< भजनसंग्रह 147 >
1 परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्वरको स्तुति गाउनु असल कुरा हो । यो सुखद हुन्छ र प्रशंसा उचित छ ।
Алілуя! Як добре співати Богові нашому, яка ж приємна належна Йому хвала!
2 परमप्रभुले यरूशलेम पुनःनिर्माण गर्नुहुन्छ । उहाँले छरिएका इस्राएलका मानिसलाई एकसाथ भेला गर्नुहुन्छ ।
Господь відбудовує Єрусалим, збирає вигнанців Ізраїля;
3 तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ ।
зцілює розбитих серцем і перев’язує їхні рани;
4 उहाँले ताराहरू गन्नुहुन्छ । उहाँले तिनीहरू सबैलाई नाउँ दिनुहुन्छ ।
обчислює кількість зірок і кожну називає поіменно.
5 हाम्रा परमप्रभु महान् र शक्तिमा भयङ्कर हुनुहुन्छ । उहाँको समझलाई नाप्न गर्न सकिंदैन ।
Великий Володар наш і вельми сильний, розум Його безмірний.
6 परमप्रभुले थिचोमिचोमा परेकालाई माथि उठाउनुहुन्छ । उहाँले दुष्टहरूलाई तल जमिनमा झार्नुहुन्छ ।
Господь підтримує пригноблених, а нечестивих принижує аж до землі.
7 धन्यवादसाथ परमप्रभुको प्रशंसा गर । वीणा बजाएर हाम्रो परमेश्वरको प्रशंसा गर ।
Віддайте Господеві подяку, співайте Богові нашому на арфі.
8 उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ र पृथ्वीको निम्ति झरी तयार पार्नुहुन्छ । पहडाहरूमाथि घाँस उमार्नुहुन्छ ।
Він небеса вкриває хмарами, готуючи дощ для землі, Хто на горах вирощує траву,
9 उहाँले पशुहरूलाई र कागहरूका बचेराहरूले पुकारा गर्दा तिनीहरूलाई भोजन दिनुहुन्छ ।
дає худобі їжу й пташенятам ворона, коли вони кричать.
10 घोडाको बलमा उहाँ प्रशन्न हुनुहुन्न । मानिसका बलियो गोडाहरूमा उहाँ खुसी हुनुहुन्न ।
Не міць коня Йому до вподоби, не силу стегон людських Він уподобав;
11 परमप्रभुलाई आदर गर्नेहरूसँग उहाँ प्रशन्न हुनुहुन्छ, जसले उहाँको करारको विश्वस्ततामा आसा गर्छन् ।
Господь уподобав тих, хто боїться Його, хто на милість Його сподівається.
12 हे यरूशलेम, परमप्रभुको प्रशंसा गर् । हे सियोन, तेरो परमेश्वरको प्रशंसा गर् ।
Хвали, Єрусалиме, Господа; прославляй Бога твого, Сіоне!
13 किनकि उहाँले तेरा ढोकाहरूका डण्डाहरू बलियो बनाउनुहुन्छ । उहाँले तेरो माझमा भएका तेरा छोराछोरीलाई आशिष् दिनुहुन्छ ।
Бо Він зміцнив засуви воріт твоїх, благословив синів твоїх посеред тебе.
14 उहाँले तेरो सिमानाभित्र फिलिफाप ल्याउनुहुन्छ । उत्तम गहुँले उहाँले तँलाई तृप्त पार्नुहुन्छ ।
Він встановлює мир на твоїх кордонах, насичує тебе відбірною пшеницею.
15 उहाँले आफ्ना आज्ञालाई पृथ्वीमा पठाउनुहुन्छ । उहाँका आज्ञा द्रूत गतिमा दौडिन्छ ।
Він посилає наказ Свій землі, швидко біжить Його Слово.
16 उहाँले हिउँलाई ऊनझैं बनाउनुहुन्छ । उहाँले तुषारोलाई खरानीझैं छर्नुहुन्छ ।
Він дає сніг, немов вовну, розпорошує паморозь, наче попіл,
17 उहाँले असिना कङ्कडझैं बर्साउनुहुन्छ । उहाँले पठाउने चिसोको सामना कसले गर्न सक्छ र?
кидає кригу Свою, ніби дрібні камінці; хто може встояти перед Його морозом?
18 उहाँले आफ्नो आज्ञा पठाउनुहुन्छ र ती पग्लिन्छन् । उहाँले हावा चलाउनुहुन्छ र पानीलाई बगाउनुहुन्छ ।
Він пошле слово Своє, і [все] розтане, подує вітром Своїм – потечуть води.
19 उहाँले आफ्नो वचन याकूबलाई, उहाँका विधिहरू र उहाँ धार्मिक आदेशहरू इस्राएललाई घोषणा गर्नुभयो ।
Він звіщає слово Своє Якову, постанови й закони правосуддя – Ізраїлеві.
20 उहाँले अरू कुनै जातिमा त्यसो गर्नुभएको छैन, र उहाँको आदेशहरूका बारेमा तिनीहरूले ती जान्दैनन् । परमप्रभुको प्रशंसा गर ।
Він не зробив такого жодному іншому народові, і правосуддя законів вони не знають. Алілуя!