< भजनसंग्रह 38 >
1 हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्काउनुहोस् । तपाईंको क्रोधमा मलाई दण्ड नदिनुहोस् ।
Nkosi, ungangikhuzi entukuthelweni yakho, ungangijezisi ekuvutheni kolaka lwakho.
2 किनकि तपाईंका काँडहरूले मलाई छेड्छन् र तपाईंका हातले मलाई भुइँमा पछार्छ ।
Ngoba imitshoko yakho ihlabe yatshona kimi, lesandla sakho sehle nzima phezu kwami.
3 तपाईंको रिसको कारणले मेरो सम्पूर्ण शरीर बिरामी छ । मेरो पापको कारणले मेरा हाडहरू स्वस्थ्य छैनन् ।
Kakukho ukuphila enyameni yami ngenxa yentukuthelo yakho; kakukho ukuthula emathanjeni ami ngenxa yesono sami.
4 किनकि मेरा अधर्महरूले मलाई व्याकुल बनाउछन् । ती मेरो निम्ति ज्यादै गह्रौं भारी हुन् ।
Ngoba iziphambeko zami zedlule phezu kwekhanda lami, njengomthwalo onzima zinzima kakhulu kimi.
5 मेरा मूर्खतापूर्ण पापहरूका कारणले मेरा घाउहरू सडेका र दुर्गन्धित भएका छन् ।
Izilonda zami zilevumba zilobomvu ngenxa yobuthutha bami.
6 म कुप्रिन्छु र हरेक दिन अपमानित हुन्छु । म दिनभरि विलाप गरिरहन्छु ।
Ngigungubele, ngagotshiselwa phansi kakhulu, usuku lonke ngihamba ngikwezimnyama.
7 किनकि जलनले मलाई भरेको छ । मेरो शरीर स्वस्थ्य छैन ।
Ngoba ukhalo lwami lugcwele okutshileyo, njalo kakukho ukuphila enyameni yami.
8 म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु । मेरो हृदयको वेदनाको कारणले म सुस्केरा हाल्छु ।
Ngibuthakathaka ngichobozekile kakhulukazi, ngiyabhonga ngenxa yokububula kwenhliziyo yami.
9 हे परमप्रभु, मेरो हृदयको भित्री चाहानलाई तपाईंले बुझ्नुहुन्छ र मेरा सुस्केराहरू तपाईंबाट लुकाइएका छैनन् ।
Nkosi, sonke isiloyiso sami siphambi kwakho, lokububula kwami kakufihlakalanga kuwe.
10 मेरो मुटु धड्किन्छ, मेरो बल घट्छ र मेरा आँखा धमिला हुन्छन् ।
Inhliziyo yami iyatshaya, amandla ami angitshiyile; lokukhanya kwamehlo ami lakho kakukho kimi.
11 मेरो अवस्थाको कारणले मेरा मित्रहरू र साथीहरूले मलाई त्याग्छन् । मेरा छिमेकीहरू टाढै खडा हुन्छन् ।
Abangithandayo labangane bami bema ummango lenhlupheko yami, labakwethu bema khatshana lami.
12 मेरो ज्यान लिन खोज्नेहरूले मेरो निम्ति पासो थाप्छन् । मेरो हानि गर्न खोज्नेहरूले विनाशकारी कुरा गर्छन् र दिनभरि छलपूर्ण शब्दहरू भन्छन् ।
Labo abadinga impilo yami bayangithiya, labo abadinga ukoniwa kwami bakhuluma izincithakalo, bezindla inkohliso usuku lonke.
13 तर म बहिरो मानिसजस्तो भएको छु र केही सुन्दिन । म गुँगो मानिसजस्तो भएको छु जसले केही भन्दैन ।
Kodwa mina nginjengesacuthe, kangizwa, lanjengesimungulu, esingavuli umlomo waso.
14 म त्यो मानिसजस्तो भएको छु, जसले सुन्दैन, अनि जवाफ फर्काउँदैन ।
Yebo, nginjengomuntu ongezwayo, okungekho ukuphikisa emlonyeni wakhe.
15 हे परमप्रभु, निश्चय नै, म तपाईंको आसा गर्छु । हे परमप्रभु मेरो परमेश्वर, तपाईंले जवाफ दिनुहुनेछ ।
Ngoba kuwe, Nkosi, ngiyathemba; wena uzaphendula, Nkosi Nkulunkulu wami.
16 म यसो भन्छु ताकि मेरा शत्रुहरूले मेरो गिल्ला नगरून् । मेरो खुट्टा चिप्लयो भने, तिनीहरूले मलाई डरलाग्दो कुराहरू गर्नेछन् ।
Ngoba ngathi: Hlezi bathokoze ngami, lapho unyawo lwami lutshelela, bazikhukhumeze bemelene lami.
17 किन मैले ठेस खान लागेको छु र म निरन्तर पीडामा छु ।
Ngoba sengiseduze lokuwa, lobuhlungu bami buphambi kwami njalonjalo.
18 म आफ्नो दोष स्वीकार गर्छु । मेरा पापको बारेमा म चिन्तित छु ।
Ngoba ngizakwazisa ububi bami, ngizakhathazeka ngesono sami.
19 तर मेरा शत्रुहरू असंख्या छन् । मलाई गलत किसिमले घृणा गर्नेहरू धेरै जना छन् ।
Kodwa izitha zami ziphilile zilamandla, labangizonda ngeze sebandile.
20 तिनीहरूले मलाई असलको सट्टा खराबी गर्छन् । जे असल छ सो कुराको पछि म लागे तापनि, तिनीहरूले ममाथि दोष थुपार्छन् ।
Abaphindisela okubi esikhundleni sokuhle bayizitha zami, ngoba nginxwanela okulungileyo.
21 हे परमप्रभु, मलाई नत्याग्नुहोस् । हे मेरा परमेश्वर, मबाट टाढा नहुनुहोस् ।
Ungangitshiyi, Nkosi; Nkulunkulu wami, ungabi khatshana lami.
22 हे परमप्रभु, मेरो उद्धार, मलाई सहायता गर्न चाँडो आउनुहोस् ।
Phangisa ungisize, Nkosi, nsindiso yami.