< भजनसंग्रह 15 >

1 हे परमप्रभु, तपाईंको पवित्रस्थानमा को बस्‍न सक्छ? तपाईंको पवित्र पर्वतमा को वास गर्न सक्छ?
Dávid zsoltára. Uram, kicsoda tartózkodhatik sátorodban, kicsoda lakozhatik szent hegyeden?
2 जो निर्दोष भएर हिंड्छ, जसले ठिक काम गर्छ र आफ्‍नो हृदयले सत्य बोल्छ ।
A ki tökéletességben jár, igazságot cselekszik, és igazat szól az ő szívében.
3 त्यसले आफ्नो जिब्रोले निन्दा गर्दैन, त्यसले अरूको हानि गर्दैन र त्यसले आफ्नो छिमेकीलाई होच्‍याउँदैन ।
Nem rágalmaz nyelvével; nem tesz rosszat felebarátjának, és nem szerez gyalázatot rokonainak.
4 उसको दृष्‍टिमा व्‍यर्थको व्‍यक्‍ति घृणित हुन्छ, तर परमप्रभुको भय मान्‍नेहरूलाई त्यसले आदर गर्छ । त्यसले आफ्नो हानि हुँदा पनि शपथ खान्छ र आफ्‍नो प्रतिज्ञाहरूबाट पछि हट्दैन ।
A megbélyegzett útálatos az ő szemeiben, de az Urat félőket tiszteli: a ki kárára esküszik, és meg nem változtatja.
5 त्यसले रुपियाँ दिंदा ब्याज लिंदैन । निर्दोषको विरुद्ध साक्षी दिन त्यसले घूस लिंदैन । यी कुरा गर्नेहरू कहिल्यै डग्‍नेछैनन् ।
Pénzét nem adja uzsorára, és nem vesz el ajándékot az ártatlan ellen. A ki ezeket cselekszi, nem rendül meg soha örökké.

< भजनसंग्रह 15 >