< भजनसंग्रह 48 >
1 परमप्रभु महान् हुनुहुन्छ र हाम्रा परमेश्वरको सहर उहाँको पवित्र पर्वतमा ज्यादै धेरै प्रशंसा हुनुपर्छ ।
(고라 자손의 시. 곧 노래) 여호와는 광대하시니 우리 하나님의 성, 거룩한 산에서 극진히 찬송하리로다
2 महान् राजाको सहरको उत्तरमा अवस्थित सियोन पर्वत उच्च ठाउँमा सुन्दर, सारा पृथ्वीको आनन्द हो ।
터가 높고 아름다워 온 세계가 즐거워함이여 큰 왕의 성 곧 북방에 있는 시온산이 그러하도다
3 त्यसका दरबारहरूमा परमेश्वरले आफैलाई शरणस्थानको रूपमा प्रकट गर्नुभएको छ ।
하나님이 그 여러 궁중에서 자기를 피난처로 알리셨도다
4 हेर्नुहोस्, राजाहरू आफै भेला भए । तिनीहरू सँगसँगै अघि बढे ।
열왕이 모여 함께 지났음이여
5 जब तिनीहरूले यो देखे, तब तिनीहरू चकित भए । तिनीहरू भयभित भए र तिनीहरू हतार गरेर गए ।
저희가 보고 놀라고 두려워 빨리 갔도다
6 कम्पले तिनीहरूलाई समात्यो, प्रसव वेदना परेकी स्त्रीझैं पीडित भए ।
거기서 떨림이 저희를 잡으니 고통이 해산하는 여인 같도다
7 पूर्वीय बतासले तपाईंले तर्शीशका जहाजहरू तोड्नुहुन्छ ।
주께서 동풍으로 다시스의 배를 깨뜨리시도다
8 सर्वशक्तिमान् परमप्रभु हाम्रा परमेश्वरको सहरमा हामीले जस्तो सुनेका छौं त्यस्तै हामीले देखेका छौं । परमेश्वरले यसलाई सदासर्वदाको निम्ति स्थापित गर्नुहुनेछ । सेला
우리가 들은 대로 만군의 여호와의 성, 우리 하나님의 성에서 보았나니 하나님이 이를 영영히 견고케 하시리로다 (셀라)
9 हे परमेश्वर, हामीले तपाईंको मन्दिरको बिचमा तपाईंको करारको विश्वस्तताका बारेमा विचार गरेका छौं ।
하나님이여, 우리가 주의 전가운데서 주의 인자하심을 생각하였나이다
10 हे परमेश्वर, तपाईंको नाउँ जस्तो छ पृथ्वीको अन्तिम छेउसम्म तपाईंको प्रशंसा त्यस्तै छ । तपाईंको दाहिने हात धार्मिकताले पूर्ण छ ।
하나님이여, 주의 이름과 같이 찬송도 땅끝까지 미쳤으며 주의 오른손에는 정의가 충만하나이다
11 तपाईंका धार्मिक आदेशहरूका कारणले सियोन पर्वत खुसी होस्, यहूदाका छोरीहरू आनन्दित होऊन् ।
주의 판단을 인하여 시온산은 기뻐하고 유다의 딸들은 즐거워 할지어다
12 सियोन पर्वत वरिपरि हिंड, त्यसको चारैतिर जाओ । त्यसका धरहराहरू गन्ती गर,
너희는 시온을 편답하고 그것을 순행하며 그 망대들을 계수하라
13 त्यसका पर्खालहरू ध्यान लगाएर हेर, र त्यसका दरबारहरू हेर, ताकि तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा बताउन सक्छौ ।
그 성벽을 자세히 보고 그 궁전을 살펴서 후대에 전하라
14 किनकि यही परमेश्वर सदासर्वदा हाम्रा परमेश्वर हुनुहुन्छ । मृत्युसम्म नै हामीलाई बाटो देखाउने उहाँ नै हुनुहुन्छ ।
이 하나님은 영영히 우리 하나님이시니 우리를 죽을 때까지 인도하시리로다