< भजनसंग्रह 29 >
1 ए परमेश्वरका छोराहरू हो, परमप्रभुलाई श्रेय देओ, महिमा र बलको श्रेय परमप्रभुलाई देओ ।
“A psalm of David.” Ascribe unto the Lord, O ye sons of the mighty, ascribe unto the Lord glory and strength.
2 परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ । पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर ।
Ascribe unto the Lord the glory of his name; bow down to the Lord in the beauty of holiness.
3 परमप्रभुको सोर पानीहरूमाथि सुनिन्छ । महिमाको परमेश्वर गर्जनुहुन्छ । परमप्रभु धेरै पानीहरूमाथि गर्जनुहुन्छ ।
The voice of the Lord is upon the waters; the God of glory thundereth, the Lord—upon mighty waters.
4 परमप्रभुको सोर शक्तिशाली छ । परमप्रभुको सोर महिमित छ ।
The voice of the Lord [resoundeth] with power; the voice of the Lord [resoundeth] with majesty.
5 परमप्रभुको सोरले देवदारुहरूलाई भाँचिदिन्छ । परमप्रभुले लेबनानका देवदारुहरूलाई टुक्रा-टुक्रा पार्नुहुन्छ ।
The voice of the Lord breaketh in pieces the cedars; yea, the Lord shivereth the cedars of Lebanon;
6 उहाँले लेबनानलाई बाछोझैं र सिरिओनलाई जवान गोरुझैं उफ्रन लगाउनुहुन्छ ।
And he maketh them skip like a calf; Lebanon and Siryon like young reems.
7 परमप्रभुको सोरले आगोको ज्वालाहरू पठाउँछ ।
The voice of the Lord heweth out flames of fire.
8 परमप्रभुको सोरले उजाड-स्थानलाई हल्लाउँछ । परमप्रभुले कादेशको उजाड-स्थानलाई थर्कमान पार्नुहुन्छ ।
The voice of the Lord shaketh the wilderness; the Lord shaketh the wilderness of Kadesh.
9 परमप्रभुको सोरले फलाँटका रूखहरूलाई बङ्ग्याउँछ, र वनहरूलाई उखेलेर उजाड पार्छ । उहाँको मन्दिरमा हुने हरेकले भन्छ, “महिमा!”
The voice of the Lord causeth the hinds to start, and maketh bare forests: and in his temple every thing speaketh [of his] glory.
10 परमप्रभु बाढीमाथि राजाको रूपमा विराजमान हुनुहुन्छ । परमप्रभु सदासर्वदा राजाको रूपमा विराजमान हुनुहुन्छ ।
The Lord sat [enthroned] at the flood: and the Lord will sit as King for ever.
11 परमप्रभुले आफ्ना मानिसहरूलाई बल दिनुहुन्छ । परमप्रभुले आफ्ना मानिसहरूलाई मिलापले आशिष् दिनुहुन्छ ।
The Lord will give strength unto his people: the Lord will bless his people with peace.