< भजनसंग्रह 49 >

1 ए सबै मानिसहरू हो, यो कुरा सुन । ए संसारका सबै बासिन्दाहरू हो कान थाप ।
Sikieni hili, ninyi watu wote; tegeni masikio, ninyi wenyeji wa dunia,
2 माथिल्‍लो र तल्‍लो दर्जाका, गरीब र धनी दुवै एकसाथ ।
wote walio chini na walio juu, tajiri na masikini wote pamoja.
3 मेरो मुखले बुद्धिका कुरा बोल्नेछ र मेरो हृदयको ध्‍यान समझको हुनेछ ।
Mdomo wangu utazungumza hekima na tafakari ya moyo wangu itakuwa ya uelewa.
4 म आफ्‍ना कान दृष्‍टान्तमा लगाउनेछु । म आफ्‍नो दृष्‍टान्तलाई वीणा बजाएर सुरु गर्नेछु ।
Nitaelekeza sikio langu kwenye mfano; nitaanza mfano wangu kwa kinubi.
5 जब अधर्मले मलाई घेरा हाल्‍छ, तब म किन खराब दिनहरूको डर मान्‍ने?
Kwa nini nilazimike kuziogopa siku za uovu, wakati uovu umenizunguka kwenye visigino vyangu?
6 आफ्‍ना सम्पत्तिमा भरोसा गर्नेहरू र आफ्‍नो धेरै धन घमण्‍ड गर्नेहरूसँग म किन डराउने?
Kwa nini niwaogope wale wanao amini katika mali zao na kujivuna kuhusu utajiri wao?
7 यो निश्‍चय हो कि कसैले आफ्नो भाइलाई बचाउन वा त्यसको निम्ति परमेश्‍वरलाई छुकाराको मोल तिर्न सक्दैन,
Ni hakika kuwa hakuna yeyote atakaye muokoa ndugu yake au kumpa Mungu pesa kwa ajili yake,
8 किनकि कसैको जीवनको छुटकारा मूल्य महङ्‍गो छ र हामीले तिर्नुपर्ने जति त कसैले तिर्न सक्दैन ।
Kwa maana ukombozi wa uhai wa mtu ni gharama kubwa, na hakuna awezaye kulipa kile tunacho daiwa.
9 कोही पनि सदासर्वदा जीवित रहन सक्दैन, ताकि त्यसको शरीर सडेर नजाओस् ।
Hakuna yeyote atakaye ishi milele ili mwili wake usioze.
10 किनकि त्यसले सडेको देख्‍नेछ । बुद्धिमान् मानिसहरू मर्छन् । मूर्ख र क्रूर त्‍यसरी नै नाश हुन्छन् र आफ्‍ना सम्पत्ति अरूलाई छोड्छन् ।
Maana yeye ataona uozo. Watu wenye hekima hufa; wajinga pia huangamia na kuacha mali zao kwa wengine.
11 आफ्‍ना परिवारहरू सधैंभरि निरन्तर रहन्‍छन्, र आफू बसोवास गरेका ठाउँहरू सबै पुस्तालाई हुन्‍छ भन्‍ने तिनीहरूका भित्री विचार हुन्‍छ । आफ्‍ना जमिनहरूलाई तिनीहरूले आफ्नै नाउँ दिन्‍छन्।
Mawazo yao ya ndani ni kuwa familia zao zitaishi milele, na mahali waishipo, kwa vizazi vyote; wanaita ardhi zao kwa majina yao wenyewe.
12 तर धन भए पनि मानिस सधैं बाँच्‍न सक्‍दैन । त्‍यो नष्‍ट हुने जङ्‍गली पशुजस्‍तै हो ।
Lakini mtu, kuwa na mali, haimaanishi atabaki hai; kama wanyama walioangamia.
13 तिनीहरूको यो मार्ग नै तिनीहरूको मूर्खता हो । तापनि तिनीहरू पछि, मानिसहरूले तिनीहरूका भनाइहरूलाई मान्‍यता दिन्‍छन् ।
Hii ni hatma ya wafanyao ujinga baada ya kufa, .................
14 भेडाहरूझैं ती चिहानको निम्ति नियुक्‍त हुन्‍छन्, र मृत्युचाहिं तिनीहरूका गोठाला हुनेछ । सोझाहरूले बिहान तिनीहरूमाथि राज्‍य गर्नेछन् र तिनीहरूलाई बस्‍ने कुनै ठाउँ नभई तिनीहरूका शरीरहरू चिहानमा नष्‍ट हुनेछन् । (Sheol h7585)
Kama kondoo wamechaguliwa kwa ajili ya kuzimu na kifo kitakuwa mchungaji wao. Nao watatawaliwa na wenye haki ifikapo asubuhi, na miili yao italiwa kuzimuni, wakiwa hawana afasi ya kuishi kwa ajili yao. (Sheol h7585)
15 तर परमेश्‍वरले मेरो जीवनलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ । उहाँले मलाई ग्रहण गर्नुहुनेछ । सेला (Sheol h7585)
Bali Mungu ataufufua uhai wangu kutoka katika nguvu ya kuzimu; naye atanipokea. (Selah) (Sheol h7585)
16 कोही धनी हुँदा र त्यसको घरको गौरव बढ्दा नडरा ।
Msifadhaike mtu awapo tajiri, utukufu wa nyumba yake uongezekapo.
17 किनकि जब त्यो मर्नेछ, तब त्यसले कुनै कुरा पनि लानेछैन । त्यसको गौरव त्यसको पछिपछि जानेछैन ।
Maana atakapo kufa hataondoka na chochote; utukufu wake hautamfuata yeye.
18 त्यो जीवित हुँदा नै त्‍यसले आफ्नो प्राणलाई धन्‍यको भन्‍यो र जब तिमीले आफ्नो निम्ति जीवन बताउँछौ, तब मानिसहरूले तिम्रो प्रशंसा गर्छन्—
Yeye huifurahisha nafsi yake awapo hai na watu hukusifu wewe uishipo maisha yako mwenyewe-
19 त्यो आफ्नो पुर्खाहरूका पुस्तामा जानेछ र तिनीहरूले फेरि कहिल्यै त्‍योति देख्‍नेछैनन् ।
naye atakwenda kwenye ukoo wa baba zake naye kamwe hataiona nuru tena.
20 जससँग सम्पत्ति छ, तर समझ छैन, त्‍यो जङ्‍गली पशुहरूजस्तै हो, जो नाश हुन्छ ।
Yule ambaye ana mali lakini hana ufahamu ni kama wanyama, ambao wataangamia.

< भजनसंग्रह 49 >