< भजनसंग्रह 49 >
1 ए सबै मानिसहरू हो, यो कुरा सुन । ए संसारका सबै बासिन्दाहरू हो कान थाप ।
For the choirmaster. A Psalm of the sons of Korah. Hear this, all you peoples; listen, all inhabitants of the world,
2 माथिल्लो र तल्लो दर्जाका, गरीब र धनी दुवै एकसाथ ।
both low and high, rich and poor alike.
3 मेरो मुखले बुद्धिका कुरा बोल्नेछ र मेरो हृदयको ध्यान समझको हुनेछ ।
My mouth will impart wisdom, and the meditation of my heart will bring understanding.
4 म आफ्ना कान दृष्टान्तमा लगाउनेछु । म आफ्नो दृष्टान्तलाई वीणा बजाएर सुरु गर्नेछु ।
I will incline my ear to a proverb; I will express my riddle with the harp:
5 जब अधर्मले मलाई घेरा हाल्छ, तब म किन खराब दिनहरूको डर मान्ने?
Why should I fear in times of trouble, when wicked usurpers surround me?
6 आफ्ना सम्पत्तिमा भरोसा गर्नेहरू र आफ्नो धेरै धन घमण्ड गर्नेहरूसँग म किन डराउने?
They trust in their wealth and boast in their great riches.
7 यो निश्चय हो कि कसैले आफ्नो भाइलाई बचाउन वा त्यसको निम्ति परमेश्वरलाई छुकाराको मोल तिर्न सक्दैन,
No man can possibly redeem his brother or pay his ransom to God.
8 किनकि कसैको जीवनको छुटकारा मूल्य महङ्गो छ र हामीले तिर्नुपर्ने जति त कसैले तिर्न सक्दैन ।
For the redemption of his soul is costly, and never can payment suffice,
9 कोही पनि सदासर्वदा जीवित रहन सक्दैन, ताकि त्यसको शरीर सडेर नजाओस् ।
that he should live on forever and not see decay.
10 किनकि त्यसले सडेको देख्नेछ । बुद्धिमान् मानिसहरू मर्छन् । मूर्ख र क्रूर त्यसरी नै नाश हुन्छन् र आफ्ना सम्पत्ति अरूलाई छोड्छन् ।
For it is clear that wise men die, and the foolish and the senseless both perish and leave their wealth to others.
11 आफ्ना परिवारहरू सधैंभरि निरन्तर रहन्छन्, र आफू बसोवास गरेका ठाउँहरू सबै पुस्तालाई हुन्छ भन्ने तिनीहरूका भित्री विचार हुन्छ । आफ्ना जमिनहरूलाई तिनीहरूले आफ्नै नाउँ दिन्छन्।
Their graves are their eternal homes— their dwellings for endless generations— even though their lands were their namesakes.
12 तर धन भए पनि मानिस सधैं बाँच्न सक्दैन । त्यो नष्ट हुने जङ्गली पशुजस्तै हो ।
But a man, despite his wealth, cannot endure; he is like the beasts that perish.
13 तिनीहरूको यो मार्ग नै तिनीहरूको मूर्खता हो । तापनि तिनीहरू पछि, मानिसहरूले तिनीहरूका भनाइहरूलाई मान्यता दिन्छन् ।
This is the fate of the self-confident and their followers who endorse their sayings.
14 भेडाहरूझैं ती चिहानको निम्ति नियुक्त हुन्छन्, र मृत्युचाहिं तिनीहरूका गोठाला हुनेछ । सोझाहरूले बिहान तिनीहरूमाथि राज्य गर्नेछन् र तिनीहरूलाई बस्ने कुनै ठाउँ नभई तिनीहरूका शरीरहरू चिहानमा नष्ट हुनेछन् । (Sheol )
Like sheep they are destined for Sheol. Death will be their shepherd. The upright will rule them in the morning, and their form will decay in Sheol, far from their lofty abode. (Sheol )
15 तर परमेश्वरले मेरो जीवनलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ । उहाँले मलाई ग्रहण गर्नुहुनेछ । सेला (Sheol )
But God will redeem my life from Sheol, for He will surely take me to Himself. (Sheol )
16 कोही धनी हुँदा र त्यसको घरको गौरव बढ्दा नडरा ।
Do not be amazed when a man grows rich, when the splendor of his house increases.
17 किनकि जब त्यो मर्नेछ, तब त्यसले कुनै कुरा पनि लानेछैन । त्यसको गौरव त्यसको पछिपछि जानेछैन ।
For when he dies, he will carry nothing away; his abundance will not follow him down.
18 त्यो जीवित हुँदा नै त्यसले आफ्नो प्राणलाई धन्यको भन्यो र जब तिमीले आफ्नो निम्ति जीवन बताउँछौ, तब मानिसहरूले तिम्रो प्रशंसा गर्छन्—
Though in his lifetime he blesses his soul— and men praise you when you prosper—
19 त्यो आफ्नो पुर्खाहरूका पुस्तामा जानेछ र तिनीहरूले फेरि कहिल्यै त्योति देख्नेछैनन् ।
he will join the generation of his fathers, who will never see the light of day.
20 जससँग सम्पत्ति छ, तर समझ छैन, त्यो जङ्गली पशुहरूजस्तै हो, जो नाश हुन्छ ।
A man who has riches without understanding is like the beasts that perish.