< भजनसंग्रह 32 >

1 त्यो व्‍यक्‍ति धन्यको हो जसको अपराध क्षमा भएको छ, जसको पाप ढाकिएको छ ।
Dawid dwom. Nhyira ne wɔn a wɔde wɔn amumɔyɛ akyɛ wɔn, na wɔakata wɔn bɔne so.
2 त्यो मानिस धन्यको हो जसको दोषको लेखा परमप्रभुले लिनुहुन्‍न र जसको आत्मामा छल छैन ।
Nhyira nka onipa a Awurade mmu ne bɔne ngu no so na nnaadaa nni ne honhom mu.
3 जब म चूप लागें, तब दिनभरिको मेरो सुस्‍केराले मेरा हाडहरू खिइएर गए ।
Bere a meyɛɛ komm no, me nnompe yɛɛ mmrɛw, apini a misii no da mu nyinaa nti.
4 किनकि दिन र रात ममाथि तपाईंको हात गह्रौं भयो । ग्रीष्‍टमको सुख्‍खाझैं मेरो बल सुक्यो ।
Awia ne anadwo wo nsa yɛɛ den wɔ me so; mʼahoɔden sae te sɛ awia bere mu ɔhyew.
5 तब मैले आफ्‍नो पाप तपाईंमा स्वीकार गरें र मैले फेरि मेरो अधर्म लुकाइनँ । मैले भनें, “म आफ्‍ना अपराधहरू परमप्रभुमा स्वीकार गर्नेछु,” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो । सेल
Afei, migyee me bɔne too mu. Mankata mʼamumɔyɛ so. Mekae se, “Mɛka me bɔne akyerɛ Awurade,” na wode me bɔne ho afɔdi kyɛɛ me.
6 यसैले सबै धर्मीहरूले ठुलो कष्‍टको समयमा तपाईंमा प्रार्थना गर्नुपर्छ । तब पानीको उर्लने भेल ती मानिसहरूकहाँ पुग्‍नेछैन ।
Enti, ma agyidifo nyinaa mmɔ wo mpae bere a wohu wo; ampa ara sɛ asu akɛse yiri a, ɛrenka no.
7 तपाईं मेरो लुक्‍ने ठाउँ हुनुहुन्छ । तपाईंले मलाई कष्‍टबाट सुरक्षा दिनुहुन्छ । तपाईंले मलाई विजयको गीतहरू घेर्नुहुनेछ ।
Wone me hintabea; wobɛbɔ me ho ban wɔ amanehunu mu na wode nkwagye nnwom atwa me ho ahyia.
8 म तँलाई शिक्षा दिनेछु र तँ हिंड्‍नुपर्ने बाटो सिकाउनेछु । तँमाथि मेरो दृष्‍टि राखेर म तँलाई शिक्षा दिनेछु ।
Mɛkyerɛkyerɛ wo ɔkwan a wobɛfa so metu wo fo na mahwɛ wo so.
9 घोडा वा खच्‍चरजस्तो नहो, जसको कुनै समझ हुँदैन । जहाँ तैंले इच्‍छा गर्छस् त्यहाँ तिनीहरूलाई लान तिनीहरूलाई अधीन गर्न लगाम र मुखारीले मात्र सकिन्‍छ ।
Ɛnyɛ sɛ ɔpɔnkɔ anaa afurumpɔnkɔ a onni ntease nti wɔde nnareka ne hama na ɛdannan no, sɛ ɛbɛyɛ a wɔbɛba wo nkyɛn.
10 दुष्‍टलाई धेरै दुःखहरू हुन्छन्, तर परमप्रभुमा भरोसा गर्नेलाई उहाँको करारको विश्‍वस्‍तताले घेरा हाल्‍छ ।
Omumɔyɛfo amanehunu dɔɔso, nanso Awurade adɔe a ɛnsa da no twa onipa a ɔde ne ho to no so no ho hyia.
11 ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ र आनन्‍दित होओ । सोझो हृदय हुनेहरू सबै जना आनन्दले कराओ ।
Munni ahurusi na mo ani nnye wɔ Awurade mu, mo atreneefo; monto dwom, mo a mo koma mu tew.

< भजनसंग्रह 32 >