< भजनसंग्रह 35 >

1 हे परमप्रभु, मेरो विरुद्धमा काम गर्नेहरूका विरुद्धमा काम गर्नुहोस् । मेरो विरुद्धमा युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गर्नुहोस् ।
לְדָוִד ׀ רִיבָה יְהֹוָה אֶת־יְרִיבַי לְחַם אֶת־לֹחֲמָֽי׃
2 तपाईंको साना ढाल र ठुला ढाल लिनुहोस्। उठ्नुहोस् र मलाई सहायता गर्नुहोस् ।
הַחֲזֵק מָגֵן וְצִנָּה וְקוּמָה בְּעֶזְרָתִֽי׃
3 मलाई खेद्‍नेहरूका विरुद्धमा तपाईंको भाला र बन्‍चरो प्रयोग गर्नुहोस् । मेरो प्राणलाई भन्‍नुहोस, “म नै तेरो उद्धार हुँ ।”
וְהָרֵק חֲנִית וּסְגֹר לִקְרַאת רֹדְפָי אֱמֹר לְנַפְשִׁי יְֽשֻׁעָתֵךְ אָֽנִי׃
4 मेरो ज्याल लिन खोज्‍नेहरू लज‍जित र अपमानित होऊन् । मेरो हानि गर्न योजना रच्‍नेहरू पछि हटून् र व्‍याकुल होऊन् ।
יֵבֹשׁוּ וְיִכָּלְמוּ מְבַקְשֵׁי נַפְשִׁי יִסֹּגוּ אָחוֹר וְיַחְפְּרוּ חֹשְׁבֵי רָֽעָתִֽי׃
5 परमप्रभुका दूतले तिनीहरूलाई लखेट्दा तिनीहरू हावाको सामु भुसझैं होऊन् ।
יִֽהְיוּ כְּמֹץ לִפְנֵי־רוּחַ וּמַלְאַךְ יְהֹוָה דּוֹחֶֽה׃
6 परमप्रभुका दूतले तिनीहरूलाई खेद्‍दा तिनीहरूका मार्ग अँध्यारो र चिप्‍लो होस् ।
יְֽהִי־דַרְכָּם חֹשֶׁךְ וַחֲלַקְלַקֹּת וּמַלְאַךְ יְהֹוָה רֹדְפָֽם׃
7 विनाकारण तिनीहरूले मेरो निम्ति जाल थाप्छन् । विनाकारण तिनीहरूले मेरो जीवनको निम्ति खल्डो खन्छन् ।
כִּֽי־חִנָּם טָֽמְנוּ־לִי שַׁחַת רִשְׁתָּם חִנָּם חָפְרוּ לְנַפְשִֽׁי׃
8 विनाशले तिनीहरूलाई अचानक व्याकुल बनाओस् । तिनीहरूले थापेको जालले तिनीहरूलाई नै समातोस् । तिनीहरूको विनाशको निम्ति त्‍यसमा तिनीहरू नै फसून् ।
תְּבוֹאֵהוּ שׁוֹאָה לֹֽא־יֵדָע וְרִשְׁתּוֹ אֲשֶׁר־טָמַן תִּלְכְּדוֹ בְּשׁוֹאָה יִפׇּל־בָּֽהּ׃
9 तर म परमप्रभुमा आनन्दित हुनेछु र उहाँको उद्धारमा रमाउनेछु ।
וְנַפְשִׁי תָּגִיל בַּיהֹוָה תָּשִׂישׂ בִּישׁוּעָתֽוֹ׃
10 मेरा सबै हाडहरूले भन्‍नेछन्, “हे परमप्रभु, तपाईंझैं को छ, जसले थिचोमिचोमा परेकाहरूलाई तिनीहरू भन्‍दा अति बलियाहरूबाट, र गरिब तथा दरिद्रहरूलाई तिनीहरूलाई लुट्न खोज्नेहरूबाट बचाउनुहुन्‍छ?”
כׇּל ־ עַצְמוֹתַי ׀ תֹּאמַרְנָה יְהֹוָה מִי כָמוֹךָ מַצִּיל עָנִי מֵחָזָק מִמֶּנּוּ וְעָנִי וְאֶבְיוֹן מִגֹּֽזְלֽוֹ׃
11 अधर्मी साक्षीहरू खडा हुन्छन् । तिनीहरू मलाई झुटो दोष लगाउँछन् ।
יְקוּמוּן עֵדֵי חָמָס אֲשֶׁר לֹֽא־יָדַעְתִּי יִשְׁאָלֽוּנִי׃
12 तिनीहरूले मलाई भलाइको सट्टा खराबी गर्छन् । म दुःखी छु ।
יְשַׁלְּמוּנִי רָעָה תַּחַת טוֹבָה שְׁכוֹל לְנַפְשִֽׁי׃
13 तर तिनीहरू बिरामी हुँदा, मैले भाङ्ग्रा लगाएँ । मेरो शिर छातीमा निहुर्‍याएर मैले तिनीहरूको निम्ति उपवास बसें ।
וַאֲנִי ׀ בַּחֲלוֹתָם לְבוּשִׁי שָׂק עִנֵּיתִי בַצּוֹם נַפְשִׁי וּתְפִלָּתִי עַל־חֵיקִי תָשֽׁוּב׃
14 मेरो आफ्नै भाइलाई झैं मैले शोक गरें । मेरी आमाको निम्ति झैं मैले विलाप गरें ।
כְּרֵעַ־כְּאָח לִי הִתְהַלָּכְתִּי כַּאֲבֶל־אֵם קֹדֵר שַׁחֽוֹתִי׃
15 तर जब मैले ठेस खाएँ, तब तिनीहरू खुसी भए र एकसाथ भेला भए । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भए र तिनीहरूले मलाई छक्‍क पारे । तिनीहरूले मलाई निरन्तर हप्‍काए ।
וּבְצַלְעִי שָׂמְחוּ וְֽנֶאֱסָפוּ נֶאֶסְפוּ עָלַי נֵכִים וְלֹא יָדַעְתִּי קָרְעוּ וְלֹא־דָֽמּוּ׃
16 कत्ति पनि आदर नगरी तिनीहरूले मेरो गिल्‍ला गरे । तिनीहरूले क्रोधमा ममाथि आफ्‍ना दाँत किटे ।
בְּחַנְפֵי לַעֲגֵי מָעוֹג חָרֹק עָלַי שִׁנֵּֽימוֹ׃
17 हे परमप्रभु, कहिलेसम्म तपाईं हेर्नुहुन्छ? तिनीहरूका विनाशपूर्ण आक्रमणबाट मेरो प्राणलाई, र सिंहहरूबाट मेरो जीवनलाई बचाउनुहोस् ।
אֲדֹנָי כַּמָּה תִרְאֶה הָשִׁיבָה נַפְשִׁי מִשֹּׁאֵיהֶם מִכְּפִירִים יְחִידָתִֽי׃
18 तब ठुलो सभामा म तपाईंलाई धन्यवाद दिनेछु । धेरै जना मानिसका माझमा म तपाईंको प्रशंसा गर्नेछु ।
אוֹדְךָ בְּקָהָל רָב בְּעַם עָצוּם אֲהַלְלֶֽךָּ׃
19 मेरा छली शत्रुहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् । तिनीहरूका दुष्‍ट योजनाहरू पुरा गर्न तिनीहरूलाई नदिनुहोस् ।
אַֽל־יִשְׂמְחוּ־לִי אֹיְבַי שֶׁקֶר שֹׂנְאַי חִנָּם יִקְרְצוּ־עָֽיִן׃
20 किनकि तिनीहरूले शान्तिको कुरा गर्दैनन् । तर हाम्रो देशमा शान्तिमा बसेकाहरूका विरुद्धमा तिनीहरू छलपूर्ण कुरा गर्छन् ।
כִּי לֹא שָׁלוֹם יְדַבֵּרוּ וְעַל רִגְעֵי־אֶרֶץ דִּבְרֵי מִרְמוֹת יַחֲשֹׁבֽוּן׃
21 मेरो विरुद्धमा तिनीहरूले आफ्‍ना मुख चौडा खोल्‍छन् । तिनीहरूले भने, “आहा, आहा, हाम्रा आँखाले देखेका छन् ।”
וַיַּרְחִיבוּ עָלַי פִּיהֶם אָמְרוּ הֶאָח ׀ הֶאָח רָֽאֲתָה עֵינֵֽנוּ׃
22 हे परमप्रभु, तपाईंले यो देख्‍नुभएको छ, चूप नलाग्‍नुहोस् । हे परमप्रभु, मबाट टाढा नहुनुहोस् ।
רָאִיתָה יְהֹוָה אַֽל־תֶּחֱרַשׁ אֲדֹנָי אַל־תִּרְחַק מִמֶּֽנִּי׃
23 आफैलाई जाग्‍नुहोस् र मेरो रक्षा गर्न जाग्‍नुहोस् । हे मेरो परमेश्‍वर, मेरा प्रभु, मेरो रक्षा गर्नुहोस् ।
הָעִירָה וְהָקִיצָה לְמִשְׁפָּטִי אֱלֹהַי וַאדֹנָי לְרִיבִֽי׃
24 हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंको धार्मिकताको कारणले मेरो रक्षा गर्नुहोस् । तिनीहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् ।
שׇׁפְטֵנִי כְצִדְקְךָ יְהֹוָה אֱלֹהָי וְאַל־יִשְׂמְחוּ־לִֽי׃
25 तिनीहरूले आफ्‍नो हृदयमा यसो नभनून्, “आहा, हामीले जे इच्‍छा गर्‍यौं सो पाएका छौं ।” तिनीहरूले यसो नभनून्, “हामीले त्यसलाई निलेका छौं ।”
אַל־יֹאמְרוּ בְלִבָּם הֶאָח נַפְשֵׁנוּ אַל־יֹאמְרוּ בִּֽלַּעֲנֽוּהוּ׃
26 मेरो कष्‍टमा आनन्‍दित हुनेहरू लज्‍जित होऊन् र तिनीहरू व्‍याकुल होऊन् । ममाथि आफैलाई उच्‍च पार्नेहरू लाज र अनादरले ढाकिन परोस् ।
יֵבֹשׁוּ וְיַחְפְּרוּ ׀ יַחְדָּו שְׂמֵחֵי רָעָתִי יִֽלְבְּשׁוּ־בֹשֶׁת וּכְלִמָּה הַֽמַּגְדִּילִים עָלָֽי׃
27 मेरो निर्दोषताको इच्छा गर्नेहरू आनन्दले कराऊन् र खुसी होऊन् । तिनीहरूले निरन्‍तर यसो भनून्, “परमप्रभुको प्रशंसा होस्, जो आफ्नो सेवकको भलो हुँदा खुसी हुनुहुन्छ ।”
יָרֹנּוּ וְיִשְׂמְחוּ חֲפֵצֵי צִדְקִי וְיֹאמְרוּ תָמִיד יִגְדַּל יְהֹוָה הֶחָפֵץ שְׁלוֹם עַבְדּֽוֹ׃
28 तब म तपाईंको न्यायको बारेमा भन्‍नेछु र सारा दिन तपाईंकै प्रशंसा गर्नेछु ।
וּלְשׁוֹנִי תֶּהְגֶּה צִדְקֶךָ כׇּל־הַיּוֹם תְּהִלָּתֶֽךָ׃

< भजनसंग्रह 35 >