< भजनसंग्रह 4 >
1 हे मेरा धार्मिकताका परमेश्वर, मैले पुकारा गर्दा मलाइ जवाफ दिनुहोस् । म घेरामा पर्दा मलाई आश्रय दिनुहोस् । ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस् ।
To the chief music-maker on corded instruments. A Psalm. Of David. Give answer to my cry, O God of my righteousness; make me free from my troubles; have mercy on me, and give ear to my prayer.
2 ए मानिसहरू, मेरो इज्जतलाई तिमीहरू कहिलेसम्म लाजमा परिवर्तन गर्छौ? कहिलेसम्म तिमीहरू व्यर्थका कुरालाई प्रेम गर्छौ अनि झुटको पछि लग्छौ? सेला
O you sons of men, how long will you go on turning my glory into shame? how long will you give your love to foolish things, going after what is false? (Selah)
3 तर धर्मीहरूलाई परमप्रभुले आफ्नो निम्ति अलग गर्नुहुन्छ भनी जान । मैले परमप्रभुलाई पुकारा गर्दा उहाँले सुन्नुहुनेछ ।
See how the Lord has made great his mercy for me; the Lord will give ear to my cry.
4 डरले काम, तर पाप नगर । आफ्नो ओछ्यानमा आफ्नो मनमा ध्यान गर र शान्त होओ । सेला
Let there be fear in your hearts, and do no sin; have bitter feelings on your bed, but make no sound. (Selah)
5 धार्मिकताका बलिदानहरू चढाओ र आफ्नो भरोसा परमप्रभुमा राख ।
Give the offerings of righteousness, and put your faith in the Lord.
6 धेरै जना भन्छन्, “हामीलाई कुनै असल कुरा कसले देखाउनेछ र?” हे परमप्रभु, तपाईंको मुहारको ज्योति हामीमा चम्काउनुहोस् ।
There are numbers who say, Who will do us any good? the light of his face has gone from us.
7 अरूसँग आफ्नो अन्न र नयाँ दाखमद्य प्रशस्त भएको बेलामा भन्दा धेरै खुसी तपाईंले मेरो हृदयमा दिनुभएको छ ।
Lord, you have put joy in my heart, more than they have when their grain and their wine are increased.
8 शान्तिमा ढल्किनेछु र निदाउनेछु, किनकि, हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित बनाउनुहुन्छ ।
I will take my rest on my bed in peace, because you only, Lord, keep me safe.