< भजनसंग्रह 46 >

1 परमेश्‍वर हाम्रो शरणस्थान र बल, दुःखको समयमा तुरुन्‍तै पाउन सकिने मदत हुनुहुन्छ ।
למנצח לבני קרח על עלמות שיר אלהים לנו מחסה ועז עזרה בצרות נמצא מאד׃
2 यसकारण, पृथ्वी बद्‍लिए पनि, पर्वतहरू हल्‍लाएर समुद्रको पिंधमा खसाइए पनि, हामी डराउँनेछैनौं ।
על כן לא נירא בהמיר ארץ ובמוט הרים בלב ימים׃
3 त्‍यसको पानीहरू गर्जेर उल्लिए पनि र त्यसको गर्जनले पर्वतहरू कामे पनि । सेला
יהמו יחמרו מימיו ירעשו הרים בגאותו סלה׃
4 एउटा नदी छ जसका प्रावाहहरूले परमेश्‍वरको सहर अर्थात्, सर्वोच्‍चले वास गर्नुहुने एउटा पवित्र ठाउँलाई हर्षित तुल्याउँछ ।
נהר פלגיו ישמחו עיר אלהים קדש משכני עליון׃
5 परमेश्‍वर त्यसको बिचमा हुनुहुन्छ । त्‍यो डग्‍नेछैन । परमेश्‍वरले त्‍यसलाई सहायता गर्नुहुनेछ र उहाँले बिहानको झिसमिसेमा त्‍यसो गर्नुहुनेछ ।
אלהים בקרבה בל תמוט יעזרה אלהים לפנות בקר׃
6 जातिहरू क्रुद्ध भए र राज्यहरू हल्‍लिए । उहाँले आफ्नो सोर उचाल्‍नुभयो र पृथ्वी पग्‍लियो ।
המו גוים מטו ממלכות נתן בקולו תמוג ארץ׃
7 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्‍वर हाम्रो शरण हुनुहुन्छ । सेला
יהוה צבאות עמנו משגב לנו אלהי יעקב סלה׃
8 आओ, परमप्रभुको कामहरू, उहाँले पृथ्वीमा ल्याउनुभएको विनाशलाई हेर ।
לכו חזו מפעלות יהוה אשר שם שמות בארץ׃
9 उहाँले युद्धहरूलाई पृथ्वीको अन्तसम्म बन्‍द गराउनुहुन्छ । उहाँले धनुहरू भाँच्‍नुहुन्‍छ र भालाहरू काट्नुहुन्‍छ । उहाँले ढालहरूलाई जलाउनुहुन्‍छ ।
משבית מלחמות עד קצה הארץ קשת ישבר וקצץ חנית עגלות ישרף באש׃
10 शान्‍त होओ र म नै परमेश्‍वर हुँ भनी जान । जातिहरूका माझमा म उचालिनेछु । पृथ्वीमा म उचालिनेछु ।
הרפו ודעו כי אנכי אלהים ארום בגוים ארום בארץ׃
11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्‍वर हाम्रो शरण हुनुहुन्छ । सेला
יהוה צבאות עמנו משגב לנו אלהי יעקב סלה׃

< भजनसंग्रह 46 >