< भजनसंग्रह 47 >

1 ए सबै मानिसहरू हो, आफ्‍ना ताली बजाओ । विजयको सोरले परमेश्‍वरको निम्‍ति कराओ ।
For the choirmaster. A Psalm of the sons of Korah. Clap your hands, all you peoples; shout unto God with a voice of triumph.
2 किनकि सर्वोच्‍च परमप्रभु भययोग्य हुनुहुन्छ । सारा पृथ्वीका महान् राजा उहाँ नै हुनुहुन्छ ।
How awesome is the LORD Most High, the great King over all the earth!
3 उहाँले मानिसहरूलाई हाम्रो अधीनमा र जातिहरूलाई हाम्रा पाउमुनि पार्नुहुन्छ ।
He subdues nations beneath us, and peoples under our feet.
4 उहाँले हाम्रा निम्‍ति हाम्रो उत्तराधिकार रोज्‍नुहुन्‍छ, याकूबको महिमा जसलाई उहाँले प्रेम गर्नुहुन्‍छ । सेला
He chooses our inheritance for us, the pride of Jacob, whom He loves.
5 परमेश्‍वर सोरसँगै, परमप्रभु तुरहीको सोरसँगै माथि जानुभएको छ
God has ascended amid shouts of joy, the LORD with the sound of the horn.
6 परमेश्‍वर प्रशंसा गाओ, प्रशंसा गाओ । हाम्रा राजाको निम्‍ति प्रशंसा गाओ, प्रशंसा गाओ ।
Sing praises to God, sing praises; sing praises to our King, sing praises!
7 किन परमेश्‍वर सारा पृथ्वीमा राजा हुनुहुन्छ । समझले प्रशंसा गाओ ।
For God is King of all the earth; sing profound praises to Him.
8 परमेश्‍वरले जातिहरूमा राज्‍य गर्नुहुन्छ । परमेश्‍वर आफ्‍नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ ।
God reigns over the nations; God is seated on His holy throne.
9 मानिसहरूका शासकहरू अब्राहामका परमेश्‍वरका मानसिहरूकहाँ एकसाथ भेला भएका छन्, किनकि पृथ्वीको ढाल परमेश्‍वरकै हो । उहाँ अति उच्‍च हुनुहुन्छ ।
The nobles of the nations have assembled as the people of the God of Abraham; for the shields of the earth belong to God; He is highly exalted.

< भजनसंग्रह 47 >