< भजनसंग्रह 40 >
1 धैर्य भएर मैले परमप्रभुमा आसा गरें । उहाँले मलाई हेर्नुभयो र मेरो पुकारा सुन्नुभयो ।
TO THE OVERSEER. A PSALM OF DAVID. I have diligently expected YHWH, And He inclines to me, and hears my cry,
2 उहाँले मलाई डरलाग्दो खाडलबाट, दलदले हिलोबाट निकाल्नुभयो र उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो र मेरा पाइलाहरूलाई सुरक्षित बनाउनुभयो ।
And He causes me to come up From a pit of desolation—from mire of mud, And He raises up my feet on a rock, He is establishing my steps.
3 उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो । परमेश्वरको प्रशंसा होस् । धेरै जनाले यो देख्नेछन्, र उहाँको आदर गर्नेछन् र परमप्रभुमा भरोसा गर्नेछन् ।
And He puts a new song in my mouth, “Praise to our God.” Many see and fear, and trust in YHWH.
4 परमप्रभुलाई आफ्नो भरोसा बनाउने र घमण्डीहरू वा उहाँबाट झुटतिर लाग्नेहरूलाई आदर नगर्ने मानिस धन्यको हो ।
O the blessedness of the man Who has made YHWH his trust, And has not turned to the proud, And those turning aside to lies.
5 हे परमप्रभु मेरो परमेश्वर, तपाईंले गर्नुभएका अचम्मका कामहरू धेरै छन् र हाम्रो बारेमा भएका तपाईंका विचारहरू गन्न सकिंदैनन् । मैले तिनीहरूका बारेमा घोषणा गरें र बताएँ भने, तिनीहरू गन्न सक्नेभन्दा धेरै हुन्छन् ।
You have done much, my God YHWH; Your wonders and Your thoughts toward us, There is none to arrange to You, I declare and speak: They have been more than to be numbered.
6 बलिदान वा भेटिमा तपाईं खुसी हुनुहुन्न, तर तपाईंले मेरा कानहरू खोल्नुभएको छ । तपाईंले होमबलि वा पापबलिको इच्छा गर्नुभएको छैन ।
Sacrifice and present You have not desired, But a body You have prepared for me, Burnt and sin-offering You have not asked.
7 तब मैले भनें, “हेर्नुहोस्, म आएको छु । लेखेको चर्मपत्रमा मेरो बारेमा यस्तो लेखिएको छ ।
Then I said, “Behold, I have come, In the roll of the scroll it is written of me,
8 हे मेरो परमेश्वर, तपाईंको इच्छा पुरा गर्न म खुसी हुन्छु । तपाईंको व्यवस्था मेरो हृदयमा छन् ।
I have delighted to do Your pleasure, my God, And Your law [is] within my heart.”
9 ठुलो सभामा तपाईंको धार्मिकताको सुसमाचार मैले घोषणा गरेको छु । हे परमप्रभु, यसो गर्नबाट मेरा ओठहरू रोकिएका छैनन् भनी तपाईं जान्नुहुन्छ ।
I have proclaimed tidings of righteousness In the great assembly, Behold, I do not restrain my lips, O YHWH, You have known.
10 आफ्नो हृदयमा तपाईंको धार्मिकता मैले लुकाएको छैन । तपाईंको विश्वस्तता र तपाईंको उद्धारलाई मैले घोषणा गरेको छु । ठुलो सभाबाट तपाईंको करारको विश्वस्तता वा तपाईंको भरोसालाई मैले लुकाएको छैन ।
I have not concealed Your righteousness In the midst of my heart, I have told of Your faithfulness and Your salvation, I have not hidden Your kindness and Your truth, To the great assembly.
11 हे परमप्रभु, मबाट तपाईंका दयाका कामहरू नहटाउनुहोस् । तपाईंको करारको विश्वस्तता वा तपाईंको भरोसाले मलाई सदासर्वदा सुरक्षित राखोस् ।
You, O YHWH, do not restrain Your mercies from me, Your kindness and Your truth continually keep me.
12 अनगिन्ती कष्टहरूले मलाई घेर्छन् । मेरा अधर्महरूले मलाई गाँजेका छन्, ताकि म फेरि कुनै कुरा हेर्न सक्षम छैनँ । तिनीहरू मेरा शिरका कपालभन्दा धेरै छन् र मेरो हृदय मलाई निरास पारेको छ ।
For innumerable evils have surrounded me, My iniquities have overtaken me, And I have not been able to see; They have been more than the hairs of my head, And my heart has forsaken me.
13 हे परमप्रभु, मलाई बचाउन खुसी हुनुहोस् । हे परमप्रभु, मलाई मदत गर्न चाँडो गर्नुहोस् ।
Be pleased, O YHWH, to deliver me, O YHWH, make haste for my help.
14 मेरो ज्यान लिन मलाई खेद्नेहरू लज्जित होऊन् र पूर्ण रूपमा निराश होऊन् । मलाई चोट पुर्याउन खुसी हुनेहरू, तिनीहरू फर्केर जाऊन् र अनादरमा परून् ।
They are ashamed and confounded together, Who are seeking my soul to destroy it, They are turned backward, And are ashamed, who are desiring my evil.
15 मलाई, “आहा, आहा!” भन्नेहरू, तिनीहरू आफ्नो लाजको कारणले चकित होऊन् ।
They are desolate because of their shame, Who are saying to me, “Aha, aha.”
16 तर तपाईंको खोजी गर्नेहरू सबै जना आनन्दित होऊन् र खुसी होऊन् । तपाईंको उद्धारलाई प्रेम गर्ने हरेकले निरन्तर यसो भनोस्, “परमप्रभुको प्रशंसा होस् ।”
All seeking You rejoice and are glad in You, Those loving Your salvation continually say, “YHWH is magnified.”
17 म गरीब र दरिद्र छु । तापनि परमप्रभुले मेरो बारेमा सोच्नुहुन्छ । तपाईं मेरो सहायता हुनुहुन्छ र तपाईं मलाई बचाउन आउनुहुन्छ । हे परमेश्वर, ढिला नगर्नुहोस् ।
And I [am] poor and needy, The Lord devises for me. You [are] my help and my deliverer, O my God, do not linger.