< भजनसंग्रह 40 >

1 धैर्य भएर मैले परमप्रभुमा आसा गरें । उहाँले मलाई हेर्नुभयो र मेरो पुकारा सुन्‍नुभयो ।
Pacientemente esperé a Yavé, Y se inclinó hacia mí y escuchó mi clamor.
2 उहाँले मलाई डरलाग्‍दो खाडलबाट, दलदले हिलोबाट निकाल्नुभयो र उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो र मेरा पाइलाहरूलाई सुरक्षित बनाउनुभयो ।
Me sacó del pozo de la desesperación, del lodo cenagoso. Asentó mis pies sobre una roca y afirmó mis pasos.
3 उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो । परमेश्‍वरको प्रशंसा होस् । धेरै जनाले यो देख्‍नेछन्, र उहाँको आदर गर्नेछन् र परमप्रभुमा भरोसा गर्नेछन् ।
Puso en mi boca un canto nuevo, Alabanza a nuestro ʼElohim. Muchos verán esto. Temerán y confiarán en Yavé
4 परमप्रभुलाई आफ्नो भरोसा बनाउने र घमण्डीहरू वा उहाँबाट झुटतिर लाग्‍नेहरूलाई आदर नगर्ने मानिस धन्यको हो ।
¡Cuán bendecido es el varón quien fijó en Yavé su confianza, Que no mira a los soberbios Ni a los que se desvían hacia la falsedad!
5 हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंले गर्नुभएका अचम्‍मका कामहरू धेरै छन् र हाम्रो बारेमा भएका तपाईंका विचारहरू गन्‍न सकिंदैनन् । मैले तिनीहरूका बारेमा घोषणा गरें र बताएँ भने, तिनीहरू गन्‍न सक्‍नेभन्दा धेरै हुन्‍छन् ।
¡Oh Yavé, mi ʼElohim, Aumentaste tus maravillas y tus designios para nosotros! ¡Nadie puede compararse contigo! Si los anuncio y hablo de ellos, No pueden ser enumerados.
6 बलिदान वा भेटिमा तपाईं खुसी हुनुहुन्‍न, तर तपाईंले मेरा कानहरू खोल्नुभएको छ । तपाईंले होमबलि वा पापबलिको इच्‍छा गर्नुभएको छैन ।
Sacrificio y ofrenda no te agradan. Abriste mis oídos. No demandas holocausto y sacrificio que apacigua.
7 तब मैले भनें, “हेर्नुहोस्, म आएको छु । लेखेको चर्मपत्रमा मेरो बारेमा यस्‍तो लेखिएको छ ।
Entonces dije: Aquí vengo. En la cabecilla del rollo está escrito acerca de Mí.
8 हे मेरो परमेश्‍वर, तपाईंको इच्छा पुरा गर्न म खुसी हुन्छु । तपाईंको व्यवस्था मेरो हृदयमा छन् ।
Oh mi ʼElohim, hacer tu voluntad me agrada, Y tu Ley está dentro de mi corazón.
9 ठुलो सभामा तपाईंको धार्मिकताको सुसमाचार मैले घोषणा गरेको छु । हे परमप्रभु, यसो गर्नबाट मेरा ओठहरू रोकिएका छैनन् भनी तपाईं जान्‍नुहुन्छ ।
Anuncié justicia en la gran congregación. Ciertamente no refrené mis labios. Tú lo sabes, oh Yavé,
10 आफ्‍नो हृदयमा तपाईंको धार्मिकता मैले लुकाएको छैन । तपाईंको विश्‍वस्‍तता र तपाईंको उद्धारलाई मैले घोषणा गरेको छु । ठुलो सभाबाट तपाईंको करारको विश्‍वस्‍तता वा तपाईंको भरोसालाई मैले लुकाएको छैन ।
Ni encubrí tu justicia dentro de mi corazón. He proclamado tu fidelidad y tu salvación. No oculté de la gran congregación tu misericordia y tu verdad.
11 हे परमप्रभु, मबाट तपाईंका दयाका कामहरू नहटाउनुहोस् । तपाईंको करारको विश्‍वस्‍तता वा तपाईंको भरोसाले मलाई सदासर्वदा सुरक्षित राखोस् ।
Tú, oh Yavé, no retengas de mí tu compasión. Que tu misericordia y tu verdad me guarden siempre.
12 अनगिन्‍ती कष्‍टहरूले मलाई घेर्छन् । मेरा अधर्महरूले मलाई गाँजेका छन्, ताकि म फेरि कुनै कुरा हेर्न सक्षम छैनँ । तिनीहरू मेरा शिरका कपालभन्दा धेरै छन् र मेरो हृदय मलाई निरास पारेको छ ।
Porque me rodearon calamidades incontables. Me alcanzaron mis iniquidades, Y no puedo levantar la vista. Son más numerosas que los cabellos de mi cabeza, Y mi corazón me falla.
13 हे परमप्रभु, मलाई बचाउन खुसी हुनुहोस् । हे परमप्रभु, मलाई मदत गर्न चाँडो गर्नुहोस् ।
¡Oh Yavé, complácete en librarme! ¡Apresúrate, oh Yavé, a socorrerme!
14 मेरो ज्यान लिन मलाई खेद्‍नेहरू लज्‍जित होऊन् र पूर्ण रूपमा निराश होऊन् । मलाई चोट पुर्‍याउन खुसी हुनेहरू, तिनीहरू फर्केर जाऊन् र अनादरमा परून् ।
¡Sean avergonzados y humillados Los que buscan mi vida para destruirla! Sean vueltos atrás y deshonrados Los que se deleitan en mi calamidad.
15 मलाई, “आहा, आहा!” भन्‍नेहरू, तिनीहरू आफ्‍नो लाजको कारणले चकित होऊन् ।
Queden consternados a causa de su vergüenza Los que me dicen: ¡Ea, ea!
16 तर तपाईंको खोजी गर्नेहरू सबै जना आनन्‍दित होऊन् र खुसी होऊन् । तपाईंको उद्धारलाई प्रेम गर्ने हरेकले निरन्तर यसो भनोस्, “परमप्रभुको प्रशंसा होस् ।”
¡Regocíjense y alégrense en Ti todos los que te buscan! Digan siempre los que aman tu salvación: ¡Engrandecido sea Yavé!
17 म गरीब र दरिद्र छु । तापनि परमप्रभुले मेरो बारेमा सोच्नुहुन्छ । तपाईं मेरो सहायता हुनुहुन्छ र तपाईं मलाई बचाउन आउनुहुन्छ । हे परमेश्‍वर, ढिला नगर्नुहोस् ।
Aunque estoy afligido y necesitado, ʼAdonay pensará en mí. Tú eres mi ayuda y mi Libertador. ¡Mi ʼElohim, no te tardes!

< भजनसंग्रह 40 >