< भजनसंग्रह 44 >
1 हे परमेश्वर, हामीले हाम्रो कानले सुनेका छौं, हाम्रा पुर्खाहरूका समयमा, प्राचीन दिनहरूमा जे काम तपाईंले गर्नुभयो ति तिनीहरूले हामीलाई भनेका छन् ।
Przewodnikowi chóru. Psalm pouczający dla synów Korego. Boże, słyszeliśmy na własne uszy, nasi ojcowie opowiadali nam o tym, czego dokonałeś za ich dni, w czasach dawnych.
2 तपाईंले जातिहरूलाई आफ्नै हातले लखेट्नुभयो, तर तपाईंले हाम्रा मानिसहरूलाई बसाल्नुभयो । तपाईंले मानिसहरूलाई कष्ट दिनुभयो तर तपाईंले देशमा हाम्रा मानिसहरूलाई फैलाउनुभयो ।
Ty własną ręką wypędziłeś pogan, a ich osadziłeś; wyniszczyłeś narody, a ich rozprzestrzeniłeś.
3 किनकि तिनीहरूले आफ्नो लागि देश अधिकार गर्नलाई आफ्नै तरवारले प्राप्त गरेनन्, न त तिनीहरूको आफ्नै पाखुराले तिनीहरूलाई बचाए । तर तपाईंको दाहिने हात, तपाईंको पाखुरा र तपाईंको मुहारको ज्योतिले बचायो, किनभने उनीहरूप्रति तपाईं कृपालु हुनुहुन्थ्यो ।
Nie zdobyli bowiem ziemi swym mieczem ani ich nie wybawiło własne ramię, lecz twoja prawica i twoje ramię, i światło twego oblicza, bo upodobałeś ich sobie.
4 हे परमेश्वर, तपाईं मेरो राजा हुनुहुन्छ । याकूबको निम्ति विजय दिनुहोस् ।
Ty jesteś moim Królem, o Boże; daj wybawienie Jakubowi.
5 तपाईंद्वारा नै हामी आफ्ना शत्रुहरूलाई धकेल्नेछौं । हाम्रा विरुद्ध खडा हुनेहरूलाई तपाईंको नाउँद्वारा नै हामी कुल्चनेछौं ।
Dzięki tobie pokonamy naszych wrogów, w twoje imię zdepczemy naszych przeciwników.
6 किनकि म आफ्नो धनुमा भरोसा गर्नेछैनँ, न त मलाई मेरो तरवारले बचाउनेछ ।
Nie zaufam bowiem mojemu łukowi i nie wybawi mnie mój miecz;
7 तर हाम्रो शत्रहरूबाट तपाईंले हामीलाई बाचउनुभएको छ र हामीलाई घृणा गर्नेहरूलाई लाजमा पार्नुभएको छ ।
Lecz ty nas wybawiłeś od naszych wrogów i zawstydziłeś tych, którzy nas nienawidzą.
8 दिनभरि हामीले परमेश्वरमा नै गर्व गरेका छौं र तपाईंको नाउँलाई नै हामी सदासर्वदा धन्यवाद दिनेछौं । सेला
Każdego dnia chlubimy się Bogiem, a twoje imię będziemy sławić na wieki. (Sela)
9 तर अहिले तपाईंले हामीलाई फाल्नुभएको र हामीमाथि अनादर ल्याउनुभएको छ, र हाम्रा फौजसँग तपाईं जानुहुन्न ।
[Teraz] jednak odrzuciłeś nas i zawstydziłeś, i nie wyruszasz z naszymi wojskami.
10 तपाईंले हामीलाई शत्रुबाट फर्काउनुहुन्छ । अनि हामीलाई घृणा गर्नेहरूले आफ्नो निम्ति लूट्न्छन् ।
Sprawiłeś, że cofnęliśmy się przed wrogiem, a ci, którzy nas nienawidzą, złupili nas.
11 तपाईंले हामीलाई मार्न लगिएका भेडाझैं बनाउनुभएको छ र हामीलाई जातिहरूका माझमा तितरबितर पार्नुभएको छ ।
Wydałeś nas na rzeź jak owce i rozproszyłeś nas wśród pogan.
12 तपाईंले आफ्ना मानिसहरूलाई सित्तैंमा बेच्नुभएको छ, यसो गरेर तपाईंले आफ्नो सम्पत्ति वृद्धि गर्नुभएको छैन ।
Sprzedałeś swój lud za bezcen i nie zyskałeś na jego sprzedaży.
13 तपाईंले हामीलाई हाम्रो छिमेकीहरूको हप्की बनाउनुन्छ, हाम्रा वरिपरिकाहरूले गिल्ला र खिसी गरे ।
Wystawiłeś nas na wzgardę naszym sąsiadom, na szyderstwo i pośmiewisko tym, którzy nas otaczają.
14 तपाईंले हामीलाई जातिहरूका माझमा अपमान, मानिसहरूले घृणाले शिर हल्लाउने बनाउनुहुन्छ ।
Uczyniłeś nas tematem przysłowia wśród pogan, tak że narody kiwają głowami nad nami.
15 दिनभरि मेरि अनादर मेरो सामु हुन्छ र मेरो मुहारको लाजले मलाई ढाकेको छ,
Mój wstyd wciąż jest przede mną, a hańba mi twarz okrywa;
16 हप्काउने र अपमान गर्ने सोरको कारणले, शत्रुहरू र बदला लिनेहरूको कारणले ।
Na głos tego, który gardzi i bluźni, z powodu wroga i mściciela.
17 यी सबै कुरा हामीमा हुन आएका छन् । तापनि हामीले तपाईंलाई बिर्सेका वा तपाईंको करारसँग झुटो किसिमले व्यवहार गरेका छैनौं ।
To wszystko nas spotkało, a [jednak] nie zapomnieliśmy o tobie ani nie naruszyliśmy twojego przymierza.
18 हाम्रो हृदय बरालिएको छैन । हाम्रा कदमहरू तपाईको मार्गबाट भड्किएका छैनन् ।
Nasze serce się nie odwróciło ani nasze kroki nie zboczyły z twej ścieżki;
19 तापनि तपाईंले हामीलाई गम्भिर रूपले नष्ट पारेर स्यालहरूका ठाउँ बनाउनुभएको छ र हामीलाई मृत्युको छायाले ढाक्नुभएको छ ।
Chociaż powaliłeś nas w miejscu smoków i okryłeś nas cieniem śmierci.
20 हामीले आफ्नो परमेश्वरको नाउँ बिर्सेका वा हाम्रा हातहरू विदेशी देवताहरूतिर फैलाएका छौं भने,
Gdybyśmy zapomnieli imienia naszego Boga i wyciągnęli ręce do obcego boga;
21 के परमेश्वर यो कुरा खोजी गर्नुहुन्नथ्यो र? किनकि हृदयका गोप्यताहरू उहाँले जान्नुहुन्छ ।
Czyż Bóg by się o tym nie dowiedział? Przecież on zna tajniki serca.
22 वस्तवमा, तपाईंकै खातिर हामी दिनभरि मारिंदैछौं । मार्न लगिएका भेडाहरूझै हामी ठानिएका छौं ।
Lecz z powodu ciebie przez cały dzień nas zabijają, uważają nas za owce przeznaczone na rzeź.
23 हे परमप्रभु, जाग्नुहोस्, तपाईं किन सुत्नुहुन्छ? उठ्नुहोस्, हामीलाई स्थायी रूपमा नफाल्नुहोस् ।
Ocknij się; czemu śpisz, Panie? Obudź się, nie odrzucaj nas na wieki.
24 तपाईंले किन आफ्नो मुहार लुकाउनुहुन्छ र हाम्रा कष्ट र हाम्रा अत्याचारलाई बिर्सनुहुन्छ?
Czemu ukrywasz swoje oblicze i zapominasz o naszym utrapieniu i ucisku?
25 किनकि हामी पग्लेर धूलोमा मिलेका छौं । हाम्रा शरीरहरू भूइँमा टाँसिन्छन् ।
Nasza dusza bowiem pogrążyła się w prochu, nasz brzuch przylgnął do ziemi.
26 हाम्रो सहायताको निम्ति उठ्नुहोस् र आफ्नो करारको विश्वस्तताको निम्ति हाम्रो उद्धार गर्नुहोस् ।
Powstań nam na pomoc, odkup nas ze względu na twoje miłosierdzie.