< भजनसंग्रह 26 >
1 हे परमप्रभु, मेरो न्याय गर्नुहोस्, किनकि म इमानदारीसँग हिंडेको छु । हलचल नगरी मैले परमप्रभुमा भरोसा गरेको छु ।
A Psalm of David. Judge me, O LORD, for I have walked in mine integrity, and I have trusted in the LORD without wavering.
2 हे परमप्रभु, मलाई जाँच्नुहोस् र मलाई परिक्षण गर्नुहोस् । मेरो अन्तस्करण र मेरो हृदयको जाँच गर्नुहोस् ।
Examine me, O LORD, and try me; test my reins and my heart.
3 किनकि तपाईंको करारको विश्वस्तता मेरो आँखाका सामु छ, र म तपाईंको विश्वस्ततामा हिंड्छु ।
For Thy mercy is before mine eyes; and I have walked in Thy truth.
4 मैले छली मानिसहरूसित सङ्गत गर्दिनँ, न त म कपटी मानिसहरूसित घुलमिल गर्छु ।
I have not sat with men of falsehood; neither will I go in with dissemblers.
5 खराब गर्नेहरूको सभालाई म घृणा गर्छु, र दुष्टहरूसित म बस्दिनँ ।
I hate the gathering of evil doers, and will not sit with the wicked.
6 हे परमप्रभु, नोर्दोषतामा म आफ्नो हात धुन्छु, र म तपाईंको वेदी वरिपरि घुम्छु,
I will wash my hands in innocency; so will I compass Thine altar, O LORD,
7 प्रशंसाको गीत ठुलो सोरले गाउन र तपाईंका सबै अचम्मका कामहरूको वर्णन गर्न ।
That I may make the voice of thanksgiving to be heard, and tell of all Thy wondrous works.
8 हे परमप्रभु, तपाईं बस्नुहुने मन्दिरलाई म प्रेम गर्छु, त्यो ठाउँ जहाँ तपाईंको महिमाले वास गर्छ ।
LORD, I love the habitation of Thy house, and the place where Thy glory dwelleth.
9 मलाई पापीहरूसँगै वा मेरो जीवनलाई रक्तपिपासु मानिसहरूसँगै नबढार्नुहोस्,
Gather not my soul with sinners, nor my life with men of blood;
10 जसको हातमा षड्यान्त्र छ, र जसको दाहिने हात घूसले पूर्ण छ ।
In whose hands is craftiness, and their right hand is full of bribes.
11 तर मेरो बारेमा, म निष्ठामा चल्छु । मलाई उद्धार गर्नुहोस् र ममाथि दया गर्नुहोस् ।
But as for me, I will walk in mine integrity; redeem me, and be gracious unto me.
12 मेरो खुट्टा मैदानमा खडा छ । सभाहरूमा म परमप्रभुलाई धन्यको भन्नेछु ।
My foot standeth in an even place; in the congregations will I bless the LORD.