< भजनसंग्रह 30 >

1 हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्‍दित हुन दिनुभएको छैन ।
Узвишаваћу Те, Господе, јер си ме отео, и ниси дао непријатељима мојим да ми се свете.
2 हे परमप्रभु मेरो परमेश्‍वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।
Господе, Боже мој! Завиках к Теби, и исцелио си ме.
3 हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ । तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्‍नुभएको छ । (Sheol h7585)
Господе! Извео си из пакла душу моју, и оживео си ме да не сиђем у гроб. (Sheol h7585)
4 हे परमप्रभुका विश्‍वासी मानिसहरू हो, उहाँको स्‍तुति गाओ । उहाँको पवित्रता तिमीहरूले याद गर्दा धन्यवाद देओ ।
Појте Господу, свеци Његови, и славите свето име Његово.
5 किनकि उहाँको रिस क्षणभरको निम्ति मात्र हुन्‍छ । तर उहाँको कृपा जीवनभरिको निम्ति हो । रातको निम्ति रोदन आउँछ, तर बिहान आनन्द आउँछ ।
Гнев је Његов за тренуће ока, а до живота милост Његова, вечером долази плач, а јутром радост.
6 दृढतामा मैले भनें, “म कदापि डग्‍नेछैन ।”
И ја рекох у добру свом: Нећу посрнути довека.
7 हे परमप्रभु, आफ्‍नो कृपाले तपाईंले मलाई बलियो पहाडको रूपमा स्थापित गर्नुभयो । तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो, तब मलाई कष्‍ट पर्‍यो ।
Ти хтеде, Господе, те гора моја стајаше тврдо. Ти одврати лице своје, и ја се сметох.
8 हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें र मेरा परमप्रभुबाट कृपा खोजें ।
Тада Тебе, Господе, зазивах, и Господа молих:
9 मेरो मृत्युमा म चिहानमा गएँ भने के फाइदा हुन्छ र? के धूलोले तपाईंको प्रशंसा गर्नेछ र? के त्‍यसले तपाईंको विश्‍वासनीयताको घोषणा गर्छ र?
"Каква је корист од крви моје, да сиђем у гроб? Хоће ли Те прах славити или казивати истину Твоју?
10 हे परमप्रभु, सुन्‍नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् ।
Чуј, Господе, и смилуј се на ме; Господе буди ми помоћник."
11 तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ । तपाईंले मेरो भाङ्ग्रा हटाउनुभएको छ र मलाई खुसीको पोशाक लगाउनुभएको छ ।
И Ти промени плач мој на радост, скиде с мене врећу. опаса ме весељем.
12 त्यसैले मेरो महिमाले तपाईंको प्रशंसा गाउनेछ र चूप लाग्‍ने छैन । हे परमप्रभु मेरो परमेश्‍वर, सदासर्वदा म तपाईंलाई दन्यवाद दिनेछु ।
Зато ће Ти певати слава моја и неће умукнути; Господе, Боже мој! Довека ћу Те хвалити.

< भजनसंग्रह 30 >