< भजनसंग्रह 5 >

1 हे परमप्रभु, मैले तपाईंलाई पुकारा गर्दा सुन्‍नुहोस् । मेरा सुस्केराहरूका बारेमा विचार गर्नुहोस् ।
大卫的诗,交与伶长。用吹的乐器。 耶和华啊,求你留心听我的言语, 顾念我的心思!
2 हे मेरो राजा र मेरो परमेश्‍वर, मेरो पुकाराको सोर सुन्‍नुहोस्, किनकि मैले प्रार्थना गर्ने तपाईंसँग नै हो ।
我的王我的 神啊,求你垂听我呼求的声音! 因为我向你祈祷。
3 हे परमप्रभु, बिहान तपाईंले मेरो रोदन सुन्‍नुहुन्छ । बिहानै म आफ्‍नो बिन्‍ती तपाईंकहाँ ल्याउनेछु र आसा गरेर पर्खिनेछु ।
耶和华啊,早晨你必听我的声音; 早晨我必向你陈明我的心意,并要警醒!
4 निश्‍चय नै तपाईं खराबी ग्रहण गर्ने परमेश्‍वर हुनुहुन्‍न । दुष्‍ट मानिसहरू तपाईंका पाहुनाहरू हुनेछैनन् ।
因为你不是喜悦恶事的 神, 恶人不能与你同居。
5 अहङ्कारी तपाईंको उपस्थितिमा खडा हुनेछैनन् । दुष्‍ट किसिमले व्यवहार गर्ने सबैलाई तपाईंले घृणा गर्नुहुन्छ ।
狂傲人不能站在你眼前; 凡作孽的,都是你所恨恶的。
6 तपाईंले झुट बोल्नेहरूलाई नष्‍ट पार्नुहुन्छ । हिंस्रक र छली मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ ।
说谎言的,你必灭绝; 好流人血弄诡诈的,都为耶和华所憎恶。
7 तर मेरो बारेमा, तपाईंको महान् करारको विश्‍वस्‍तताको कारणले, म तपाईंको मन्‍दिरमा आउनेछु । आदरसाथ तपाईंको पवित्र मन्दिरतर्फ फर्केर म दण्डवत् गर्नेछु ।
至于我,我必凭你丰盛的慈爱进入你的居所; 我必存敬畏你的心向你的圣殿下拜。
8 हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्‍याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।
耶和华啊,求你因我的仇敌,凭你的公义引领我, 使你的道路在我面前正直。
9 किनकि तिनीहरूका मुखमा कुनै सत्य छैन । तिनीहरू अन्तस्करण दुष्‍ट छ । तिनीहरूका गला एउटा खुला चिहान हो । आफ्नो जिब्रोले तिनीहरू चाप्लुसी गर्छन् ।
因为,他们的口中没有诚实; 他们的心里满有邪恶; 他们的喉咙是敞开的坟墓; 他们用舌头谄媚人。
10 हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस् । तिनीहरूको षड्यान्त्र नै तिनीहरूको पतन बनोस् । तिनीहरूका धेरै अपराधहरूका कारणले तिनीहरूलाई खेद्‍नुहोस् किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन् ।
神啊,求你定他们的罪! 愿他们因自己的计谋跌倒; 愿你在他们许多的过犯中把他们逐出, 因为他们背叛了你。
11 तर तपाईंमा शरण लिनै सबै जना आनन्दित होऊन् । तिनीहरू आनन्दले कराऊन् किनभने तपाईंले तिनीहरूको सरक्षा गर्नुहुन्छ । तपाईंको नाउँ मन पराउनेहरू तपाईंमा आनन्दित होऊन् ।
凡投靠你的,愿他们喜乐,时常欢呼, 因为你护庇他们; 又愿那爱你名的人都靠你欢欣。
12 किनकि हे परमप्रभु, तपाईंले धर्मीहरूलाई आशिष्‌‌‌ दिनुहुन्छ । तिनीहरूका वरिपरि ढालले झैं तपाईंले कृपाले घेर्नुहुनेछ ।
因为你必赐福与义人; 耶和华啊,你必用恩惠如同盾牌四面护卫他。

< भजनसंग्रह 5 >