< भजनसंग्रह 2 >
1 जातिहरूले किन कोलाहल मच्चाउँछन् र मानिसहरूले किन असफल हुने षड्यान्त्र रच्छन्?
Kwa nini mataifa wanashauriana kufanya mabaya, na kabila za watu kula njama bure?
2 पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्छन्,
Wafalme wa dunia wanajipanga na watawala wanajikusanya pamoja dhidi ya Bwana na dhidi ya Mpakwa Mafuta wake.
3 “तिनीहरूले हामीलाई लगाएका हतकडीहरू हामी तोडौं र तिनीहरूका साङ्लाहरू फालौं ।”
Wanasema, “Tuvunje minyororo yao na kuvitupilia mbali vifungo vyao.”
4 स्वर्गमा विराजमान हुनुहुनेचाहिं तिनीहरूलाई उपहास गर्नुहुन्छ । परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ ।
Yeye atawalaye mbinguni hucheka, Bwana huwadharau.
5 तब उहाँ तिनीहरूसँग आफ्नो रिसमा बोल्नुहुन्छ र तिनीहरूलाई आफ्नो क्रोधमा यसो भनेर त्रसित पार्नुहुन्छ,
Kisha huwakemea katika hasira yake na kuwaogopesha katika ghadhabu yake, akisema,
6 “मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु ।”
“Nimemtawaza Mfalme wangu juu ya Sayuni, mlima wangu mtakatifu.”
7 परमप्रभुको एउटा आदेश म घोषणा गर्नेछु । उहाँले मलाई भन्नुभयो, “तिमी मेरो पुत्र हौ! आजको दिन म तिम्रो पिता भएको छु ।
Nitatangaza amri ya Bwana: Yeye aliniambia, “Wewe ni Mwanangu, leo mimi nimekuzaa.
8 मसँग माग र तिम्रो उत्तराधिाकरको रूपमा म तिमीलाई जातिहरू दिनेछु र पृथ्वीका टाढाका क्षेत्रहरू तिम्रो सम्पत्तिको रूपमा दिनेछु ।
Niombe, nami nitayafanya mataifa kuwa urithi wako, miisho ya dunia kuwa milki yako.
9 तिमीले तिनीहरूलाई फलामे डन्डाले तोड्नेछौ । कुमाले भाँडोझैं तिमीले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ ।”
Utawatawala kwa fimbo ya chuma na kuwavunjavunja kama chombo cha mfinyanzi.”
10 त्यसैले ए राजाहरू हो, सावधान होओ । ए पृथ्वीका शासकहरू हो, आफूलाई सच्याओ ।
Kwa hiyo, ninyi wafalme, kuweni na hekima; mwonyeke, enyi watawala wa dunia.
11 भयसाथ परमप्रभुको आराधना गर र कम्पनसाथ आनन्दित होओ ।
Mtumikieni Bwana kwa hofu na mshangilie kwa kutetemeka.
12 पुत्रलाई चुम्बन गर नत्र तिमीहरूसँग उहाँ रिसाउनुहुनेछ र उहाँको क्रोध एक क्षणको निम्ति दन्किंदा तिमीहरू बाटैमा मर्नेछौ । उहाँमा शरण लिने सबै जना कति धन्य हुन् ।
Mbusu Mwana, asije akakasirika nawe ukaangamizwa katika njia yako, kwa maana hasira yake inaweza kuwaka ghafula. Heri wote wanaomkimbilia.