< भजनसंग्रह 39 >

1 मैले निर्णय गरें, “म जे भन्छु सो कुरामा म सावधान हुनेछु ताकि मेरो जिब्रोले म पाप नगरुँ । खराब मानिसको उपस्थितिमा हुँदा म आफ्‍नो मुखलाई चूप राख्‍नेछु ।”
[For the Chief Musician. For Jeduthun. A Psalm by David.] I said, "I will watch my ways, so that I do not sin with my tongue. I will keep my mouth with a bridle while the wicked is before me."
2 म शान्‍त बसें । कुनै असल कुरा भन्‍नलाई पनि मैले आफ्‍नो मुख खोलिनँ र मेरो दुःख झन् बढी भयो ।
I was mute with silence. I held my peace, even from good. My sorrow was stirred.
3 मेरो हृदय तातो भयो । जब मैले यी कुराका बारेमा विचार गरें, तब त्‍यो आगोझैं बल्यो । तब अन्तमा मैले बोलें ।
My heart was hot within me. While I meditated, the fire burned: I spoke with my tongue:
4 “हे परमप्रभु, मेरो जीवनको अन्त कहिले हुन्छ र मेरो समय कहिलेसम्‍म छ सो मलाई जान्‍न दिनुहोस् । म कति क्षणिक छु भनी मलाई देखाउनुहोस् ।
"Jehovah, show me my end, what is the measure of my days. Let me know how frail I am.
5 हेर्नुहोस्, तपाईंले मेरो समय मेरो हातको बित्ताभरिको मात्र बनाउनुभएको छ र मेरो जीवनकाल तपाईंको सामु केही पनि होइन । निश्‍चय नै, हरेक मानिस एक सास मात्र हो । सेला
Look, you have made my days handbreadths. My lifetime is as nothing before you. Surely every man stands as a breath." (Selah)
6 निश्‍चय नै हरेक मानिस छाया झैं हिंड्‍डुल गर्छ । निश्‍चय नै हरेक व्‍यक्‍ति धन थुपार्न हतार गर्छ, तापनि ति कसले पाउनेछ भनी तिनीहरू जान्दैनन् ।
"Surely a person goes about like a shadow. Surely he heaps up vain things of wealth, and doesn't know who shall gather them.
7 हे परमप्रभु, म के पर्खिरहेको छु? मेरो एक मात्र आसा तपाईं हुनुहुन्छ ।
Now, Jehovah, what do I wait for? My hope is in you.
8 मेरा पापहरूबाट मलाई बचाउनुहोस् । मलाई मूर्खहरूको निन्दा नबाउनुहोस् ।
Deliver me from all my transgressions. Do not make me the taunt of fools.
9 म शान्‍त छु र मेरो मुख खोल्न सक्दिनँ, किनभने त्‍यो गर्ने तपाईं नै हुनुहुन्छ ।
I was mute. I did not open my mouth, because you did it.
10 मलाई चोट दिन छोड्नुहोस् । तपाईंको हातको मुक्‍काले म विह्‍वल भएको छु ।
Remove your scourge away from me. I am overcome by the blow of your hand.
11 जब तपाईंले मानिसहरूलाई पापको निम्ति अनुशासन गर्नुहुन्छ, तब तिनीहरूले इच्छा गर्ने कुरालाई तपाईंले कीराले झैं नष्‍ट पार्नुहुन्छ । निश्‍चय नै सबै मानिसहरू बाफबाहेक केही पनि होइन । सेला
When you rebuke and correct man for iniquity, You consume his wealth like a moth. Surely every man is but a breath." (Selah)
12 हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस् र मेरो कुरामा ध्‍यान दिनुहोस् । मेरो रोदन सुन्‍नुहोस् । मेरो कुरामा बहिरो नहुनुहोस्, किनकि तपाईंसँग म विदेशीजस्तै, मेरा सबै पुर्खाजस्तै एक जना शरणार्थी हुँ ।
"Hear my prayer, Jehovah, and give ear to my cry. Do not be silent at my tears. For I am a stranger with you, a foreigner, as all my fathers were.
13 मबाट तपाईंको हेराइलाई हटाउनुहोस् ताकि म मर्नअघि म फेरि मुसुक्‍क हाँस्‍न सकौं।
Oh spare me, that I may recover strength, before I go away, and exist no more."

< भजनसंग्रह 39 >