< भजनसंग्रह 46 >
1 परमेश्वर हाम्रो शरणस्थान र बल, दुःखको समयमा तुरुन्तै पाउन सकिने मदत हुनुहुन्छ ।
可拉后裔的诗歌,交与伶长。调用女音。 神是我们的避难所,是我们的力量, 是我们在患难中随时的帮助。
2 यसकारण, पृथ्वी बद्लिए पनि, पर्वतहरू हल्लाएर समुद्रको पिंधमा खसाइए पनि, हामी डराउँनेछैनौं ।
所以,地虽改变, 山虽摇动到海心,
3 त्यसको पानीहरू गर्जेर उल्लिए पनि र त्यसको गर्जनले पर्वतहरू कामे पनि । सेला
其中的水虽匉訇翻腾, 山虽因海涨而战抖, 我们也不害怕。 (细拉)
4 एउटा नदी छ जसका प्रावाहहरूले परमेश्वरको सहर अर्थात्, सर्वोच्चले वास गर्नुहुने एउटा पवित्र ठाउँलाई हर्षित तुल्याउँछ ।
有一道河,这河的分汊使 神的城欢喜; 这城就是至高者居住的圣所。
5 परमेश्वर त्यसको बिचमा हुनुहुन्छ । त्यो डग्नेछैन । परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ र उहाँले बिहानको झिसमिसेमा त्यसो गर्नुहुनेछ ।
神在其中,城必不动摇; 到天一亮, 神必帮助这城。
6 जातिहरू क्रुद्ध भए र राज्यहरू हल्लिए । उहाँले आफ्नो सोर उचाल्नुभयो र पृथ्वी पग्लियो ।
外邦喧嚷,列国动摇; 神发声,地便熔化。
7 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्वर हाम्रो शरण हुनुहुन्छ । सेला
万军之耶和华与我们同在; 雅各的 神是我们的避难所! (细拉)
8 आओ, परमप्रभुको कामहरू, उहाँले पृथ्वीमा ल्याउनुभएको विनाशलाई हेर ।
你们来看耶和华的作为, 看他使地怎样荒凉。
9 उहाँले युद्धहरूलाई पृथ्वीको अन्तसम्म बन्द गराउनुहुन्छ । उहाँले धनुहरू भाँच्नुहुन्छ र भालाहरू काट्नुहुन्छ । उहाँले ढालहरूलाई जलाउनुहुन्छ ।
他止息刀兵,直到地极; 他折弓、断枪,把战车焚烧在火中。
10 शान्त होओ र म नै परमेश्वर हुँ भनी जान । जातिहरूका माझमा म उचालिनेछु । पृथ्वीमा म उचालिनेछु ।
你们要休息,要知道我是 神! 我必在外邦中被尊崇,在遍地上也被尊崇。
11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्वर हाम्रो शरण हुनुहुन्छ । सेला
万军之耶和华与我们同在; 雅各的 神是我们的避难所!