< भजनसंग्रह 37 >
1 खराबी गर्नेहरूको कारण झर्को नमान । अधार्मिक किसिमले काम गर्नेहरूका इर्ष्या नगर ।
Pieśń Dawidowa. Nie obruszaj się dla złośników, ani zajrzyj czyniącym nieprawość.
2 किनकि घाँसझैं तिनीहरू चाँडै नै सुकेर जानेछन् र हरिया बिरुवाहरूझैं ओइलाएर जानेछन् ।
Bo jako trawa prędko podcięci będą, a jako liście zielone opadną.
3 परमप्रभुमा भरोसा राख र जे असल छ सो गर । देशमा बसोवास गर र विश्वस्ततामा उपभोग गर ।
Ufaj w Panu, a czyń dobrze; mieszkajże na ziemi, a żyw się sprawiedliwie.
4 परमप्रभुमा आफूलाई खुसी बनाऊ र उहाँले तिम्रो हृदयका इच्छाहरू पुरा गर्नुहुनेछ ।
Kochaj się w Panu, a dać prośby serca twego,
5 आफ्ना मार्गहरू परमप्रभुलाई देऊ । उहाँमा भरोसा गर र उहाँले तिम्रो निम्ति काम गर्नुहुनेछ ।
Spuść na Pana drogę twoję, a ufaj w nim, a on wszystko uczyni;
6 उहाँले तिम्रो न्याय दिनको उज्यालोझैं र तिम्रो निर्दोषता मध्यदिनझैं प्रकट गर्नुहुनेछ ।
I wywiedzie jako światłość sprawiedliwość twoję, a sąd twój jako południe.
7 परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आसा गर । आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ ।
Poddaj się Panu, a oczekuj go; nie obruszaj się na tego, któremu się szczęści w sprawach jego, na człowieka, który dokazuje, cokolwiek zamyśli.
8 क्रोधित नहोऊ र निराश नहोऊ । चिन्ता नगर । यसले समस्यामा मात्र पार्छ ।
Przestań gniewu, a zaniechaj popędliwości; nie zapalaj się gniewem, abyś miał źle czynić.
9 दुष्ट काम गर्नेहरूलाई बहिकृत हुनेछन्, तर परमप्रभुको आसा गर्नेहरूले देशको उत्तराधिकार गर्नेछन् ।
Albowiem złośnicy będą wykorzenieni: lecz którzy oczekują Pana, ci odziedziczą ziemię.
10 केही क्षणमा नै दुष्ट मानिस लोप हुनेछन् । तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ ।
Po małej chwili alić niemasz niezbożnika; spojrzyszli na miejsce jego, alić go już niemasz.
11 तर नम्रहरूले देशको उत्तराधिकार गर्नेछन् र ठुलो समृद्धिमा खुसी हुनेछन् ।
Lecz pokorni odziedziczą ziemię, i rozkochają się w wielkości pokoju.
12 दुष्ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ ।
Zle myśli niepobożny przeciwko sprawiedliwemu, i zgrzyta nań zębami swemi.
13 परमप्रभु त्योमाथि हाँस्नुहुनेछ, किनकि त्यसको दिन आइरहेको उहाँले देख्नुहुन्छ ।
Ale się Pan śmieje z niego; bo widzi, że przychodzi dzień jego.
14 थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्टहरूले आफ्ना तरवारहरू थुतेका छन् र आफ्ना धनुमा ताँदो चढाएका छन् ।
Miecza dobyli niezbożni, a naciągnęli łuk swój, aby porazili ubogiego, i niedostatecznego, ażeby pomordowali tych, którzy chodzą prostą drogą;
15 तिनीहरूका तरवारहरूले तिनीहरूका आफ्नै हृदयहरू छेड्नेछन् र तिनीहरूका धनुहरू भाँचिनेछन् ।
Aleć miecz ich przeniknie serce ich, a łuki ich będą połamane.
16 धेरै जना दुष्ट मानिसहरूका प्रशस्तताभन्दा धर्मीसँग भएको थोरै नै असल हो ।
Lepsza jest trocha sprawiedliwego, niż wielkie bogactwa wielu niepobożnych;
17 किनकि दुष्ट मानिसहरूका पाखुराहरू भाँचिनेछन्, तर परमप्रभुले धर्मी मानिसहरूलाई सहायता गर्नुहुन्छ ।
Albowiem ramiona niezbożników będą pokruszone; ale sprawiedliwych Pan podpiera.
18 परमप्रभुले नोष्खोटमाथि दिनदिनै हे्र्नुहुन्छ र तिनीहरू उत्तराधिकार सदाको निम्ति हुनेछ ।
Zna Pan dni doskonałych; przetoż dziedzictwo ich na wieki zostanie.
19 समय खराब हुँदा तिनीहरू लज्जित हुनेछैनन् । जब अनिकाल आउँछ, तब तिनीहरूसित प्रशस्त खानेकुरा हुनेछ ।
Nie będą zawstydzeni we zły czas, a we dni głodu będą nasyceni;
20 तर दुष्ट मानिसहरू नष्ट हुनेछन् । परमप्रभुका शत्रुहरू खर्कहरूका गौरवजस्ता हुनेछन् । तिनीहरू भष्म हुनेछन् र धूवाँमा हराउनेछन् ।
Ale niezbożni poginą, a nieprzyjaciele Pańscy, jako tłustość barania z dymem niszczeje, tak oni zniszczeją.
21 दुष्ट मानिसहरूले ऋण लिन्छन् तर तिर्दैनन्, तर धर्मी व्यक्ति उदार हुन्छ र दिन्छ ।
Niezbożnik pożycza, a nie ma czem oddać; ale sprawiedliwy pokazuje łaskę, i rozdaje.
22 परमेश्वरले आशिष् दिनुभएकाहरूले देशको उत्तराधिकार पाउनेछन् । उहाँद्वारा सराप पाएकाहरू बहिष्कृत हुनेछन् ।
Albowiem błogosławieni od Pana odziedziczą ziemię; ale przeklęci od niego będą wykorzenieni.
23 परमप्रभुद्वारा नै मानिसकको कदमहरू स्थापित हुन्छ, त्यो मानिस जसको चाल परमेश्वरको दृष्टिमा प्रशंसनिय हुन्छ ।
Od Pana bywają sprawowane drogi człowieka dobrego, a droga jego, podoba mu się.
24 त्यसले ठेस खान्छ, तापनि त्यो ढल्नेछैन, किनकि परमप्रभुले त्यसलाई आफ्नो बाहुलिले समात्नुहुन्छ ।
Gdy padnie, nie stłucze się: albowiem Pan trzyma go za rękę jego.
25 म जवान थिएँ र अहिले वृद्ध भएको छु । धर्मी व्यक्ति त्यागिएको वा त्यसको छोराछोरीले रोटीको निम्ति मागेको मैले कहिल्यै देखेको छैन ।
Byłem młodym, i zstarzałem się, nie widziałem sprawiedliwego opuszczonego, ani nasienia jego żebrzącego chleba.
26 दिनभरि नै अनुग्रही हुन्छ र पैंचो दिन्छ अनि त्यसका छोराछोरीले आशिष् पाउँछन् ।
Na każdy dzień pokazuje miłosierdzie i pożycza, a przecież nasienie jego jest w błogosławieństwie.
27 खराबीबाट फर्क र जे असल छ सो गर । तब तिमी सदासर्वदा सुरक्षित हुनेछौ ।
Odstąp od złego a czyń dobrze, a będziesz mieszkał na wieki.
28 किनकि परमप्रभुले न्यायलाई प्रेम गर्नुहुन्छ र उहाँका विश्वासयोग्य अनुयायीहरूलाई त्याग्नुहुन्न । तिनीहरू सधैं सुरक्षित राखिन्छन्, तर दुष्टका सन्तानहरू बहिष्कृत हुनेछन् ।
Albowiem Pan miłuje sąd, a nie opuści świętych swoich, na wieki w straży jego będą; ale nasienie niepobożnych będzie wykorzenione.
29 धर्मीले देशको उत्तराधिकार गर्नेछन् र त्यहाँ सदासर्वदा बास गर्नेछन् ।
Sprawiedliwi odziedziczą ziemię, i będą w niej mieszkali na wieki.
30 धर्मी व्यक्तिको मुखले बुद्धिको कुरा बोल्छ र न्याय वृद्धि गर्छ ।
Usta sprawiedliwego mówią mądrość, a język jego sąd opowiada.
31 आफ्नो परमेश्वरको व्यवस्था त्यसको हृदयमा हुन्छ । त्यसका खुट्टाहरू चिप्लँदैनन् ।
Zakon Boga jego jest w sercu jego; przetoż nie zachwieją się nogi jego.
32 दुष्ट व्यक्तिले धर्मी व्यक्तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ ।
Wypatruje niepobożny sprawiedliwego, i szuka jakoby go zabił;
33 परमप्रभुले त्यसलाई दुष्ट व्यक्तिको हातमा छोड्नुहुन्न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्न ।
Ale Pan nie zostawi go w ręku jego, i nie potępi go, gdy będzie sądzony.
34 परमप्रभुको आसा गर र उहाँको मार्ग कायम राख, अनि उहाँले देश अधिकार गर्न तिमीलाई उठाउनुहुनेछ । दुष्टहरू बहिष्कृत भएको तिमीले देख्नेछौ ।
Oczekuj Pana, i strzeż drogi jego, a on cię wywyższy, abyś odziedziczył ziemię; a oglądasz, gdy niepobożni, wytraceni będą.
35 दुष्ट र डरलाग्दा व्यक्ति आफ्नो माटोमा हरियो रूखझैं फैलिएको मैले देखेको छु ।
Widziałem niezbożnika nader wyniosłego, a rozłożonego jako drzewo zielone samorosłe;
36 तर जब म फेरि त्यो बाटो जाँदा, त्यो त्यहाँ थिएन । मैले त्यसलाई खोजें तर त्यसलाई भेट्टाउन सकिएन ।
Ale przeminął, a oto go nie było; szukałem go, alem go znaleść nie mógł.
37 इमान्दार मानिसलाई हेर र सझोलाई ध्यान देऊ । मिलापको मानिसको निम्ति असल भविष्य छ ।
Spojrzyj na niewinnego, a przypatrz się szczeremu, że ostatnie rzeczy takiego człowieka są spokojne.
38 पापीहरू पूर्ण रूपमा नष्ट हुनेछन् । दुष्ट मानिसको भविष्य नष्ट हुनेछ ।
Lecz przestępcy pospołu poginą, a niezbożnicy na ostatek wykorzenieni będą.
39 धर्मीको उद्धार परमप्रभुबाट आउँछ । कष्टको समयहरूमा उहाँले तिनीहरूलाई रक्षा गर्नुहुन्छ ।
Wszakże zbawienie sprawiedliwych jest od Pana, który jest mocą ich czasu uciśnienia.
40 परमप्रभुले तिनीहरूलाई सहायता गर्नुहुन्छ र बचाउनुहुन्छ । उहाँले तिनीहरूलाई खराब मानिसहरूबाट छटाउनुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ किनभने तिनीहरूले उहाँमा शरण लिएका छन् ।
Wspomaga ich Pan, i wyrywa ich; wyrywa ich od niepobożnych, i zachowuje ich; bo w nim nadzieję mają.