< भजनसंग्रह 17 >
1 हे परमप्रभु, न्यायको निम्ति मेरो बिन्ती सुन्नुहोस् । मदतको निम्ति मेरो पुकारामा ध्यान दिनुहोस् । मेरो छलरहित ओठको मेरो प्रार्थनामा कान थाप्नुहोस् ।
Usliši, Gospode, pravdu, èuj glas moj, primi u uši molitvu moju ne iz usta lažljivijeh.
2 मेरो निर्दोषता तपाईंको उपस्थितिबाट आओस् । तपाईंको आँखाले जे ठिक छ सो देखून् ।
Od lica tvojega neka izaðe sud moj, oèi tvoje neka pogledaju na pravicu.
3 तपाईंले मेरो हृदय जाँच्नुहुन्छ भने, राति तपाईं मकहाँ आउनुहुन्छ भने, तपाईंले मलाई शुद्ध पार्नुहुनेछ र कुनै दुष्ट योजनाहरू पाउनुहुनेछैन । मेरो मुखले अपराध गर्नेछैन ।
Ispitaj srce moje, obidi noæu; u ognju me okušaj, i neæeš naæi nepravde moje.
4 मानिसजातिका कामहरूका बारेमा, तपाईंको मुखको वचनले मैले आफैंलाई अराजकका चालबाट अलग राखेको छु ।
Usta se moja ne dohvataju djela ljudskih; radi rijeèi usta tvojih držim se putova oštrih.
5 मेरा पाइलाहरू तपाईंका मार्गहरूमा दृढतासाथ अडिग छन् । मेरा पाइलाहरू चिप्लेका छैनन् ।
Utvrdi stope moje na stazama svojim da ne zalaze koraci moji.
6 हे परमेश्वर, म तपाईंमा पुकार्छु, किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ । आफ्नो कान मतिर फर्काउनुहोस् र म बोल्दा सुन्नुहोस् ।
Tebe prizivljem, jer æeš me uslišiti, Bože! prigni k meni uho svoje, i èuj rijeèi moje.
7 आफ्ना शत्रुहरूबाट तपाईंमा शरण लिनेहरूलाई तपाईं जसले आफ्नो दाहिने बाहुलिले बचाउनुहुन्छ, आफ्नो करारको विश्वस्तता अचम्म किसिमले देखाउनुहोस् ।
Pokaži divnu milost svoju, koji izbavljaš one koji se u te uzdaju od onijeh koji se protive desnici tvojoj.
8 आफ्नो आँखाको नानीलाई झैं मेरो सुरक्षा गर्नुहोस् । आफ्नो पखेटाको छायामुनि मलाई लुकाउनुहोस् ।
Èuvaj me kao zjenicu oka: sjenom krila svojih zakloni me
9 मलाई आक्रमण गर्ने व्यक्तिको उपस्थितिबाट, मलाई घेरा हाल्ने मेरा शत्रुहरूबाट ।
Od bezbožnika koji na me napadaju, od neprijatelja duše moje, koji su me opkolili.
10 तिनीहरूले कसैलाई दया गर्दैनन् । तिनीहरूका मुखहरूले घमण्डसाथ बोल्छन् ।
Srce svoje zatvoriše; ustima svojim govore oholo.
11 तिनीहरूले मेरा पाइलाहरूलाई घेरेका छन् । मलाई प्रहार गरेर जमिनमा ढाल्नलाई तिनीहरूले आफ्ना आँखा लगाउँछन् ।
Izagnavši me opet su oko mene; oèi su svoje uprli da me obore na zemlju.
12 तिनीहरू शिकारको उत्कट इच्छा गर्ने सिंहझैं, लुक्ने ठाउँहरूमा ढुकिरहेको जवान सिंहझैं छन् ।
Oni su kao lav koji hoæe da rastrže, i kao laviæ koji sjedi u potaji.
13 हे परमप्रभु, उठ्नुहोस् । तिनीहरूलाई आक्रमण गर्नुहोस् । तिनीहरूकै सामु तिनीहरूलाई पछार्नुहोस् । तपाईंको तरवारले मेरो जीवनलाई दुष्टबाट बचाउनुहोस् ।
Ustani, Gospode, preteci ih, obori ih. Odbrani dušu moju maèem svojim od bezbožnika,
14 हे परमप्रभु, तपाईंको हातले मानिसहरूबाट मलाई छुटकारा दिनुहोस्, यस संसारका मानिसहरू जसको समृद्धि यस जीवनमा मात्र छ । तपाईंले आफ्ना बहुमूल्यहरूका पेट दौलतले भर्नुहुनेछ । तिनीहरूका धेरै छोराछोरी हुनेछन् र आफ्ना धन आफ्ना छोराछोरीलाई छोड्नेछन् ।
Rukom svojom, Gospode, od ljudi ovijeh, od ljudi ovoga svijeta, kojima je dio ovaj život, kojima si trbuh napunio svoga bogatstva, da æe im i sinovi biti siti i ostatak ostaviti svojoj djeci.
15 मेरो बारेमा, म धार्मिकतामा तपाईंको मुहार हेर्नेछु । तपाईंको दृष्टिमा म ब्युँझँदा, म सन्तुष्ट हुनेछु ।
A ja æu u pravdi gledati lice tvoje; kad se probudim, biæu sit od prilike tvoje.