< भजनसंग्रह 44 >
1 हे परमेश्वर, हामीले हाम्रो कानले सुनेका छौं, हाम्रा पुर्खाहरूका समयमा, प्राचीन दिनहरूमा जे काम तपाईंले गर्नुभयो ति तिनीहरूले हामीलाई भनेका छन् ।
Kwa mtsogoleri wa mayimbidwe. Ndakatulo ya ana a Kora. Ife tamva ndi makutu athu, Inu Mulungu; makolo athu atiwuza zimene munachita mʼmasiku awo, masiku akalekalewo.
2 तपाईंले जातिहरूलाई आफ्नै हातले लखेट्नुभयो, तर तपाईंले हाम्रा मानिसहरूलाई बसाल्नुभयो । तपाईंले मानिसहरूलाई कष्ट दिनुभयो तर तपाईंले देशमा हाम्रा मानिसहरूलाई फैलाउनुभयो ।
Ndi dzanja lanu munathamangitsa mitundu ya anthu ena ndi kudzala makolo athu; Inu munakantha mitundu ya anthu, koma makolo athuwo Inu munawapatsa ufulu.
3 किनकि तिनीहरूले आफ्नो लागि देश अधिकार गर्नलाई आफ्नै तरवारले प्राप्त गरेनन्, न त तिनीहरूको आफ्नै पाखुराले तिनीहरूलाई बचाए । तर तपाईंको दाहिने हात, तपाईंको पाखुरा र तपाईंको मुहारको ज्योतिले बचायो, किनभने उनीहरूप्रति तपाईं कृपालु हुनुहुन्थ्यो ।
Sanalande dziko ndi lupanga lawo, si mkono wawo umene unawabweretsera chigonjetso, koma ndi dzanja lanu lamanja, mkono wanu ndi kuwala kwa nkhope yanu, pakuti munawakonda.
4 हे परमेश्वर, तपाईं मेरो राजा हुनुहुन्छ । याकूबको निम्ति विजय दिनुहोस् ।
Inu ndinu Mfumu yanga ndi Mulungu wanga amene mumalamulira chigonjetso cha Yakobo.
5 तपाईंद्वारा नै हामी आफ्ना शत्रुहरूलाई धकेल्नेछौं । हाम्रा विरुद्ध खडा हुनेहरूलाई तपाईंको नाउँद्वारा नै हामी कुल्चनेछौं ।
Kudzera kwa inu ife timabweza adani athu; kudzera mʼdzina lanu timapondereza otiwukirawo.
6 किनकि म आफ्नो धनुमा भरोसा गर्नेछैनँ, न त मलाई मेरो तरवारले बचाउनेछ ।
Sindidalira uta wanga, lupanga langa silindibweretsera chigonjetso;
7 तर हाम्रो शत्रहरूबाट तपाईंले हामीलाई बाचउनुभएको छ र हामीलाई घृणा गर्नेहरूलाई लाजमा पार्नुभएको छ ।
koma Inu mumatigonjetsera adani athu, mumachititsa manyazi amene amadana nafe.
8 दिनभरि हामीले परमेश्वरमा नै गर्व गरेका छौं र तपाईंको नाउँलाई नै हामी सदासर्वदा धन्यवाद दिनेछौं । सेला
Timanyadira mwa Mulungu wathu tsiku lonse, ndipo tidzatamanda dzina lanu kwamuyaya.
9 तर अहिले तपाईंले हामीलाई फाल्नुभएको र हामीमाथि अनादर ल्याउनुभएको छ, र हाम्रा फौजसँग तपाईं जानुहुन्न ।
Koma tsopano mwatikana ndi kutichepetsa; Inu simupitanso ndi ankhondo athu.
10 तपाईंले हामीलाई शत्रुबाट फर्काउनुहुन्छ । अनि हामीलाई घृणा गर्नेहरूले आफ्नो निम्ति लूट्न्छन् ।
Munachititsa ife kubwerera mʼmbuyo pamaso pa mdani ndipo amene amadana nafe atilanda katundu.
11 तपाईंले हामीलाई मार्न लगिएका भेडाझैं बनाउनुभएको छ र हामीलाई जातिहरूका माझमा तितरबितर पार्नुभएको छ ।
Inu munatipereka kuti tiwonongedwe monga nkhosa ndipo mwatibalalitsa pakati pa anthu a mitundu ina.
12 तपाईंले आफ्ना मानिसहरूलाई सित्तैंमा बेच्नुभएको छ, यसो गरेर तपाईंले आफ्नो सम्पत्ति वृद्धि गर्नुभएको छैन ।
Inu munagulitsa anthu anu pa mtengo wotsika, osapindulapo kanthu pa malondawo.
13 तपाईंले हामीलाई हाम्रो छिमेकीहरूको हप्की बनाउनुन्छ, हाम्रा वरिपरिकाहरूले गिल्ला र खिसी गरे ।
Mwachititsa kuti tikhale chochititsa manyazi kwa anthu a mitundu ina, chonyozeka ndi chothetsa nzeru kwa iwo amene atizungulira.
14 तपाईंले हामीलाई जातिहरूका माझमा अपमान, मानिसहरूले घृणाले शिर हल्लाउने बनाउनुहुन्छ ।
Mwachititsa kuti tikhale onyozeka pakati pa anthu a mitundu ina; anthu amapukusa mitu yawo akationa.
15 दिनभरि मेरि अनादर मेरो सामु हुन्छ र मेरो मुहारको लाजले मलाई ढाकेको छ,
Manyazi anga ali pamaso panga tsiku lonse ndipo nkhope yanga yaphimbidwa ndi manyazi
16 हप्काउने र अपमान गर्ने सोरको कारणले, शत्रुहरू र बदला लिनेहरूको कारणले ।
chifukwa cha mawu otonza a iwo amene amandinyoza ndi kundichita chipongwe, chifukwa cha mdani amene watsimikiza kubwezera.
17 यी सबै कुरा हामीमा हुन आएका छन् । तापनि हामीले तपाईंलाई बिर्सेका वा तपाईंको करारसँग झुटो किसिमले व्यवहार गरेका छैनौं ।
Zonsezi zinatichitikira ngakhale kuti ifeyo sitinayiwale Inu kapena kuonetsa kusakhulupirika pa pangano lanu.
18 हाम्रो हृदय बरालिएको छैन । हाम्रा कदमहरू तपाईको मार्गबाट भड्किएका छैनन् ।
Mitima yathu sinabwerere mʼmbuyo; mapazi athu sanatayike pa njira yanu.
19 तापनि तपाईंले हामीलाई गम्भिर रूपले नष्ट पारेर स्यालहरूका ठाउँ बनाउनुभएको छ र हामीलाई मृत्युको छायाले ढाक्नुभएको छ ।
Koma Inu mwatiphwanya ndi kuchititsa kuti tikhale ozunzidwa ndi ankhandwe ndipo mwatiphimba ndi mdima waukulu.
20 हामीले आफ्नो परमेश्वरको नाउँ बिर्सेका वा हाम्रा हातहरू विदेशी देवताहरूतिर फैलाएका छौं भने,
Tikanayiwala dzina la Mulungu wathu kapena kutambasulira manja athu kwa mulungu wachilendo,
21 के परमेश्वर यो कुरा खोजी गर्नुहुन्नथ्यो र? किनकि हृदयका गोप्यताहरू उहाँले जान्नुहुन्छ ।
kodi Mulungu wathu sakanazidziwa zimenezi, pakuti Iye amadziwa zinsinsi zamumtima?
22 वस्तवमा, तपाईंकै खातिर हामी दिनभरि मारिंदैछौं । मार्न लगिएका भेडाहरूझै हामी ठानिएका छौं ।
Komabe chifukwa cha Inu timakumana ndi imfa tsiku lonse, tili ngati nkhosa zoyenera kuti ziphedwe.
23 हे परमप्रभु, जाग्नुहोस्, तपाईं किन सुत्नुहुन्छ? उठ्नुहोस्, हामीलाई स्थायी रूपमा नफाल्नुहोस् ।
Dzukani Ambuye! Nʼchifukwa chiyani mukugona! Dziwutseni nokha! Musatikane kwamuyaya.
24 तपाईंले किन आफ्नो मुहार लुकाउनुहुन्छ र हाम्रा कष्ट र हाम्रा अत्याचारलाई बिर्सनुहुन्छ?
Nʼchifukwa chiyani mukubisa nkhope yanu, ndi kuyiwala mavuto athu ndi kuponderezedwa kwathu?
25 किनकि हामी पग्लेर धूलोमा मिलेका छौं । हाम्रा शरीरहरू भूइँमा टाँसिन्छन् ।
Tatsitsidwa pansi mpaka pa fumbi; matupi athu amatirira pa dothi.
26 हाम्रो सहायताको निम्ति उठ्नुहोस् र आफ्नो करारको विश्वस्तताको निम्ति हाम्रो उद्धार गर्नुहोस् ।
Imirirani ndi kutithandiza, tiwomboleni chifukwa cha chikondi chanu chosasinthika.