< भजनसंग्रह 47 >
1 ए सबै मानिसहरू हो, आफ्ना ताली बजाओ । विजयको सोरले परमेश्वरको निम्ति कराओ ।
Dem Musikmeister. Von den Korachiten. Ein Psalm. Ihr Völker alle, klatscht in die Hände, jauchzt mit lautem Jubel Gotte zu!
2 किनकि सर्वोच्च परमप्रभु भययोग्य हुनुहुन्छ । सारा पृथ्वीका महान् राजा उहाँ नै हुनुहुन्छ ।
Denn Jahwe, der Höchste, ist furchtbar, ein großer König über die ganze Erde.
3 उहाँले मानिसहरूलाई हाम्रो अधीनमा र जातिहरूलाई हाम्रा पाउमुनि पार्नुहुन्छ ।
Er zwang Völker unter uns und Nationen unter unsere Füße.
4 उहाँले हाम्रा निम्ति हाम्रो उत्तराधिकार रोज्नुहुन्छ, याकूबको महिमा जसलाई उहाँले प्रेम गर्नुहुन्छ । सेला
Er wählte uns unseren Erbbesitz aus, den Stolz Jakobs, den er liebgewonnen. (Sela)
5 परमेश्वर सोरसँगै, परमप्रभु तुरहीको सोरसँगै माथि जानुभएको छ
Gott ist aufgefahren mit Jauchzen, Jahwe mit Posaunenschall.
6 परमेश्वर प्रशंसा गाओ, प्रशंसा गाओ । हाम्रा राजाको निम्ति प्रशंसा गाओ, प्रशंसा गाओ ।
Lobsinget Gotte, lobsinget; lobsinget unserem Könige, lobsinget!
7 किन परमेश्वर सारा पृथ्वीमा राजा हुनुहुन्छ । समझले प्रशंसा गाओ ।
Denn Gott ist König über die ganze Erde; singt ein Lied!
8 परमेश्वरले जातिहरूमा राज्य गर्नुहुन्छ । परमेश्वर आफ्नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ ।
Gott ist König über die Heiden geworden; Gott hat sich auf seinen heiligen Thron gesetzt.
9 मानिसहरूका शासकहरू अब्राहामका परमेश्वरका मानसिहरूकहाँ एकसाथ भेला भएका छन्, किनकि पृथ्वीको ढाल परमेश्वरकै हो । उहाँ अति उच्च हुनुहुन्छ ।
Die Edlen der Völker haben sich versammelt, ein Volk des Gottes Abrahams. Denn Gotte gehören die Schilde der Erde; er ist hoch erhaben.