< भजनसंग्रह 34 >
1 हरबखत म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा सधैं मेरो मुखमा हुनेछ ।
Salmo de David, cuando mudó su semblante delante de Abimelech, y él lo echó, y fuése. BENDECIRÉ á Jehová en todo tiempo; su alabanza [será] siempre en mi boca.
2 म परमप्रभुको प्रशंसा गर्नेछु । थिचोमिचोमा परेकाहरूले सुनून् र आनन्दित होऊन् ।
En Jehová se gloriará mi alma: oiránlo los mansos, y se alegrarán.
3 मसँगै परमप्रभुको प्रशंसा गर, हामी एकसाथ मिलेर उहाँको नाउँलाई उच्च पारौं ।
Engrandeced á Jehová conmigo, y ensalcemos su nombre á una.
4 मैले रमप्रभुको खोजी गरें र उहाँले मलाई जवाफ दिनुभयो, र मेरा सबै डरमाथि उहाँले मलाई विजय दिनुभयो ।
Busqué á Jehová, y él me oyó, y libróme de todos mis temores.
5 उहाँलाई हे्र्नेहरू उज्ज्वल हुन्छन् र तिनीहरू मुहार लज्जित हुँदैन ।
A él miraron y fueron alumbrados: y sus rostros no se avergonzaron.
6 यो थिचोमिचोमा परेको मानिसले पुकारा गर्यो र परमप्रभुले त्यसको पुकारा सुन्नुभयो, र त्यसका सबै दुःखबाट त्यसलाई बचाउनुभयो ।
Este pobre clamó, y oyóle Jehová, y librólo de todas sus angustias.
7 परमप्रभुका दूतहरूले उहाँको भय मान्नेहरूका चारैतिर छाउनी बनाउँछन् र तिनीहरूलाई बचाउँछन् ।
El ángel de Jehová acampa en derredor de los que le temen, y los defiende.
8 परमप्रभु असल हुनुहुन्छ भन्ने कुरा जाँच र हेर । उहाँमा शरण लिने मानिस धन्यको हो ।
Gustad, y ved que es bueno Jehová: dichoso el hombre que confiará en él.
9 ए परमप्रभुका पवित्र मानिस हो, उहाँको भय मान । उहाँको भय मान्नेहरूलाई कुनै कुराको खाँचो हुँदैन ।
Temed á Jehová, vosotros sus santos; porque no hay falta para los que le temen.
10 जवान सिंहहरूलाई कहिलेकाहीं खानाकुरा खाँचो पर्छ र भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै असल कुरा खाँचो हुँदैन ।
Los leoncillos necesitaron, y tuvieron hambre; pero los que buscan á Jehová, no tendrán falta de ningún bien.
11 ए छोराहरू हो, आओ, मेरो कुरा सुन । तिमीहरूलाई म परमप्रभुको भय मान्न सिकाउनेछु ।
Venid, hijos, oidme; el temor de Jehová os enseñaré.
12 जीवन चाहने र असल कुरा हेर्नलाई धेरै दिन मन पराउने मानिस कस्तो हुन्छ?
¿Quién es el hombre que desea vida, que codicia días para ver bien?
13 त्यसो हो भने, आफ्नो जिब्रोलाई खराबीदेखि र आफ्ना ओठहरूलाई झुट बोल्नदेखि जोगाओ ।
Guarda tu lengua de mal, y tus labios de hablar engaño.
14 खराबीबाट फर्क र असल गर । शान्ति खोज र त्यसको पछि लाग ।
Apártate del mal, y haz el bien; busca la paz, y síguela.
15 परमप्रभुको दृष्टि धर्मीहरूमा हुन्छन् र उहाँका कानहरू तिनीहरूका पुकारमा हुन्छन् ।
Los ojos de Jehová están sobre los justos, y [atentos] sus oídos al clamor de ellos.
16 खराबी गर्नेहरूका सम्झना पृथ्वीबाट मेटाउनलाई परमप्रभुको मुहार तिनीहरूका विरुद्धमा हुन्छ ।
La ira de Jehová contra los que mal hacen, para cortar de la tierra la memoria de ellos.
17 धर्मीहरूले पुकारा गर्छन्, र परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै कष्टबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्छ ।
Clamaron [los justos], y Jehová oyó, y librólos de todas sus angustias.
18 परमप्रभु तोडिएको हृदय भएकाहरूका नजिक हुनुहुन्छ र आत्मामा चूर्ण भएकाहरूलाई उहाँले बचाउनुहुन्छ ।
Cercano está Jehová á los quebrantados de corazón; y salvará á los contritos de espíritu.
19 धर्मीहरूको कष्टहरू धेरै हुन्छन्, तर ति सबैबाट परमप्रभुले तिनीहरूलाई छुटकारा दिनुहुन्छ ।
Muchos son los males del justo; mas de todos ellos lo librará Jehová.
20 त्यसका सबै हाडलाई उहाँले सुरक्षित राख्नुहुन्छ, तिमध्ये एउटा पनि भाँचिनेछैन ।
El guarda todos sus huesos; ni uno de ellos será quebrantado.
21 खराबीले दुष्टलाई मार्ने छ । धर्मीलाई घृणा गर्ने दोषि ठहरिने छ ।
Matará al malo la maldad; y los que aborrecen al justo serán asolados.
22 परमप्रभुले आफ्ना सेवकहरूका जीवनलाई बचाउनुहुनेछ । उहाँमा शरण नलिनेहरू कसैलाई पनि दोषी ठहराइनेछैन ।
Jehová redime el alma de sus siervos; y no serán asolados cuantos en él confían.