< भजनसंग्रह 27 >

1 परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ । म कोसँग डराउनु? परमप्रभु मेरो जीवनको शरणस्थान हुनुहुन्छ । म कोसँग त्रसित हुनु?
مزمور داوود. خداوند نور و نجات من است، از که بترسم؟ خداوند حافظ جان من است از که هراسان شوم؟
2 जब खराबी गर्नेहरू मेरो मासु खान नजिक आए, तब मेरा वैरीहरू र मेरा शत्रुहरूले ठेस खाए र ढले ।
هنگامی که بدکاران بر من هجوم آوردند تا مرا نابود کنند، لغزیدند و افتادند.
3 फौजले मेरो विरुद्ध शिविर हाले तापनि, मेरो हृदय डराउने छैन । मेरो विरुद्धमा युद्ध भए तापनि म दृढ रहनेछु ।
حتی اگر لشکری بر ضد من برخیزد، ترسی به دل راه نخواهم داد! اگر علیه من جنگ بر پا کنند، به خدا توکل خواهم کرد و نخواهم ترسید!
4 मैले परमप्रभुसित एउटा कुरा मागेको छु र म त्यो खोज्‍नेछुः परमप्रभुको सुन्दरता हेर्न, र उहाँको मन्दिरमा मनन गर्न, मेरो जीवनका सारा दिन म परमप्रभुको मन्‍दिरमा बस्‍न सकूँ ।
تنها خواهش من از خداوند این است که اجازه دهد تمام روزهای عمرم در حضور او زیست کنم و در خانهٔ او به او تفکر نمایم و جمال او را مشاهده کنم.
5 किनकि कष्‍टको दिनमा उहाँले मलाई आफ्‍नो छहारीमा लुकाउनुहुनेछ । उहाँको आफ्‍नो पालको कभरभित्र मलाई लुकाउनुहुनेछ । उहाँले मलाई चट्टानमाथि उच्‍च पार्नुहुनेछ ।
در روزهای سخت زندگی، او مرا در خانهٔ خود پناه خواهد داد، مرا حفظ خواهد کرد و بر صخره‌ای بلند و مطمئن استوار خواهد ساخت.
6 तब मेरो चारैतिर भएका मेरा शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ र उहाँको पालमा आनन्दका बलिहरू म चढाउनेछु । परमप्रभुको निम्ति म गीत रच्‍नेछु र गाउनेछु ।
آنگاه بر دشمنانی که مرا احاطه کرده‌اند پیروز خواهم شد؛ با فریاد شادی در خیمهٔ او قربانیها تقدیم خواهم نمود و برای خداوند سرود شکرگزاری خواهم خواند.
7 हे परमप्रभु, मैले पुकारा गर्दा मेरो सोर सुन्‍नुहोस् । ममाथि दया गर्नुहोस् र मलाई जवाफ दिनुहोस् ।
ای خداوند، فریاد مرا بشنو و رحمت فرموده، دعایم را اجابت کن.
8 मेरो हृदयले तपाईंको बारेमा यसो भन्छ, “उहाँको मुहारको खोजी गर्!” हे परमप्रभु, म तपाईंको मुहारको खोजी गर्छु ।
تو گفته‌ای که تو را بطلبم، من نیز از ته دل می‌گویم که ای خداوند تو را خواهم طلبید.
9 मबाट तपाईंको मुहार नलुकाउनुहोस् । आफ्नो दासलाई रिसमा नफर्काउनुहोस् । तपाईं मेरो सहायक हुनुभएको छ । हे मेरो उद्धारको परमेश्‍वर, मलाई नत्याग्‍नुहोस् वा नछोड्‍नुहोस् ।
خود را از من پنهان نکن؛ بر من خشمگین مشو و مرا از حضورت نران. تو مددکار من بوده‌ای، مرا طرد نکن؛ ای خدای نجا‌ت‌دهندۀ من، مرا ترک نکن!
10 मेरो बुबा र मेरी आमाले मलाई त्याग्‍न सक्‍छन्, परमप्रभुले मलाई भित्र लानुहुनेछ ।
حتی اگر پدر و مادرم مرا از خود برانند، خداوند مرا نزد خود خواهد پذیرفت.
11 हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस् । मेरा शत्रुहरूका कारणले मलाई मैदानको बाटोमा डोर्‍याउनुहोस् ।
ای خداوند، مرا به راه راست خود هدایت کن تا از گزند دشمن در امان باشم.
12 मलाई मेरा शत्रुहरूको इच्छामा नछोड्नुहोस्, किनकि झुटो साक्षीहरू मेरो विरुद्धमा उठेका छन्, र तिनीहरूले हिंसाको सास फेर्छन् ।
مرا به دست بدخواهانم نسپار، زیرا این ظالمان می‌خواهند با شهادت دروغ خود، بر ضد من قیام کنند.
13 मैले जीवितहरूको देशमा परमप्रभुको भलाइ देख्‍नेछु भनी मैले विश्‍वास नगरेको भए मलाई के हुन्थ्यो होला?
به یقین باور دارم که نیکویی خداوند را بار دیگر در این دنیا، در دیار زندگان خواهم دید.
14 परमप्रभुको आसा गर । बलियो होओ र तिमीहरूका हृदय उत्साहित होस् । परमप्रभुको आसा गर ।
به خداوند امیدوار باش و بر او توکل کن. ایمان داشته باش و ناامید نشو.

< भजनसंग्रह 27 >