< भजनसंग्रह 16 >
1 हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु ।
A Precious Psalm of David. Preserve me, O GOD, for I have sought refuge in thee.
2 म परमप्रभुलाई भन्छु, “तपाईं मेरो परमप्रभु हुनुहुन्छ; तपाईंबाहेक मेरो असल कुरा केही छैन ।
Thou hast said unto Yahweh, My Lord, art thou! My goodness, mounteth not unto thee.
3 पृथ्वीमा भएका पवित्र मानिसहरूका बारेमा, तिनीहरू सज्जन मानिसहरू हुन् । मेरा सबै खुसी तिनीहरूमा नै छ ।
It belongeth unto the holy ones, whom, in his own land, Yahweh, ennobleth, In whom is all his delight
4 तिनीहरू जसले अरू ईश्वरहरूको खोजी गर्छन्, तिनीहरूका कष्टहरू बढ्नेछन् । तिनीहरूका ईश्वरहरूलाई रगतको अर्घबलि म चढाउनेछैन वा मेरा ओठहरूले तिनीहरूका नाउँहरू लिनेछैन ।
They multiply their idols—another, have they purchased! I will not pour out their drink-offerings of blood, nor will I take up their names on my lips.
5 हे परमप्रभु, तपाईं मेरो चुनिएको हिस्सा र मेरो कचौरा हुनुहुन्छ । तपाईंले मेरो भाग राख्नुहुन्छ ।
Yahweh, is mine allotted portion and my cup, Thou, art maintaining my lot.
6 रमणीय ठाउँहरूमा मेरो निम्ति नापका रेखाहरू राखिएका छन् । निश्चय नै मनोहर उत्तराधिकार मरै हो ।
The lines, have fallen unto me, in pleasant places, Verily an inheritance that delighteth me.
7 मलाई सल्लाह दिनुहुने परमप्रभुलाई म धन्यको भन्नेछु । रातको समयमा पनि मेरो मनले मलाई शिक्षा दिन्छ ।
I will bless Yahweh, who hath counselled me, —Surely, by night, shall mine impulses admonish me.
8 हर समय म परमप्रभुलाई नै मेरो सामु राख्छु, त्यसरी म उहाँको दाहिने हातबाट डग्नेछैन ।
I have set Yahweh before me continually, because he is on my right hand, I shall not be shaken!
9 यसकारण मेरो हृदय खुसी छ । मेरो महिमा आनन्दित छ । निश्चय नै म सुरक्षामा जिउनेछु ।
Therefore, hath my heart rejoiced, and mine honour exulted, Yea, my flesh, shall settle down securely;
10 किनकि तपाईंले मरो प्राणलाई चिहानमा त्यग्नुहुनेछैन । तपाईंले आफ्नो विश्वासयोग्यलाई खाडल देख्न दिनुहुन्न । (Sheol )
For thou wilt not abandon my soul to hades, neither wilt thou suffer thy man of lovingkindness, to see corruption: (Sheol )
11 तपाईंले मलाई जीवनको बाटो सिकाउनुहुन्छ । तपाईंको उपस्थितिमा प्रशस्त आनन्दले वास गर्छ, तपाईंको दाहिने हातमा खुसी सदासर्वदा रहन्छ ।”
Thou wilt cause me to know, the path of life, —Fulness of joys before thee, Pleasures at thy right hand evermore.