< भजनसंग्रह 30 >
1 हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्दित हुन दिनुभएको छैन ।
Cantique de David sur l'hymne de la dédicace de la maison. Je t'exalte, Éternel, car tu m'as délivré, refusant à mes ennemis la joie de ma perte.
2 हे परमप्रभु मेरो परमेश्वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।
Éternel, mon Dieu! j'ai crié à toi, et tu m'as guéri.
3 हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ । तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्नुभएको छ । (Sheol )
Éternel, tu as retiré mon âme des Enfers, et m'as rendu la vie, entre ceux qui descendent au tombeau. (Sheol )
4 हे परमप्रभुका विश्वासी मानिसहरू हो, उहाँको स्तुति गाओ । उहाँको पवित्रता तिमीहरूले याद गर्दा धन्यवाद देओ ।
Chantez l'Éternel, vous ses bien-aimés, et louez son saint nom!
5 किनकि उहाँको रिस क्षणभरको निम्ति मात्र हुन्छ । तर उहाँको कृपा जीवनभरिको निम्ति हो । रातको निम्ति रोदन आउँछ, तर बिहान आनन्द आउँछ ।
Car il est un instant pour son courroux, mais toute la vie pour son amour: le soir, la tristesse est notre hôte, et au matin, c'est l'allégresse.
6 दृढतामा मैले भनें, “म कदापि डग्नेछैन ।”
Et moi, je disais dans ma sécurité: A jamais je suis inébranlable!
7 हे परमप्रभु, आफ्नो कृपाले तपाईंले मलाई बलियो पहाडको रूपमा स्थापित गर्नुभयो । तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो, तब मलाई कष्ट पर्यो ।
Éternel, en ta grâce tu avais affermi ma montagne; mais tu cachas ta face, et je fus éperdu.
8 हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें र मेरा परमप्रभुबाट कृपा खोजें ।
Éternel, je criai à toi, et je fis au Seigneur ma supplication:
9 मेरो मृत्युमा म चिहानमा गएँ भने के फाइदा हुन्छ र? के धूलोले तपाईंको प्रशंसा गर्नेछ र? के त्यसले तपाईंको विश्वासनीयताको घोषणा गर्छ र?
« Qu'as-tu à faire de mon sang et de mon trépas? La poudre peut-elle te louer, et dire ta fidélité?
10 हे परमप्रभु, सुन्नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् ।
Ecoute, Éternel, et prends pitié de moi! Éternel, sois-moi secourable! »
11 तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ । तपाईंले मेरो भाङ्ग्रा हटाउनुभएको छ र मलाई खुसीको पोशाक लगाउनुभएको छ ।
Et tu changeas mon deuil en allégresse, tu délias mon cilice, et me donnas la joie pour ceinture,
12 त्यसैले मेरो महिमाले तपाईंको प्रशंसा गाउनेछ र चूप लाग्ने छैन । हे परमप्रभु मेरो परमेश्वर, सदासर्वदा म तपाईंलाई दन्यवाद दिनेछु ।
afin que mon cœur te loue, et ne reste point muet. Éternel, mon Dieu, je veux te louer à jamais!