< भजनसंग्रह 28 >
1 हे परमप्रभु, तपाईंमा नै म पुकारा गर्छु । हे मेरो चट्टान, मलाई बेवास्ता नगर्नुहोस् । तपाईंले मलाई जवाफ दिनुभएन भने, चिहानमा जानेहरूसँग म सहभागी हुनेछु ।
YYAJAGO, O Jeova, juaagang; achojo, chamo fatilúluye yo: yaguin infatiluye yo, guajo uparejo yan y manútunog gui tadong y joyo.
2 तपाईंबाट सहायताको निम्ति मैले पुकारा गर्दा, तपाईंको महापवित्र स्थानतिर मैले आफ्ना हातहरू उचाल्दा मेरो बिन्तिको सोर सुन्नुहोस् ।
Jungog y inagang y guinagaojo anae juagang jao: anae jujatsa y canaejo gui sinantos templomo.
3 अधर्म गर्ने दुष्टहरूसँगै मलाई टाढा नलानुहोस्, जसले आफ्ना छिमेकीहरूसँग शान्तिका कुरा गर्छन् तर आफ्ना हृदयहरूमा खराबी हुन्छ ।
Chamoyo cumocone guato gui manaelaye yan y chumogüe y taelaye: ya jasasangan y pas gui tiguangña ya y inacacha gaegue gui corasonñija.
4 तिनीहरूका कामहरूका फल तिनीहरूलाई दिनुहोस् र तिनीहरूका दुष्टताले मागअनुसार प्रतिफल तिनीहरूलाई दिनुहोस् । तिनीहरूका हातहरूका कामको निम्ति प्रतिफल तिनीहरूलाई दिनुहोस् र तिनीहरूले पाउनुपर्ने कुरा तिनीहरूलाई दिनुहोस् ।
Nae sija taemanoja y chechoñija: ya taemanoja y taelayen chechoña. Nae sija taemanoja y finatinas y canaeñija: apase ni y para ujamarese.
5 किनभने तिनीहरूले परमप्रभुको कामहरू वा उहाँका हातका कामहरू बुझ्दैनन्, उहाँले तिनीहरूलाई नष्ट पार्नुहुनेछ र तिनीहरूलाई कहिल्यै पुनः निर्माण गर्नुहुनेछैनन् ।
Sa timanmalago jalie y checho Jeova, ni y finatinas y canaeña, ufanyinilang sija ya ti uninafangajulo.
6 परमप्रभु धन्यको होऊन् किनभने उहाँले मेरो बिन्तिको सोर सुन्नुभएको छ ।
Bendito si Jeova, sa jajungong y inagang y guinagaojo.
7 परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ । मेरो हृदयले उहाँमा भरोसा गर्छ र मलाई मदत भयो । यसकारण मेरो हृदय साह्रै आनन्दित हुन्छ र गाउँदै उहाँको म प्रशंसा गर्नेछु ।
Si Jeova y minetgotto yan y patangjo; y iyagüiya nae manangoco y corasonjo, ya guajo uayuda: Enao mina senmagof y corasonjo; ya y quinantaco nae jualabagüe.
8 परमप्रभु आफ्ना मानिसहरूका बल हुनुहुन्छ, अनि उहाँ आफ्नो अभीषिक्त जनलाई बचाउने शरणस्थान हुनुहुन्छ ।
Si Jeova y minetgotñija: ya güiya y minetgot y satbasion para y pinalaeña.
9 आफ्ना मानिसहरूलाई बचाउनुहोस् र आफ्नो उत्तराधिकारलाई आशिष् दिनुहोस् । तिनीहरूका गोठाला हुनुहोस् र तिनीहरूलाई सदासर्वदा बोक्नुहोस् ।
Nalibre y taotaomo ya bendise y erensiamo: ya nafañocho sija ya unmantiene sija para taejinecog.