< भजनसंग्रह 150 >
1 परमप्रभुको प्रशंसा गर । परमेश्वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।
Hallelujah. Praise God in his holy place. Praise him in the sky, his stronghold.
2 उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर । उहाँको आश्चर्यको महान्ताको निम्ति उहाँको प्रशंसा गर ।
Praise him for his deeds of power. Praise him for his boundless greatness.
3 सिङ बजाएर उहाँको प्रशंसा गर । वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर ।
Praise him with blast of horn; praise him with harp and lyre.
4 खैंजडी बजाउँदै र नाँच्दै उहाँको प्रशंसा गर । तार-वाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर ।
Praise him with timbrel and dance; praise him with strings and pipe.
5 ठुलो सोरका झ्यालीहरूले उहाँको प्रशंसा गर । चर्को सोरका झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर ।
Praise him with resounding cymbals, praise him with clashing cymbals.
6 सास हुने हरेक कुराले परमप्रभुको प्रशंसा गरोस् । परमप्रभुको प्रशंसा गर ।
Let all that has breath praise the Lord. Hallelujah.