< भजनसंग्रह 41 >
1 कमजोरहरूलाई वास्ता गर्ने मानिस धन्यको हो । कष्टको दिनमा परमप्रभुले त्यसलाई बचाउनुहुनेछ ।
大衛的詩,交與伶長。 眷顧貧窮的有福了! 他遭難的日子,耶和華必搭救他。
2 परमप्रभुले त्यसलाई सुरक्षित राख्नुहुनेछ र त्यसलाई जीवित राख्नुहुनेछ, र त्यो पृथ्वीमा आशिषित् हुनेछ । परमप्रभुले त्यसका शत्रुहरूका हातमा त्यसलाई दिनुहुनेछैन ।
耶和華必保全他,使他存活; 他必在地上享福。 求你不要把他交給仇敵,遂其所願。
3 कष्टको शैय्यामा परमप्रभुले त्यसलाई सहायता गर्नुहुनेछ । तपाईंले त्यसको बिरामीको शैय्यालाई आरोग्यताको शैय्या बनाउनुहुनेछ ।
他病重在榻,耶和華必扶持他; 他在病中,你必給他鋪床。
4 मैले भनें, “हे परमप्रभु, ममाथि दया गर्नुहोस् । मलाई निको पार्नुहोस् किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु ।”
我曾說:耶和華啊,求你憐恤我,醫治我! 因為我得罪了你。
5 मेरा शत्रुहरूले मेरो विरुद्धमा यसो भनेर खराबी बोल्छन्,”त्यो कहिले मर्ला र त्यसको नाउँ नष्ट होला?”
我的仇敵用惡言議論我說: 他幾時死,他的名才滅亡呢?
6 मेरो शत्रु मलाई हेर्न आउँछ भने, त्यसले व्यर्थ कुराहरू गर्छ । त्यसको हृदयले आफ्नो निम्ति मेरो विपत्ति बटुल्छ । त्यो मबाट टाढा जाँदा, यसबारे त्यसले अरूलाई भन्छ ।
他來看我就說假話; 他心存奸惡,走到外邊才說出來。
7 मलाई घृणा गर्नेहरू सबै एकसाथ मिलेर मेरो विरुद्धमा कानेखुसी गर्छन् । मेरो विरुद्ध तिनीहरूले मलाई चोट पुर्याउने आसा गर्छन् ।
一切恨我的,都交頭接耳地議論我; 他們設計要害我。
8 तिनीहरू भन्छन्, “खराब रोगले त्यसलाई सिकिस्त पारेको छ । त्यो ओछ्यान थला परेको छ । त्यो फेरि उठ्नेछैन ।”
他們說:有怪病貼在他身上; 他已躺臥,必不能再起來。
9 वास्तवमा, मेरो रोटी खाएको मेरो आफ्नो घनिष्ठ मित्र जसमा मैले भरोसा गरें, त्यसैले मेरो विरुद्धमा आफ्नो लात उठाएको छ ।
連我知己的朋友, 我所倚靠、吃過我飯的也用腳踢我。
10 तर हे परमप्रभु, तपाईंले ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस् ताकि मैले तिनीहरूलाई बदला लिन सकूँ ।
耶和華啊,求你憐恤我, 使我起來,好報復他們!
11 तपाईं मसँग खुसी हुनुहुन्छ भनी यसैद्वारा म जान्नेछु, किनकि मेरो शत्रुले मलाई जित्दैन ।
因我的仇敵不得向我誇勝, 我從此便知道你喜愛我。
12 मेरो बारेमा, मेरो इमान्दारीतामा तपाईंले मलाई सहायता गर्नुहुनेछ र मलाई सधैंभरि तपाईंकै सामु राख्नुहुनेछ ।
你因我純正就扶持我, 使我永遠站在你的面前。
13 अनन्तदेखि अनन्तसम्म नै परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस् । आमेन र आमेन ।
耶和華-以色列的上帝是應當稱頌的, 從亙古直到永遠。阿們!阿們!