< भजनसंग्रह 16 >

1 हे परमेश्‍वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु ।
Ein Gedicht von David. / Behüte mich, Gott, denn ich fliehe zu dir!
2 म परमप्रभुलाई भन्छु, “तपाईं मेरो परमप्रभु हुनुहुन्छ; तपाईंबाहेक मेरो असल कुरा केही छैन ।
Ich spreche zu Jahwe: "Mein Herr bist du, / Du bist mein höchstes Gut."
3 पृथ्वीमा भएका पवित्र मानिसहरूका बारेमा, तिनीहरू सज्‍जन मानिसहरू हुन् । मेरा सबै खुसी तिनीहरूमा नै छ ।
Und zu den Heiligen, die im Lande sind, (sag ich): / "Das sind die Herrlichen, an ihnen hab ich meine Lust."
4 तिनीहरू जसले अरू ईश्‍वरहरूको खोजी गर्छन्, तिनीहरूका कष्‍टहरू बढ्‍नेछन् । तिनीहरूका ईश्‍वरहरूलाई रगतको अर्घबलि म चढाउनेछैन वा मेरा ओठहरूले तिनीहरूका नाउँहरू लिनेछैन ।
Viel Qualen warten derer, die andern Göttern dienen. / Nicht will ich ihre Blut-Trankopfer spenden / Noch ihre Namen auf meine Lippen nehmen.
5 हे परमप्रभु, तपाईं मेरो चुनिएको हिस्सा र मेरो कचौरा हुनुहुन्छ । तपाईंले मेरो भाग राख्‍नुहुन्छ ।
Jahwe ist mein Erbteil und mein Becher, / Du bewahrst mein Los.
6 रमणीय ठाउँहरूमा मेरो निम्ति नापका रेखाहरू राखिएका छन् । निश्‍चय नै मनोहर उत्तराधिकार मरै हो ।
Ich empfing mein Teil in lieblichem Lande, / Ein solches Erbe gefällt mir wohl.
7 मलाई सल्‍लाह दिनुहुने परमप्रभुलाई म धन्‍यको भन्‍नेछु । रातको समयमा पनि मेरो मनले मलाई शिक्षा दिन्छ ।
Ich preise Jahwe, der mich beraten, / Auch des Nachts mahnt mich dazu mein Gewissen.
8 हर समय म परमप्रभुलाई नै मेरो सामु राख्छु, त्यसरी म उहाँको दाहिने हातबाट डग्‍नेछैन ।
Ich halte mir Jahwe beständig vor Augen. / Ist er mir zur Rechten, so wanke ich nicht.
9 यसकारण मेरो हृदय खुसी छ । मेरो महिमा आनन्‍दित छ । निश्‍चय नै म सुरक्षामा जिउनेछु ।
Drum freut sich mein Herz und frohlockt meine Seele, / Auch mein Leib ist sicher geborgen.
10 किनकि तपाईंले मरो प्राणलाई चिहानमा त्यग्‍नुहुनेछैन । तपाईंले आफ्नो विश्‍वासयोग्यलाई खाडल देख्‍न दिनुहुन्‍न । (Sheol h7585)
Denn du gibst meine Seele dem Tode nicht preis. / Du läßt deinen Frommen das Grab nicht schaun. (Sheol h7585)
11 तपाईंले मलाई जीवनको बाटो सिकाउनुहुन्‍छ । तपाईंको उपस्थितिमा प्रशस्‍त आनन्दले वास गर्छ, तपाईंको दाहिने हातमा खुसी सदासर्वदा रहन्‍छ ।”
Du wirst mir zeigen den Lebenspfad: / Vor deinem Antlitz ist Fülle an Freuden, / In deiner rechten sind ewige Wonnen.

< भजनसंग्रह 16 >