< भजनसंग्रह 29 >

1 ए परमेश्‍वरका छोराहरू हो, परमप्रभुलाई श्रेय देओ, महिमा र बलको श्रेय परमप्रभुलाई देओ ।
Pisarema raDhavhidhi. Ipai kuna Jehovha, imi mune simba ipai kuna Jehovha rukudzo nesimba.
2 परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ । पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर ।
Ipai kuna Jehovha rukudzo rwakafanira zita rake; namatai Jehovha mukubwinya kwoutsvene hwake.
3 परमप्रभुको सोर पानीहरूमाथि सुनिन्छ । महिमाको परमेश्‍वर गर्जनुहुन्छ । परमप्रभु धेरै पानीहरूमाथि गर्जनुहुन्छ ।
Inzwi raJehovha riri pamusoro pemvura zhinji. Mwari wokubwinya anotinhira, Jehovha anotinhira ari pamusoro pemvura zhinji.
4 परमप्रभुको सोर शक्तिशाली छ । परमप्रभुको सोर महिमित छ ।
Inzwi raJehovha rine simba; inzwi raJehovha rinokudzwa.
5 परमप्रभुको सोरले देवदारुहरूलाई भाँचिदिन्‍छ । परमप्रभुले लेबनानका देवदारुहरूलाई टुक्रा-टुक्रा पार्नुहुन्छ ।
Inzwi raJehovha rinovhuna misidhari, Jehovha anovhuna-vhuna misidhari yeRebhanoni.
6 उहाँले लेबनानलाई बाछोझैं र सिरिओनलाई जवान गोरुझैं उफ्रन लगाउनुहुन्छ ।
Anoita kuti Rebhanoni ikwakuke semhuru, neSirioni senzombe yenyati.
7 परमप्रभुको सोरले आगोको ज्वालाहरू पठाउँछ ।
Inzwi raJehovha rinorova nokuvaima kwemheni.
8 परमप्रभुको सोरले उजाड-स्‍थानलाई हल्लाउँछ । परमप्रभुले कादेशको उजाड-स्‍थानलाई थर्कमान पार्नुहुन्छ ।
Inzwi raJehovha rinozungunusa gwenga; Jehovha anozungunusa Gwenga reKadheshi.
9 परमप्रभुको सोरले फलाँटका रूखहरूलाई बङ्ग्याउँछ, र वनहरूलाई उखेलेर उजाड पार्छ । उहाँको मन्दिरमा हुने हरेकले भन्छ, “महिमा!”
Inzwi raJehovha rinomonyorora miouki uye rinosvuura sango rigosara rati hwe-e. Uye mutemberi yake zvose zvinodana zvichiti, “Kubwinya!”
10 परमप्रभु बाढीमाथि राजाको रूपमा विराजमान हुनुहुन्छ । परमप्रभु सदासर्वदा राजाको रूपमा विराजमान हुनुहुन्छ ।
Jehovha anogara pachigaro choushe chamafashamu emvura; Jehovha anogara ari Mambo nokusingaperi.
11 परमप्रभुले आफ्ना मानिसहरूलाई बल दिनुहुन्छ । परमप्रभुले आफ्ना मानिसहरूलाई मिलापले आशिष्‌ ‌‌दिनुहुन्छ ।
Jehovha anopa simba kuvanhu vake; Jehovha anoropafadza vanhu vake norugare.

< भजनसंग्रह 29 >