< भजनसंग्रह 149 >
1 परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ ।
Halleluja! Singet dem HERRN ein neues Lied, seinen Lobpreis in der Versammlung der Frommen!
2 इस्राएल तिनीहरूलाई बाउनुहुनेमा आनन्दित होस् । सियोनका मानिसहरू आफ्ना राजामा आनन्दित होऊन् ।
Es freue sich Israel seines Schöpfers, Zions Söhne sollen jubeln ob ihrem König!
3 तिनीहरूले नाँच्दै उहाँको नाउँको प्रशंसा गरून् । खैंजडी र वीणा बजाउँदै तिनीहरूले उहाँको प्रशंसाको गीत गाऊन् ।
Sie sollen seinen Namen preisen im Reigentanz, mit Pauken und Zithern ihm spielen!
4 किनकि परमप्रभु आफ्ना मानिसहरूसँग प्रशन्न हुनुहुन्छ । उहाँले नम्रहरूलाई उद्धारले महिमित पार्नुहुन्छ ।
Denn der HERR hat Wohlgefallen an seinem Volk; er schmückt die Gebeugten mit Sieg.
5 विजयमा धर्मीहरू आनन्दि होऊन् । तिनीहरू आ-आफ्ना ओछ्यानमा आनन्दका गीत गाऊन् ।
Frohlocken sollen die Frommen mit Stolz, sollen jauchzen auf ihren Lagern,
6 तिनीहरूका मुखहरूमा परमेश्वरको प्रशंसा र तिनीहरूका हातमा दुई धारे तरवार होस्,
Lobeserhebungen Gottes im Mund und ein doppelschneidiges Schwert in der Hand:
7 जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न ।
um Rache zu vollziehn an den Heiden, Vergeltung an den Völkern,
8 तिनीहरूले आफ्ना राजाहरूलाई साङ्लाहरूले र आफ्ना शासक वर्गलाई फलामे सिक्रीले बाँध्नेछन् ।
um ihre Könige mit Ketten zu binden und ihre Edlen mit eisernen Fesseln,
9 लेखिएका न्यायका फैसला तिनीहरूले गर्नेछन् । उहाँका सबै विश्वासयोग्य जनका निम्ति यो एउटा आदर हुनेछ । परमप्रभुको प्रशंसा गर ।
um das längst geschriebene Urteil an ihnen zu vollstrecken: eine Ehre ist dies für alle seine Frommen! Halleluja!