< भजनसंग्रह 26 >

1 हे परमप्रभु, मेरो न्याय गर्नुहोस्, किनकि म इमानदारीसँग हिंडेको छु । हलचल नगरी मैले परमप्रभुमा भरोसा गरेको छु ।
A psalm of David. Judge me, Yahweh, for I have walked with integrity; I have trusted in Yahweh without wavering.
2 हे परमप्रभु, मलाई जाँच्नुहोस् र मलाई परिक्षण गर्नुहोस् । मेरो अन्तस्करण र मेरो हृदयको जाँच गर्नुहोस् ।
Examine me, Yahweh, and test me; test the purity of my inner parts and my heart!
3 किनकि तपाईंको करारको विश्‍वस्‍तता मेरो आँखाका सामु छ, र म तपाईंको विश्‍वस्‍ततामा हिंड्‍छु ।
For your covenant faithfulness is before my eyes, and I walk about in your faithfulness.
4 मैले छली मानिसहरूसित सङ्गत गर्दिनँ, न त म कपटी मानिसहरूसित घुलमिल गर्छु ।
I do not associate with deceitful people, nor do I mingle with dishonest people.
5 खराब गर्नेहरूको सभालाई म घृणा गर्छु, र दुष्‍टहरूसित म बस्‍दिनँ ।
I hate the assembly of evildoers, and I do not live with the wicked.
6 हे परमप्रभु, नोर्दोषतामा म आफ्‍नो हात धुन्छु, र म तपाईंको वेदी वरिपरि घुम्छु,
I wash my hands in innocence, and I go around your altar, Yahweh,
7 प्रशंसाको गीत ठुलो सोरले गाउन र तपाईंका सबै अचम्‍मका कामहरूको वर्णन गर्न ।
to sing a loud song of praise and report all your wonderful deeds.
8 हे परमप्रभु, तपाईं बस्‍नुहुने मन्‍दिरलाई म प्रेम गर्छु, त्यो ठाउँ जहाँ तपाईंको महिमाले वास गर्छ ।
Yahweh, I love the house where you live, the place where your glory lives!
9 मलाई पापीहरूसँगै वा मेरो जीवनलाई रक्‍तपिपासु मानिसहरूसँगै नबढार्नुहोस्,
Do not sweep me away with sinners, or my life with people who are bloodthirsty,
10 जसको हातमा षड्यान्त्र छ, र जसको दाहिने हात घूसले पूर्ण छ ।
in whose hands there is a plot, and whose right hand is full of bribes.
11 तर मेरो बारेमा, म निष्ठामा चल्छु । मलाई उद्धार गर्नुहोस् र ममाथि दया गर्नुहोस् ।
But as for me, I will walk in integrity; redeem me and have mercy on me.
12 मेरो खुट्टा मैदानमा खडा छ । सभाहरूमा म परमप्रभुलाई धन्‍यको भन्‍नेछु ।
My foot stands on level ground; in the assemblies will I bless Yahweh!

< भजनसंग्रह 26 >