< भजनसंग्रह 19 >

1 आकाशले परमेश्‍वरको महिमा घोषणा गर्छ र आकाशहरूले उहाँका हातका कामहरूको घोषणा गर्छन् ।
למנצח מזמור לדוד ב השמים מספרים כבוד-אל ומעשה ידיו מגיד הרקיע
2 दिनदिनै भाषण दिन्‍छ । त्‍यसले हरेक रात ज्ञान प्रकट गर्छ ।
יום ליום יביע אמר ולילה ללילה יחוה-דעת
3 त्‍यहाँ कुनै बोली वा शब्दको आवाज सुनिंदैन। तिनीहरूका आवाज सुनिंएको हुँदैन ।
אין-אמר ואין דברים בלי נשמע קולם
4 तापनि तिनका शब्दहरू सारा पृथ्वीभरि जान्छन् र तिनीहरूका भाषण संसारको अन्तसम्म नै पुग्छ । तिनीहरूका माझमा सूर्यको निम्ति उहाँले पाल टाँग्‍नुभएको छ ।
בכל-הארץ יצא קום ובקצה תבל מליהם לשמש שם-אהל בהם
5 सूर्यचाहिं दुलहा आफ्नो कोठाबाट बाहिर आइरहेको जस्‍तै हो र आफ्‍नो दौड सिद्‍याउँदा आनन्‍दित हुने बलियो मानिसजस्तै हो ।
והוא--כחתן יצא מחפתו ישיש כגבור לרוץ ארח
6 एक छेउमा सूर्य उदाउँछ र आकाश पार गरेर अर्को छेउमा पुग्‍छ । त्‍यसको तातोबाट कुनै कुरा पनि उम्कँदैन ।
מקצה השמים מוצאו--ותקופתו על-קצותם ואין נסתר מחמתו
7 परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुर्नजीवित पार्ने । परमप्रभुको साक्षी भरपर्दो छ, सोझोलाई बुद्धिमान बनाउने ।
תורת יהוה תמימה משיבת נפש עדות יהוה נאמנה מחכימת פתי
8 परमप्रभुका शिक्षाहरू ठीक छन्, हृदयलाई खुसी पार्ने । परमप्रभुको आज्ञा शुद्ध छन्, आँखालाई ज्‍योति दिने ।
פקודי יהוה ישרים משמחי-לב מצות יהוה ברה מאירת עינים
9 परमप्रभुको भय शुद्ध छ, यो सदासर्वदा रहने । परमप्रभुका धार्मिक आदेशहरू सत्य र समग्रमा ठिक छन् ।
יראת יהוה טהורה--עומדת לעד משפטי-יהוה אמת צדקו יחדו
10 तिनीहरू सुनभन्दा, धेरै शुद्ध सुनभन्दा मूल्यवान छन् । तिनीहरू मह र चाकाबाट चुहिंरहेको महभन्दा पनि गुलिया छन् ।
הנחמדים--מזהב ומפז רב ומתוקים מדבש ונפת צופים
11 हो, तिद्वारा तपाईंका सेवकहरूले चेतावनी पाउँछन् । ति पलना गर्नुमा ठुलो इनाम छ ।
גם-עבדך נזהר בהם בשמרם עקב רב
12 कसले आफ्ना सबै गल्तीहरू बुझ्‍न सक्छ? मलाई लुकेका गल्तीहरूबाट शुद्ध पार्नुहोस् ।
שגיאות מי-יבין מנסתרות נקני
13 तपाईंको दासलाई अहङ्कारका पापहरूबाट बचाउनुहोस्, तिनीहरूले ममाथि राज्‍य नगरून् । तब म सिद्ध हुनेछु र धेरै अपराधहरूबाट म निर्दोष हुनेछु ।
גם מזדים חשך עבדך-- אל-ימשלו-בי אז איתם ונקיתי מפשע רב
14 हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरा मुखका शब्‍दहरू र मेरा हृदयका विचारहरू तपाईंको दृष्‍टिमा ग्रहणयोग्य होऊन् ।
יהיו לרצון אמרי-פי והגיון לבי לפניך יהוה צורי וגאלי

< भजनसंग्रह 19 >