< भजनसंग्रह 37 >
1 खराबी गर्नेहरूको कारण झर्को नमान । अधार्मिक किसिमले काम गर्नेहरूका इर्ष्या नगर ।
Usikereshwe na wafanyao maovu; usiwaonee wivu wale watendao yasiyo haki.
2 किनकि घाँसझैं तिनीहरू चाँडै नै सुकेर जानेछन् र हरिया बिरुवाहरूझैं ओइलाएर जानेछन् ।
Kwa kuwa muda mfupi watakauka kama nyasi na kukauka kama vile mimea ya kijani ikaukavyo wakati wa kiangazi.
3 परमप्रभुमा भरोसा राख र जे असल छ सो गर । देशमा बसोवास गर र विश्वस्ततामा उपभोग गर ।
Uwamini Mungu na kufanya yaliyo mema; uishi katika nchi na uongezeke katika imani.
4 परमप्रभुमा आफूलाई खुसी बनाऊ र उहाँले तिम्रो हृदयका इच्छाहरू पुरा गर्नुहुनेछ ।
Kisha ufurahi mwenyewe katika Yahwe, naye atakupa matamanio ya moyo wako.
5 आफ्ना मार्गहरू परमप्रभुलाई देऊ । उहाँमा भरोसा गर र उहाँले तिम्रो निम्ति काम गर्नुहुनेछ ।
Umkabidhi njia zako Yahwe; uamini katika yeye, naye atatenda kwa niaba yako.
6 उहाँले तिम्रो न्याय दिनको उज्यालोझैं र तिम्रो निर्दोषता मध्यदिनझैं प्रकट गर्नुहुनेछ ।
Yeye ataidhihilisha haki yako kama mchana na usafi wako kama mwangaza wa mchana.
7 परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आसा गर । आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ ।
Uwe kumya mbele za Yahwe na umsubiri yeye kwa uvumilivu. Usikasirike ikiwa kuna mtu anafanikiwa kwa kile afanyacho, au afanyapo njama za uovu.
8 क्रोधित नहोऊ र निराश नहोऊ । चिन्ता नगर । यसले समस्यामा मात्र पार्छ ।
Usikasilile na kugadhabika. Usiogope. Hii huleta matatizo tu.
9 दुष्ट काम गर्नेहरूलाई बहिकृत हुनेछन्, तर परमप्रभुको आसा गर्नेहरूले देशको उत्तराधिकार गर्नेछन् ।
Watendao maovu watafutiliwa mbali, bali wale wamngojao Yahwe watairithi nchi.
10 केही क्षणमा नै दुष्ट मानिस लोप हुनेछन् । तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ ।
Katika muda mfupi mtu mwovu atatoweka; wewe utatazama mahali pake, wala hautamuona.
11 तर नम्रहरूले देशको उत्तराधिकार गर्नेछन् र ठुलो समृद्धिमा खुसी हुनेछन् ।
Lakini wapole watairithi nchi nao watafurahia katika mafanikio makubwa.
12 दुष्ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ ।
Mtu mwovu hupanga njama kinyume na mwenye haki na kumsagia meno.
13 परमप्रभु त्योमाथि हाँस्नुहुनेछ, किनकि त्यसको दिन आइरहेको उहाँले देख्नुहुन्छ ।
Bwana humcheka, kwa maana anaona siku yake inakuja.
14 थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्टहरूले आफ्ना तरवारहरू थुतेका छन् र आफ्ना धनुमा ताँदो चढाएका छन् ।
Waovu wametoa nje panga zao na wametayarisha pinde zao ili kuwaangamiza wanyonge na wahitaji, na kuwaua wenye haki.
15 तिनीहरूका तरवारहरूले तिनीहरूका आफ्नै हृदयहरू छेड्नेछन् र तिनीहरूका धनुहरू भाँचिनेछन् ।
Panga zao zitawaua wenyewe, na pinde zao zitavunjika.
16 धेरै जना दुष्ट मानिसहरूका प्रशस्तताभन्दा धर्मीसँग भएको थोरै नै असल हो ।
Ni bora kuwa mwenye haki maskini kuliko tajiri mwenye mali nyingi.
17 किनकि दुष्ट मानिसहरूका पाखुराहरू भाँचिनेछन्, तर परमप्रभुले धर्मी मानिसहरूलाई सहायता गर्नुहुन्छ ।
Kwa maana mikono ya watu waovu itavunjika, bali Yahwe huwasaidia watu wenye haki.
18 परमप्रभुले नोष्खोटमाथि दिनदिनै हे्र्नुहुन्छ र तिनीहरू उत्तराधिकार सदाको निम्ति हुनेछ ।
Yahwe huwalinda watu wasio na lawama siku hadi siku, na urithi wao utakuwa wa milele.
19 समय खराब हुँदा तिनीहरू लज्जित हुनेछैनन् । जब अनिकाल आउँछ, तब तिनीहरूसित प्रशस्त खानेकुरा हुनेछ ।
Hawata aibika siku mbaya zijapo. Wakati wa njaa ufikapo wao watakuwa na chakula cha kutosha.
20 तर दुष्ट मानिसहरू नष्ट हुनेछन् । परमप्रभुका शत्रुहरू खर्कहरूका गौरवजस्ता हुनेछन् । तिनीहरू भष्म हुनेछन् र धूवाँमा हराउनेछन् ।
Bali waovu wataangamia. Maadui wa Yahwe watakuwa kama vile utukufu wa malisho; watamalizwa na kupotezwa katika moshi.
21 दुष्ट मानिसहरूले ऋण लिन्छन् तर तिर्दैनन्, तर धर्मी व्यक्ति उदार हुन्छ र दिन्छ ।
Mtu mwovu hukopa lakini halipi, bali mtu mwenye haki ni mkarimu na hutoa.
22 परमेश्वरले आशिष् दिनुभएकाहरूले देशको उत्तराधिकार पाउनेछन् । उहाँद्वारा सराप पाएकाहरू बहिष्कृत हुनेछन् ।
Wale walio barikiwa na Mungu watairithi nchi; wale aliowalaani watafutiliwa mbali.
23 परमप्रभुद्वारा नै मानिसकको कदमहरू स्थापित हुन्छ, त्यो मानिस जसको चाल परमेश्वरको दृष्टिमा प्रशंसनिय हुन्छ ।
Hatua za mwanadamu zinaimarishwa na Yahwe, mtu ambaye njia zake zinakubalika machoni pa Mungu.
24 त्यसले ठेस खान्छ, तापनि त्यो ढल्नेछैन, किनकि परमप्रभुले त्यसलाई आफ्नो बाहुलिले समात्नुहुन्छ ।
Ajapojikwaa, hataanguka chini, kwa kuwa Yahwe anamshikilia kwa mkono wake.
25 म जवान थिएँ र अहिले वृद्ध भएको छु । धर्मी व्यक्ति त्यागिएको वा त्यसको छोराछोरीले रोटीको निम्ति मागेको मैले कहिल्यै देखेको छैन ।
Nilikuwa kijana na sasa ni mzee; sijawahi kumuona mtu mwenye haki ametelekezwa wala watoto wake kuombaomba mkate.
26 दिनभरि नै अनुग्रही हुन्छ र पैंचो दिन्छ अनि त्यसका छोराछोरीले आशिष् पाउँछन् ।
Wakati wote yeye ni mkarimu na hukopesha, nao watoto wake hufanyika baraka.
27 खराबीबाट फर्क र जे असल छ सो गर । तब तिमी सदासर्वदा सुरक्षित हुनेछौ ।
Acha uovu na ufanye yaliyo mema; ndipo utakapokuwa salama milele.
28 किनकि परमप्रभुले न्यायलाई प्रेम गर्नुहुन्छ र उहाँका विश्वासयोग्य अनुयायीहरूलाई त्याग्नुहुन्न । तिनीहरू सधैं सुरक्षित राखिन्छन्, तर दुष्टका सन्तानहरू बहिष्कृत हुनेछन् ।
Kwa maana Yahwe hupenda haki naye hawaachi wafuasi waaminifu. Wao hutunzwa milele, lakini uzao wa waovu utafutiliwa mabli.
29 धर्मीले देशको उत्तराधिकार गर्नेछन् र त्यहाँ सदासर्वदा बास गर्नेछन् ।
Wenye haki watairithi nchi na kuaa huko milele.
30 धर्मी व्यक्तिको मुखले बुद्धिको कुरा बोल्छ र न्याय वृद्धि गर्छ ।
Mdomo wa mwenye haki huongea hekima na huongeza haki.
31 आफ्नो परमेश्वरको व्यवस्था त्यसको हृदयमा हुन्छ । त्यसका खुट्टाहरू चिप्लँदैनन् ।
Sheria ya Mungu wake imo moyoni mwake; miguu yake haitelezi.
32 दुष्ट व्यक्तिले धर्मी व्यक्तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ ।
Mtu mwovu humvizia mwenye haki na kutafuta kumuua.
33 परमप्रभुले त्यसलाई दुष्ट व्यक्तिको हातमा छोड्नुहुन्न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्न ।
Yahwe hatamuacha yeye kwenye mkono wa mtu mwovu wala kumlaumu atakapohukumiwa.
34 परमप्रभुको आसा गर र उहाँको मार्ग कायम राख, अनि उहाँले देश अधिकार गर्न तिमीलाई उठाउनुहुनेछ । दुष्टहरू बहिष्कृत भएको तिमीले देख्नेछौ ।
Umngoje Yahwe na uishike njia yake, naye atakuinua uimiliki nchi. Atakapo waondosha waovu wewe utaona.
35 दुष्ट र डरलाग्दा व्यक्ति आफ्नो माटोमा हरियो रूखझैं फैलिएको मैले देखेको छु ।
Nimewaona waovu na mtu wa kutisha akienea kama mti wa kijani katika udongo wa asili.
36 तर जब म फेरि त्यो बाटो जाँदा, त्यो त्यहाँ थिएन । मैले त्यसलाई खोजें तर त्यसलाई भेट्टाउन सकिएन ।
Lakini nilipopita tana mara nyingine, hakuwepo pale. nilimtafuta, lakini sikumpata.
37 इमान्दार मानिसलाई हेर र सझोलाई ध्यान देऊ । मिलापको मानिसको निम्ति असल भविष्य छ ।
Uwachunguze watu waadilifu, na uwatambue wenye haki; kuna hatima nzuri kwa ajili ya mtu wa amani.
38 पापीहरू पूर्ण रूपमा नष्ट हुनेछन् । दुष्ट मानिसको भविष्य नष्ट हुनेछ ।
Mwenye dhambi wataharibiwa kabisa; hatima ya mtu mwovu ni kuondoshwa.
39 धर्मीको उद्धार परमप्रभुबाट आउँछ । कष्टको समयहरूमा उहाँले तिनीहरूलाई रक्षा गर्नुहुन्छ ।
Wokovu wa haki unatoka kwa Yahwe; yeye huwalinda wao nyakati za shida.
40 परमप्रभुले तिनीहरूलाई सहायता गर्नुहुन्छ र बचाउनुहुन्छ । उहाँले तिनीहरूलाई खराब मानिसहरूबाट छटाउनुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ किनभने तिनीहरूले उहाँमा शरण लिएका छन् ।
Yahwe huwasaidia na kuwaokoa. Yeye huwaokoa dhidi ya watu waovu na kuwanusuru wao kwa sababu wao wamemkimbilia yeye kwa ajili ya usalama.