< भजनसंग्रह 150 >

1 परमप्रभुको प्रशंसा गर । परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।
Lover Gud i hans Helligdom, lover ham i hans Vældes udstrakte Befæstning!
2 उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर । उहाँको आश्‍चर्यको महान्‌ताको निम्ति उहाँको प्रशंसा गर ।
Lover ham for hans vældige Gerninger, lover ham efter hans store Magt!
3 सिङ बजाएर उहाँको प्रशंसा गर । वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर ।
Lover ham med Basuns Klang, lover ham med Psalter og Harpe!
4 खैंजडी बजाउँदै र नाँच्दै उहाँको प्रशंसा गर । तार-वाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर ।
Lover ham med Tromme og Dans, lover ham med Strenge og Fløjte!
5 ठुलो सोरका झ्यालीहरूले उहाँको प्रशंसा गर । चर्को सोरका झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर ।
Lover ham med lydende Cymbler, lover ham med klingende Cymbler!
6 सास हुने हरेक कुराले परमप्रभुको प्रशंसा गरोस् । परमप्रभुको प्रशंसा गर ।
Alt det, som har Aande, love Herren! Halleluja!

< भजनसंग्रह 150 >