoked thee, O Lord.
11 तर तपाईंमा शरण लिनै सबै जना आनन्दित होऊन् । तिनीहरू आनन्दले कराऊन् किनभने तपाईंले तिनीहरूको सरक्षा गर्नुहुन्छ । तपाईंको नाउँ मन पराउनेहरू तपाईंमा आनन्दित होऊन् ।
But let all that trust on thee be glad in thee: they shall exult for ever, and thou shalt dwell among them; and all that love thy name shall rejoice in thee.
12 किनकि हे परमप्रभु, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ । तिनीहरूका वरिपरि ढालले झैं तपाईंले कृपाले घेर्नुहुनेछ ।
For thou, Lord, shalt bless the righteous: thou hast compassed us as with a shield of favour.