< भजनसंग्रह 33 >
1 ए धर्मीहरू हो, परमप्रभुमा आनन्दित होओ । सोझाहरूले प्रशंसा गर्न सुहाउँछ ।
義人哪,你們應當靠耶和華歡樂; 正直人的讚美是合宜的。
2 वीणा बजाएर परमप्रभुलाई धन्यवाद देओ । दस तारे सारङ्गीसँगै उहाँको प्रशंसा गर ।
你們應當彈琴稱謝耶和華, 用十弦瑟歌頌他。
3 उहाँको निम्ति एउटा नयाँ गीत गाओ । निपुणता साथ बजाओ र आनन्दले गाओ ।
應當向他唱新歌, 彈得巧妙,聲音洪亮。
4 किनकि परमप्रभुको वचन ठीक छ र उहाँले गर्ने हरेक कुरा न्यायोचित छ ।
因為耶和華的言語正直; 凡他所做的盡都誠實。
5 उहाँले धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ । पृथ्वी परमप्रभुको करारको विश्वस्तताले पूर्ण छ ।
他喜愛仁義公平; 遍地滿了耶和華的慈愛。
6 परमप्रभुको वचनले आकाशको सृष्टि भयो र सबै ताराहरू उहाँको मुखको सासले बनिएका थिए ।
諸天藉耶和華的命而造; 萬象藉他口中的氣而成。
7 उहाँले समुद्रको पानीलाई एक ठाउँमा थुप्रोझैं जम्मा गर्नुहुन्छ । उहाँले महासागरहरूलाई भण्डारहरूमा राख्नुहुन्छ ।
他聚集海水如壘, 收藏深洋在庫房。
8 सारा पृथ्वीले परमप्रभुको भय मानोस् । संसारका सबै बासिन्दा उहाँको भयमा खडा होऊन् ।
願全地都敬畏耶和華! 願世上的居民都懼怕他!
9 किनकि उहाँले बोल्नुभयो र त्यो हुन आयो । उहाँले आज्ञा गर्नुभयो र यो ठाउँमा खडा भयो ।
因為他說有,就有, 命立,就立。
10 परमप्रभुले जातिहरूका मित्रतालाई व्यर्थ तुल्याउनुहुन्छ । उहाँले मानिसहरूका योजनाहरूलाई रद्द गर्नुहुन्छ ।
耶和華使列國的籌算歸於無有, 使眾民的思念無有功效。
11 परमप्रभुको योजना सदासर्वदा रहन्छ, उहाँको हृदयका योजनाहरू सबै पुस्ताका निम्ति रहन्छ ।
耶和華的籌算永遠立定; 他心中的思念萬代常存。
12 त्यो जाति धन्यको हो जसको परमेश्वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नै उत्तराधिकारको रूपमा उहाँले चुन्नुभएको छ ।
以耶和華為上帝的,那國是有福的! 他所揀選為自己產業的,那民是有福的!
13 परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ । उहाँले सबै मानिसलाई देख्नुहुन्छ ।
耶和華從天上觀看; 他看見一切的世人。
14 आफू बस्नुहुने ठाउँबाट तल पृथ्वीमा बस्ने सबैलाई उहाँले हे्र्नुहुन्छ ।
從他的居所往外察看地上一切的居民-
15 तिनीहरू सबैका हृदयहरू बनाउनुहुनेले तिनीहरूका सबै कामहरू हेर्नुहुन्छ ।
他是那造成他們眾人心的, 留意他們一切作為的。
16 ठुलो फौजद्वारा कुनै पनि राजा बाँच्न सक्दैन । आफ्नो महाबलले कुनै पनि योद्धा बाँच्न सक्दैन ।
君王不能因兵多得勝; 勇士不能因力大得救。
17 घोडाचाहिं विजयको निम्ति झुटो आसा हो । त्यसको महान् बल भए पनि त्यसले बचाउन सक्दैन ।
靠馬得救是枉然的; 馬也不能因力大救人。
18 हेर, परमप्रभुको आँखा उहाँको भय मान्नेहरूमाथि र उहाँको करारको विश्वस्ततामा आसा गर्नेहरूमाथि रहन्छ ।
耶和華的眼目看顧敬畏他的人 和仰望他慈愛的人,
19 तिनीहरूका जीवन मृत्युबाट छुट्टाउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्नलाई ।
要救他們的命脫離死亡, 並使他們在饑荒中存活。
20 हामी परमप्रभुको आसा गर्छौं । उहाँ हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ ।
我們的心向來等候耶和華; 他是我們的幫助,我們的盾牌。
21 हाम्रा हृदयहरू उहाँमा आनन्दित हुन्छन्, किनकि उहाँको पवित्र नाउँमा हामी भरोसा गर्छौं ।
我們的心必靠他歡喜, 因為我們向來倚靠他的聖名。
22 हे परमप्रभु, हामीले आफ्नो आसा तपाईंमा राख्दा, तपाईंको करारको विश्वस्तता हामीसँग रहोस् ।
耶和華啊,求你照着我們所仰望你的, 向我們施行慈愛!