< भजनसंग्रह 147 >

1 परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्‍वरको स्‍तुति गाउनु असल कुरा हो । यो सुखद हुन्‍छ र प्रशंसा उचित छ ।
Yabi Ubangiji. Yana da kyau a rera yabai ga Allahnmu, abu mai daɗi ne daidai ne kuma a yabe shi!
2 परमप्रभुले यरूशलेम पुनःनिर्माण गर्नुहुन्छ । उहाँले छरिएका इस्राएलका मानिसलाई एकसाथ भेला गर्नुहुन्छ ।
Ubangiji ya gina Urushalima; ya tattara kamammu na Isra’ilan da aka kai bauta.
3 तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ ।
Ya warkar da masu raunanar zuciya ya ɗaɗɗaura miyakunsu.
4 उहाँले ताराहरू गन्‍नुहुन्छ । उहाँले तिनीहरू सबैलाई नाउँ दिनुहुन्छ ।
Ya lissafta yawan taurari ya kuma kira kowannensu da suna.
5 हाम्रा परमप्रभु महान्‌ र शक्तिमा भयङ्कर हुनुहुन्छ । उहाँको समझलाई नाप्‍न गर्न सकिंदैन ।
Shugabanmu mai girma ne mai iko duka; ganewarsa ba shi da iyaka.
6 परमप्रभुले थिचोमिचोमा परेकालाई माथि उठाउनुहुन्छ । उहाँले दुष्‍टहरूलाई तल जमिनमा झार्नुहुन्छ ।
Ubangiji yana kula da masu sauƙinkai yakan yar da mugaye a ƙasa.
7 धन्यवादसाथ परमप्रभुको प्रशंसा गर । वीणा बजाएर हाम्रो परमेश्‍वरको प्रशंसा गर ।
Rera wa Ubangiji waƙar godiya; ku kada garaya ga Allahnmu.
8 उहाँले आकाशलाई बादलले ढाक्‍नुहुन्छ र पृथ्वीको निम्ति झरी तयार पार्नुहुन्छ । पहडाहरूमाथि घाँस उमार्नुहुन्छ ।
Ya rufe sararin sama da gizagizai; yana tanada wa duniya ruwan sama yana kuma sa ciyawa tă yi girma a kan tuddai.
9 उहाँले पशुहरूलाई र कागहरूका बचेराहरूले पुकारा गर्दा तिनीहरूलाई भोजन दिनुहुन्छ ।
Yakan tanada wa shanu abinci da kuma saboda’ya’yan hankaki sa’ad da suka yi kira.
10 घोडाको बलमा उहाँ प्रशन्‍न हुनुहुन्‍न । मानिसका बलियो गोडाहरूमा उहाँ खुसी हुनुहुन्‍न ।
Jin daɗinsa ba ya a ƙarfin doki, balle farin cikinsa yă kasance a ƙafafun mutum;
11 परमप्रभुलाई आदर गर्नेहरूसँग उहाँ प्रशन्‍न हुनुहुन्छ, जसले उहाँको करारको विश्‍वस्‍ततामा आसा गर्छन् ।
Ubangiji yakan yi farin ciki a waɗanda suke tsoronsa, waɗanda suke sa zuciya a ƙaunarsa marar ƙarewa.
12 हे यरूशलेम, परमप्रभुको प्रशंसा गर् । हे सियोन, तेरो परमेश्‍वरको प्रशंसा गर् ।
Ki ɗaukaka Ubangiji, ya Urushalima; ki yabi Allahnki, ya Sihiyona.
13 किनकि उहाँले तेरा ढोकाहरूका डण्‍डाहरू बलियो बनाउनुहुन्छ । उहाँले तेरो माझमा भएका तेरा छोराछोरीलाई आशिष्‌ ‌‌दिनुहुन्छ ।
Gama yana ƙarfafa ƙyamaren ƙofofinki yana kuma albarkace mutanenki a cikinki.
14 उहाँले तेरो सिमानाभित्र फिलिफाप ल्याउनुहुन्छ । उत्तम गहुँले उहाँले तँलाई तृप्‍त पार्नुहुन्छ ।
Yana ba da salama ga iyakokinki yana kuma ƙosar da ke da alkama mafi kyau.
15 उहाँले आफ्ना आज्ञालाई पृथ्वीमा पठाउनुहुन्छ । उहाँका आज्ञा द्रूत गतिमा दौडिन्छ ।
Yana ba da umarninsa ga duniya; maganarsa tana tafiya da sauri.
16 उहाँले हिउँलाई ऊनझैं बनाउनुहुन्छ । उहाँले तुषारोलाई खरानीझैं छर्नुहुन्छ ।
Yana shimfiɗa ƙanƙara kamar ulu yă kuma watsar da hazo kamar toka.
17 उहाँले असिना कङ्कडझैं बर्साउनुहुन्छ । उहाँले पठाउने चिसोको सामना कसले गर्न सक्छ र?
Yana zuba ƙanƙara kamar ƙananan duwatsu. Wa zai iya jure wa sanyin da ya aiko?
18 उहाँले आफ्नो आज्ञा पठाउनुहुन्छ र ती पग्‍लिन्‍छन् । उहाँले हावा चलाउनुहुन्छ र पानीलाई बगाउनुहुन्छ ।
Yakan aiki maganarsa ta kuwa narkar da su; yakan tā da iskarsa, ruwaye kuwa su gudu.
19 उहाँले आफ्नो वचन याकूबलाई, उहाँका विधिहरू र उहाँ धार्मिक आदेशहरू इस्राएललाई घोषणा गर्नुभयो ।
Ya bayyana maganarsa ga Yaƙub, dokokinsa da ƙa’idodinsa ga Isra’ila.
20 उहाँले अरू कुनै जातिमा त्‍यसो गर्नुभएको छैन, र उहाँको आदेशहरूका बारेमा तिनीहरूले ती जान्दैनन् । परमप्रभुको प्रशंसा गर ।
Bai yi wannan ga wata al’umma ba; ba su san dokokinsa ba. Yabi Ubangiji.

< भजनसंग्रह 147 >